नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अन"/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जबाफदेहिता कार्यक्रमको संयुक्त अनुगमन

नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अनुगमन गरीएकोे छ । जबाफदेहिता कार्यक्रम अन्र्तगत हाँकु र तातोपानि गाविसमा भएका क्रियाकलाप र प्राप्त उपलब्धीको बिषयमा जिल्ला स्थीत सरोकारवाला निकायद्धारा संयुक्त अनुगमन अनुगमन गरीएको हो । गर्भनर फ्यासिलिटिको सहयोग तथा सेडा नेपालको सहजिकरणमा हाँकु र तातोपानी गाविससँगै जिल्लाका अन्य ४ गाविसमा जबाफदेहिता कार्यक्रम संचालन भैरहेको छ ।

अनुगमनको क्रममा दुबै गाविसमा भएका क्रियाकलापमा सुशासन र पारदर्शीको अवस्थाबारे स्थानियसँग छलफल तथा अन्र्तक्रिया गरीएको थियो । अनुगमनको क्रममा दुबै गाविसका स्थानियसँग गरीएको छलफल तथा अन्र्तक्रियामा सहभागिले सेडा नेपालद्धारा संचालित क्रियाकलाप पारदर्शि भएपनि गाविसका अन्य कुनै पनि कार्यक्रम पारदर्शी नभएको बताएका छन् । सरकारी तथा गैर सरकारी निकाय तथा गाविसले गर्ने कार्यक्रमका बारेमा स्यानियलाइ राम्रोसँग जानकारी नभएरै कार्यक्रम संचालन हुने गरेको स्थानियको भनाइ छ ।

सेडा नेपालले आफ्ना कार्यक्रममा समान सहभागिता तथा पारदर्शि बनाउने प्रयास गरेको स्थानियको बुझाइ छ । सेडा नेपालले हरेक कार्यक्रम तथा योजनालाइ सुशासन मैत्रि बनाउने बिषयमा स्थानियको क्षमता विकास सम्बन्धी विभिन्न तालिम तथा कार्यक्रम संचालन गरेपछि हाँकु र तातोपानी गाविसका स्थानियहरु सबै कार्यक्रम पारदर्शी हुनु पर्ने भन्दै आवाज उठाउन थालेका छन् । हाँकुमा भएको छलफलका क्रममा बोल्दै रामभक्त कामिले गाविसमा संचालित कार्यक्रमको प्रभावकारी निरीक्षण र अनुगमन भएमा पारदर्शिीता कायम हुने बताउनुभयो ।

हाँकु गाविस सचिब कृष्ण प्रसाद उपाध्यायले गाविसद्धारा प्रवाह हुने सेवा प्रभावकारी रहेको दावि गर्दै सेवाग्राहिसँगको सम्बन्ध सुमधुर रहेको प्रष्ट पार्नुभयो । यस्तै तातोपानी गाविसमा भएको छलफलमा बोल्दै नागरीक समाज तातोपानीकि अध्यक्ष मोतिपुरा रावतले राजनैतिक दबाफका कारण महिलाहरुलाइ कागजमा मात्र अधिकार र अवसर सिमित बनाएको आरोप लगाउनुभयो । गाविस सामाजिक परिचालक टंक प्रसाद उपाध्यायले गाविसबाट प्रवाह हुने सेवालाइ पारदर्शी देखाउन र सेवाग्रहीलाइ सहज बनाउन तथा सेवाग्राहीको गुनासो सुन्न सुझाब पेटिका र नागरिक वडा पत्र राख्नु पर्नेमा नराखिएको भन्दै सुझाब पेटिका र नागरिक वडा पत्रको ब्यवस्था गरेको खण्डमा स्थानियले तोडफोड गर्ने तथा च्यातेर फालिदिने गरेको जानकारी  दिनुभयो ।

छलफलमा जिविस जुम्लाका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापाले ब्यक्ति परिवर्तन नभएसम्म समाज परिवर्तनको कल्पना गर्न नसकिने भन्दै योजना तथा कार्यक्रमलाइ कागजमा मात्र पारदर्शि देखाउनु भन्दा गुणस्तर बृद्धिमा पनि ध्यान दिन अनुरोध गर्नुभयो । जिल्ला शिक्षा अधिकारी कुल बहादुर फडेराले घरबाटै सुुशासन अभियानको थालनि गर्न आवाश्यक रहेको स्पष्ट पार्दै सबै नागरीक साक्षर भएमा नागरीकले गर्ने क्रियाकलाप पनि पारदर्शि हुने सुझाब दिनुभयो । पशु विकास अधिकृत गोविन्द बहादुर महतले जबाफदेहिता कार्यक्रम अन्र्तगत सेडा नेपालले गरेको पहललाइ कार्यान्वयन गर्न गाविस, नागरीक समाज, वडा नागरीक मञ्च र सबै नागरीकलाइ अनुरोध गर्नु भएको छ ।

बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले सेडा नेपालले मात्र चाहेमा कुनै पनि कार्यक्रम प्रभावकारी र पारदर्शि नहुने भन्दै सबैले आआफ्ना कार्यक्रम र योजनालाइ प्रभावकारी बनाउदै सेवाग्राहि प्रति उत्तरदायि हुनुपर्नेमा जोड दिनुभयो । सेडा नेपाल जुम्लाका संयोजक केशव पौडेलले भएका क्रियाकलापको सकारात्मक सुझाब आएमा आगामि कार्यक्रमलाइ सुधारर्दै लैजाने बताउनु भएको छ ।

जबाफदेहिता कार्यक्रम अन्र्तगत सेवाग्राहि र सेवा प्रदायक निकाय बिच अन्र्तक्रिया, सुचनाको हक सम्बन्धी क्षमता विकासका तालिम लगाएतका क्रियाकलाप भैरहेको सेडा नेपाल जुम्लाका कार्यक्रम संयोजक पे्रम फडेराले बताउनुभयो । संयुक्त अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपाने, सहायक बन अधिकृत दिनेशजंग खत्रि लगाएत जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि तथा पत्रकारको सहभागितामा सम्पन्न भएको सेडा नेपाल जुम्लाका सुशासन अधिकृत धिर बुढाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई