सास । पौष १९, बर्दिया । 

जिल्लाको कालिका गाविसमा रहेको श्री विद्याज्योति माध्यमिक विद्यालय स्थापनाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष १९, बर्दिया । 

जिल्लाको कालिका गाविसमा रहेको श्री विद्याज्योति माध्यमिक विद्यालय स्थापनाको "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

४२ वर्षमा जाग्यो आत्मविश्वास

२०७३, १९ पुष मंगलवार ०३:००

सास । पौष १९, बर्दिया । 

जिल्लाको कालिका गाविसमा रहेको श्री विद्याज्योति माध्यमिक विद्यालय स्थापनाको ४२औँ जन्म दिनको अवसरमा सोमबार शैक्षिक कृति ‘जगाऔँ आत्मविश्वास’ को लोकार्पण गरिनुका साथै पूर्व विद्यार्थी तथा श्रष्टा शिक्षक प्रभात सुवेदीलाई सम्मान गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला शिक्षा कार्यालय बर्दियाका उप–जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मी र विशेष अतिथि कालिका गाउँ विकास समितिका अध्यक्ष वासुदेव अधिकारीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नीलकण्ठ रेग्मीले विद्यालयले गरेका शैक्षिक क्रियाकलाहरुको प्रशंसा गर्नुहुँदै शैक्षिक प्रगतिका लागि अझै रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै जानका लागि सुझाब दिनुभयो । विशेष अतिथिका रुपमा रहनुभएका कालिका गाउँ विकास समितिका सचिव वासुदेव अधिकारीले गाविसमा आउने हरेर संघ संस्थाहरुले बालबालिकाको क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिनुहुँदै बालबालिकाहरुको लागि काम नगर्ने संस्थाहरुलाई निरुत्साहित गर्नुपर्ने कुरा औंल्याउनुभयो ।


कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै पुस्तकका श्रष्टा, विद्यालयका पूर्व विद्यार्थी तथा श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका शिक्षक प्रभात सुवेदीले यसरी आफैले अध्ययन गरेको विद्यालयको वार्षिक उत्सवमा शैक्षिक कृति लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गर्दै विद्यालयबाट पाएको सम्मान र मायाले शैक्षिक क्षेत्रमा समर्पित भएर लाग्नका लागि थप उर्जा  पाएको कुरा बताउनुभयो । साथै वहाँले यो पुस्तकले पक्कै पनि सबै भाइबहिनीहरु र जो कोहीको पनि आत्मविश्वास जागृत गर्नका लगि सहयोग गर्ने कुरा बताउनुहुँदै सबै विद्यार्थीहरु तथा अभिभावकहरुलाई यो पुस्तक एकपटक पढिदिनका लागि आग्रह समेत गर्नुभयो । 


कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले विदालयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा कूल १ करोड १९ लाख ७३ हजार ३ सय ३ रुपैया ७५ पैसाको आय व्यय प्रस्तुत गर्नुभएको थियो भने आगमी दिनमा विद्यालयले शैक्षिक उन्नतीका लगि गर्ने कार्यहरुका सम्बन्धमा जानकरी दिनुभएको थियो । वार्षिकोत्सव समारोहमा पूर्व विद्यार्थी राम बहादुर के.सी. ले स्थापना गर्नुभएको १ लाख १५ हजारको अक्षयकोषबाट प्राप्त व्याज रकमले उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती तथा प्रमाण–पत्र समेत वितरण गरिएको थियो । 


विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुबाट मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने समय समयमा शिक्षक कृष्णप्रसाद सुवेदीले आफ्ना साहित्यिक सिर्जनहरुबाट मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु, पूर्व शिक्षकहरु, पूर्व विद्यार्थीहरु लगायत समुदायका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने