(कमल खत्री) | माघ २, म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

(कमल खत्री) | माघ २, म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ ब"/>

2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

(कमल खत्री) | माघ २, म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । 

चक्रीय धौलागिरि पदमार्ग र हिमालको आरोहण गर्न आधार शिविर पुग्ने पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण र विस्तार, झोलुङ्गे पुल निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माणमा करिब रु ११ करोडको बजेट लाग्ने अनुमान गरिएको छ । 

सदरमुकाम बेनीदेखि करिब एक सातामा पुगिने धौलागिरि आधार शिविरसम्म जाने पदमार्गमा पर्यटकको सुविधाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा करिब रु ११ करोड १६ लाख बजेट लाग्ने अनुमान गरिएको जिल्ला विकास समितिका सब–इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । मुदी गाउँदेखि आधार शिविरसम्म १५ ठाउँमा झोलुङ्गे पुलको अभाव रहेको छ । 

“आधार शिविरसम्म नै पुगेर पदमार्गको अवस्थाबारे अध्ययन गरेका छौं, एक दर्जनभन्दा बढी ठाउँमा वारपार गर्न अहिले अस्थायी साँघु छन्, बर्खायाममा ती सबै बगाउँछ, हिउँदमा फेरि साँघु हालेर पर्यटकलाई वारपार गराउने गरिएको रहेछ,” सबइन्जियिनर पौडेलले भन्नुभयो । आधार शिविरनजिक म्याग्दी नदीमा अझै पनि हिउँ जमेर बनेको हिमताल (ग्लेसियर)मा चढेर वारपार गरिँदै आइएको छ । 

पौडेलका अनुसार मुदीको बगरदेखि माथिका रातो खोला, भुमबोट खोला, हारेखोला, धाप्चा खोला, कैँचीभिरे खोला, तलेत्रेखोला, हर्थेबेखोला, पखेटोखोला लगायतका ठाडो खोलामा अहिले वारपारका लागि पक्की झोलुङ्गे पुल निर्माण गर्नुपर्ने छ । पदयात्राअन्तर्गत चौथो दिनमा पुगिने इटाली आधार शिविरदेखि स्विस आधार शिविर पुग्ने पदमार्गअन्तर्गत म्याग्दी नदीको खोँचमा लामो र अग्लो झोलुङ्गेपुल निर्माण गर्नुपर्ने देखिएको छ । 

“धौलागिरि रेञ्जबाट प्रशस्त मात्रामा ठाडो खोला बग्ने हुँदा धेरै ठाउँमा झोलुङ्गे पुलको अभाव देखियो, यसका साथै पदमार्गको विस्तार र निर्माण, क्याम्पिङ क्षेत्रमा खानेपानी र शौचालय अति आवश्यक छ,” मुदी गाविसका प्रविधिज्ञ नगेन्द्र सापकोटाले भन्नुभयो । पदमार्गअन्तर्गत मुदीको जेल्टुङसम्म बस्ती भए पनि त्यहाँदेखि माथि भने कुनै पनि बस्ती नभएकाले त्यस क्षेत्रको पदमार्गमा खानेपानी र शौचालयको समेत अभाव रहेको छ । 

कम्तीमा १२ ठाउँमा शौचालय र खानेपानीको पूर्वाधार बनाउनुपर्छ । पदमार्गअन्तर्गत नाउराभिरमा झन्डै तीन सय मिटर भिरको बाटोमा रेलिङ बनाउनुपर्नेछ । तत्कालीन द्वन्द्वको समयमा माओवादीले सुरु गरेको मुदी हुँदै बगर गाउँ जोड्ने नाउराको भिरमा श्रम शिविर तथा पर्यटकबाट चन्दा उठाएर पदमार्गको निर्माण कार्यलाई शान्ति स्थापनापछि जिविसले नेपाली सेनाको सहयोगमा पूर्णता दियो तर अग्लो भिरमा साँघुरो ट्र्याक भएकाले यो बाटो जोखिमपूर्ण मानिन्छ । 

“पदमार्गको प्रवेशद्वार मुदीगाउँदेखि माथि पर्यटन पूर्वाधारको अभाव छ, पदयात्राअन्तर्गत पदमार्ग, पुल लगायतका अत्यावश्यकीय पूर्वाधार नहुँदा पर्यटकलाई सास्ती भएको छ,” दोबानमा होटल व्यवसाय गरेका स्थानीय पर्यटन व्यवसायी बोमबहादुर पुनले भन्नुभयो । उनका अनुसार दोबानदेखि इटालीसम्मको पदमार्गलाई चौडा गरिनुपर्छ भने दोबानदेखि स्विस क्याम्प हुँदै राई छहरासम्मको पदमार्ग जोखिमपूर्ण भएकाले त्यसलाई पुनःनिर्माण गरिनुपर्छ । 

प्रारम्भिक लागत अनुमानअनुसार, पदमार्गअन्तर्गत झोलुङ्गेपुल निर्माणमा करिब रु ६ करोड, नयाँ पदमार्ग निर्माणमा रु १० लाख, जोखिमपूर्ण पदमार्ग पुनःनिर्माण र मर्मत तथा साँघुरो पदमार्गको विस्तारमा रु चार करोड ५० लाख, खानेपानी र शौचालय निर्माणमा रु ५० लाख, रेलिङ निर्माणमा रु ६ लाख बजेट आवश्यक पर्ने जिविसका सब–इन्जिनियर पौडेलले जानकारी दिनुभयो । 

करिब पाँच हजार मिटरको उचाइमा अवस्थित धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फा पुग्ने पदमार्गमा पर्यटन पूर्वाधारसँगै विभिन्न स्थानमा होटल तथा लजका साथै सञ्चार सुविधा र सुरक्षाको अभाव रहेको छ । भौगोलिक विकटता र पर्यटन पूर्वाधारको अभावले प्राकृतिक सौन्दर्यले भरिपूर्ण र पदयात्राका लागि साहसिक मानिएको यस पदमार्ग ओझेलमा परेको इटाली आधार शिविरमा विगत २६ वर्षदेखि होटल व्यवसाय गर्दैआएका हरिप्रसाद तिलिजाले बताउनुभयो । 

“विशेषगरी पदमार्ग लगायतका पूर्वाधार नहुँदा भम्रणमा आउने पर्यटकलाई सास्ती भएको छ, सञ्चारको पहुँच नहुँदा हराएका पर्यटकको खोजीकार्य प्रभावित हुनुका साथै बिरामी भएको अवस्थामा उद्धार गर्नसमेत असम्भव हुने गरेको छ,” तिलिजाले भन्नुभयो । धौलागिरि आधार शिविर जाने आधा जसो पर्यटकले पर्यटन पूर्वाधारको अभावकै कारण अहिले हेलिकप्टर चार्टर गर्न थालेका छन् । 

यस पदमार्गअन्तर्गत बगरगाउँदेखि माथि पर्यटकको सुविधाका लागि दोबान, सल्लाघारी र इटली बेस क्याम्पमा तीनवटा होटल छन् । तर पर्यटकीय याममा यी होटल पर्याप्त नहुँदा पर्यटक पाल टाँगेर बस्ने गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौलागिरि पदमार्गमा पर्यटन पूर्वाधार निर्माणसँगै सञ्चार र सुरक्षाको पहुँच बढाउन सकेमा यसले जिल्लाकै पर्यटन विकासमा फड्को मार्ने धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँ बताउँछन् । 

देशका अन्य पदमार्ग सडकका कारण विस्थापित भइरहेका बेला धौलागिरि चक्रीय पदमार्ग सडकबाट टाढा रहेको र तटीय क्षेत्रदेखि हिमाली क्षेत्रको साहसिक यात्राका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ । मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी, मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य मुख्य आकर्षण रहेको यस पदमार्गमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन सके बर्सेनि हजारौँ पर्यटकलाई धौलागिरि आधार शिविरमा पु¥याउने सकिने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई