2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्णिमाले आफ्नो जन्म दिन मनाउने रकम मृगौला पीडितलाई दिईन्


महेन्द्र केसी/माघ ५, पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् । 

समाजमा सेवाको लागि भन्दा पनि आफ्नो फाइदाका लागि काम गर्नेहरु निकै भेटिने गर्छन् । कलिला बालबालिकाहरु त आफू खुसी हुन पाए अरु केहि चाहिदैन भन्ने भावनाका हुन्छन् तर कक्षा ९ मा पढ्ने यहाँकी एक स्कुले बालिकाले आफ्नो जन्म दिनको केक काट्ने र साथीभाइलाई मिठाइ बाँड्ने रकम एक मृगौला पीडितलाई सहयोग गरेकी छिन् ।

 केक काट्ने, आफन्त, साथिहरु बोलाएर धुमधामले जन्मदिन मनाउने क्रम बढ्दो छ । तर कुश्मा–११ दुर्लुङचोक बस्ने पुर्णिमा गुरुङले एउटै घरमा चारजना मृगौलापीडित रहेको परिवारलाई सहयोग गरेकी हुन् । कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारमा उनले जन्मदिनमा केक नकाटिकन र साथीभाइलाई मिठाइ नबाडिकन तीन हजार रुपैयाँ प्रदान गरेकी हुन् ।

मंगलबार जन्मदिनको अवसरमा उनले उक्त रकम हस्तान्तरण गरेकी हुन् । एकता युवा क्लबको सहकार्यमा उनले मृगौला पीडित कुर्घा निवासी पौडेल परिवारलाई रकम हस्तान्तरण गरेकी हुन् । पुर्णिमा सदरमुकाम कुश्मास्थित पर्वत गुरुकुल एकेडेमीमा कक्षा ९ की छात्रा हुन् ।

यसैविच परिवारका सवै सदस्य मृगौला पीडित भएको पौडेल परिवारलाई प्रवासीको सहयोग प्राप्त भएको छ । एनआरएन साइप्रसबासीले तिहारमा देउसी भैलो खेलेर संकलित रकम मध्ये १५ हजार ५ सय ४५ रुपैयाँ  पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

एकता युवा क्लबको पहलमा उक्त रकम प्राप्त भएको  हो भने सो रकम क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । उनको परिवारलाई बचाउनको लागि एकता क्लबले चालेको अभियान अन्तरगत सो रकम प्राप्त भएको एकता युवा क्लबका अध्यक्ष अच्यूत तिवारीले साझासवाललार्र्ई जानकारी दिए । 

उक्त रकम कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंङ गुरुङ र क्लबका सल्लाहकार बशन्तबहादुर सिकेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

शर्माको परिवारका चार जना सदस्यको मृगौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गैसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मृृगौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा मात्र मृगौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिले सम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधी खर्च चलाउँदै आएको बताए ।

‘चार चार जनाको मृगौला प्रत्यारोपण र नियमित औषधी खर्च जुटाउन मुस्किल छ’ उनले भने ‘सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन’ मृगौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गैसकेको छ भने छोरी र छोराको मृगौला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मृगौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई