नन्दराम जैशी/माघ ६, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा स्याउ खेतिको लागी सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/माघ ६, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा स्याउ खेतिको लागी सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।"/>
2026-10-15 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्याउँ खेति सुपरजोन कार्यक्रम प्रभावकारी बन्ने, जुम्लामा साढे ४ करोड बढी रकमको अख्तियारी

नन्दराम जैशी/माघ ६, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा स्याउ खेतिको लागी सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यक्रम जुम्लाको आयोजनामा आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक कार्यक्रम अनुसार अभिमुखिकरण कार्यक्रममा जुम्लामा सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने जनाइएको हो ।         

 स्याउ सुपरजोन कार्यक्रमको ५ वटा अवधारणा अनुसार जुम्लामा आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाको हाँकु, लाम्रा, तातोपानी र चन्दननाथ नगरपालिकामा कार्यक्रम संचालन हुने भएको छ । त्यस्तै सुपरजोन कार्यक्रम अन्र्तगत आलु उत्पादनका लागि जिल्लाको छुमचौर र डिल्लीचौर तथा सिमिका लागि रारालिहि गाविसमा पकेट क्षेत्रका रुपमा कार्यक्रम संचालन गरिने भएको छ । परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ जुम्लाका अनुसार आलु र सिमिको कार्यक्रम जिल्ला कृषि विकास कार्यालय जु्म्ला मार्फत संचालन हुने जनाइएको छ ।

 सुपर जोन स्याउ कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७३/०७४ का लागि ४ करोड, ५८ लाख, ४९ हजारको अक्तीयारि प्राप्त भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यालय जुम्लाले जानकारी दिएको छ । परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ जुम्लाका बरिष्ठ कृषि अधिकृत बिष्णु प्रसाद शर्माले ७ वटै प्रदेशमा सुपरजोन कार्यक्रम संचालन भएको भन्दै जुम्लामा स्याउमा सुपोर जोन कार्यक्रम संचालन भएकोछ । 

जुम्लामा एक सुपरजोन कार्यक्रम संचालन भएको जानकारी दिदै पकेट, ब्लक र जोन क्षेत्रका आधारमा जुम्लाको १ हजार हेक्टर जमिनमा सुपरजोन स्याउ कार्यक्रम संचालन गरीने उहाँले बताउनु भयो । जस अन्तर्गत कृषि  समुह, सहकारी र जलस्रोत समूह मार्फत निवेदन लिने काम सकिएको उहाँको भनाइ छ । जुम्लाको सुपरजोन कार्यक्रम अन्य छिमेकि जिल्लासम्म पनि भविष्यमा बिस्तार हुने उहाँको भनाइ छ ।

 परियोजनाका प्राविधिक सहायक इन्द्र सुवेदीका अनुसार १० वर्षिय परियोजना अन्र्तगत जुम्लाका २ सय  १ वटा समूहले स्याउ खेतीको लागि निवेदन दर्ता गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सुपरजोन स्याउ कार्यक्रममा अन्य कुनै आयोजना तथा अनुदान नपाएका कृषकलाइ छनोट गर्न निर्देशन दिनु भएको छ । कुनै दाताको सहयोग नभइ नेपाल सरकारले आफै संचालन गरेको परियोजना भएकाले जुनसुकै ब्यक्ति प्रधानमन्त्री भएपनि यस परियोजनालाइ निरन्तरता दिइने उहाले बताउनुभयो । परियोजना अन्र्तगत आगामि बर्षमा जिल्लाका अन्य गाविसलाइ पकेट तथा ब्लकका रुपमा क्षेत्र छनोट गर्दा सबैको सहमति र छलफलका माध्ययमबाट छनोट गरिने उहाको भनाइ छ ।

 स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले सुपरजोन स्याउ कार्यक्रमलाइ प्रभावकारी बनाउन स्याउ नर्सरी उत्पादनदेखि गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो । अन्य क्षेत्रमा कार्यक्रम बिस्तार गर्नुपुर्व हाल तोकिएका क्षेत्रमा प्रभावकारी कार्यक्रम संचालन गर्न र यसमा सबैलाइ सहयोग गर्न उहाले अनुरोध गर्नुभयो ।

जिल्लाका राजनैति दल तथा अन्य सरोकारवाला निकायले सुपरजोन कार्यक्रमका लागि कृषक छनोट गर्दा पँहुच र पावरको आधारमा नभइ इमान्दार, लगनशिल र गरिब कृषकलाइ छनोट गर्न सुझाब दिएका छन् ।             

कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गर्न जुम्लामै प्रांगारिक मल उत्पादन र स्याउ कोल्ड स्टोरको ब्यवस्था हुन आवश्यक रहेको राजनितिक दलले औंल्याएका छन् । कार्यक्रमका लागि गाविस छनोट गर्दा संभाब्यता अध्ययन नभएको भन्दै आगामि कार्यक्रममा संभाब्यता अध्ययन गरी भुगोल, सिंचाइ र सडकको पहँुचका आधारमा गाविस छनोट गर्न जुम्लाका राजनितिक दलहरुको सुझाब रहेको छ ।           

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने