Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पाँचौ पर्वत महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्रीे प्रचण्ड पर्वतमा आउँदै

By kit 18 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी/माघ १३, पर्वत । माओवादी केन्द्रका अध्यक्ष एवं नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्वतमा आएका छन् । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि उनी पर्वत आएका हुन् ।

महोत्सवको उद्घाटन प्रधानमन्त्रीले विहान ११ बजे गर्ने तयारी भैराखेको छ । पर्वत महोत्सव उद्घाटनका लागि आएका प्रधानमन्त्री प्रचण्डको सम्मानको लागि कुश्मा बजारका घरविच्छे फूल, कलस र घडाका साथ कुश्माबासी प्रधानमन्त्रीको स्वागतार्थ जुटेका छन् । बेहुली झै सिंगारिएकोे कुश्मा बजारमा प्रधानमन्त्रीको उपस्थीतिले नतमस्त बनेको छ ।

पाँचौ पर्वत महोत्सव र प्रधानमन्त्रीको सुरक्षाका लागि पर्वतमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । चोकचोकमा प्रहरी, शसस्त्र प्रहरी, आर्मीलाई सुरक्षार्थ चोकचोकमा राखिएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजरगर्दै जिल्लाभरी सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले जानकारी दिए ।

प्रचण्डलाई वाइसिएलको सुरक्षा घेरा

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको स्वागत र सुरक्षार्थ वाइसिएल पर्वतले आफ्नो युवा शक्ति परिचालन गर्ने भएको छ । प्रधानमन्त्रीको सुरक्षाको लागि वाइसिएल पर्वतले आफ्नो युवा शक्ति परिचालन गर्न लागेको जनाएको छ । प्रधानमन्त्री हेलिकप्टर मार्फत बडागाउँमा रहेको शसस्त्र क्याम्पमा अबतर गर्ने भएपछि वाइसिएलले आफ्नो युवा शक्ति सोही स्थानदेखि महोत्सव स्थलसम्म झण्डै एक किलोमिटर आफ्नो युवा शक्तिलाई रोतो पोशाकमा सडकमा उतार्ने जनाएको छ । पार्टी अध्यक्षको सुरक्षाको लागि पहिलो घेरामा सुरक्षाकर्मी र दोस्रो घेरामा वाइसिएल युवा शक्ति रातो पोशाकमा तैनाथ हुने माओवादी स्रोतले जनाएको छ ।

बालबैज्ञानीकोे ड्रोन प्रदर्शन

महोत्सवको उद्घाटन सत्रमा बालबैज्ञानिकका रुपमा चिनिएका अमन पौडेले आफूले बनाएको ड्रोन प्रधानमन्त्रीकै अगाडि उडाउने भएका छन् । आफूले तयार पारेका विभिन्न बस्तुहरुको समेत उनले प्रदर्शन गर्ने आयोजकले जनाएको छ । महोत्सवलाई लक्षित गरी अमनले ड्रोन तयार पारेको र महोत्सव उद्घाटन सत्रमानै ड्रोन उडाउने तयारी भैराखेको उनको पारिवारले जनाएको छ ।

ड्रोनको अलबा उनले महोत्सवमा आफुले आविष्कार गरेका सामाग्रीहरु एक्साभेटर, रेल, रोबोट, भूकम्प संकेत मेशीन, पानीजहाज, पहाड चढ्ने गाडी, भ्याकुम क्लीनर, न्यूटनको चक्का, घन्टी, गोवर ग्याँस, पंखा, प्रोजेक्टर लगायतका सामाग्रीहरु प्रदर्शनी गर्ने सोच बनाएका छन् ।

स्थानीय झाँकी तथा भेषभुषा प्रदर्शनी

महोत्सव उद्घाटन पूर्व कुश्मा बजारमा विभिन्न स्थानीय झाँकी तथा भेषभुषा प्रदर्शन हुनेछ । स्थानीय रितिरिवाज र लोप हुन लागेको परम्परालाई जगर्नेना गर्नको लागि विभिन्न झाँकी तथा भेषभुषा प्रदर्शनी हुने भएको छ । विहान कुश्मा बजारमा कलस सहितको ¥याली, पञ्चेबाजा, झाँकी तथा विविभन्न भेषभुषाको प्रदर्शनी हुनेछ । साथमा विभिन्न विद्यालय तथा संघसंस्थाहरुले आफ्नो पहिचान चिनाउने कला तथा ¥यालीमा सहभागी हुनेछन् ।

प्याराग्लाइडिङबाट पुष्पबृष्टि

प्रधानमन्त्री प्रचण्डको स्वागत तथा पाँचौ पर्वत महोत्सवको उदघाटन कार्यक्रममा प्याराग्लाइडिङबाट पुष्पबृष्टि हुने भएको छ । महोत्सव उद्घाटन समारोहमा प्याराग्लाइडिङ मार्फत पुष्पबृष्टिका साथै बेलुन र महोत्सवको लागो अंतिक झण्डा उडाउने तयारी भैरहेको आयोजकले जनाएको छ ।

महोत्सव अबधीभर प्याराग्लाइीडङ गर्न इच्छुक दर्शकहरुको लागि समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने पर्वत महोत्स यहि माघ १३ गतेदेखि २२ गतेसम्म संचालन हुनेछ । महोत्सव आयोजक समिति प्रधानमन्त्रीको स्वागत र कार्यक्रमको उद्घाटन गर्नको लागि तयारी अबस्थामा रहेको जनाएको छ ।  महोत्सवमा झण्डै २ सय वटा विभिन्न स्टलहरु रहनेछन् ।

जसमध्ये १६ वटा लघुउद्यम, १२ वटा होटल तथा रेष्टुरेन्ट सहित सवै स्टल बुकिङ भैसकेको उवासंघ पर्वतका उपाध्यक्ष एवं महोत्सवका आर्थिक संयोजक गोपी अधिकारीले बताए । महोत्सवमा आउने दर्शकहरुले अस्ट्रीच, ऊट र चौरीगाई समेत अबलोकन गर्न पाउने भएका छन् । महोत्सवलाई थप आकर्षित गराउनको लागि र स्थानीयहरुको लागि अनौठो र नौलो रहेको बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी गरिएको उनले बताए ।

महोत्सव प्रचारप्रसारका दृष्टिकोणले अत्यन्त प्रभावकारी बन्दै गइरहेको र अपेक्षा गरे अनुसारनै काम भइरहेकोले आर्थिक रुपले समेत सफल हुने अपेक्षा आफूले गरेको बरिष्ठ उपाध्यक्ष तथा महोत्सव आर्थिक संयोजक गोपी अधिकारीको तर्क छ ।

महोत्सवलाई रोचक बनाउनको लागि महोत्सवमा थुप्रै राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ । ‘राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरु फरक–फरक दिनमा ल्याएर मनोरजञ्जन दिने तयारी गरिएको वाणिज्य उपाध्यक्ष तथा कलाकार आमन्त्रण तथा व्यवस्थापन संयोजक केदारनाथ शर्माले जानकारी जानकारी दिए ।

उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, बद्री पंगेनी, राजु परियार, शिव परियार, कुलेन्द्र विक, देवी घर्ती, प्रजापति पराजुली, कुलेन्द्र विक, याम क्षेत्री, रोमा न्यौपाने, चोलेकन्द्र पौडेल, कृष्ण समीप सुवेदी, विमलराज क्षेत्री, सम्झना भण्डारी, कृष्णा गुरुङ, तृष्णा गुरुङ लगायतका कलाकारहरु महोत्सव स्टेज तताउने उने सहारान्यूजलाई बताए ।

महोत्सवले जिल्लाको पर्यटकीय क्षेत्रको विकासलागि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । ‘जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिहरुले निर्माण गरेको केवुलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बन्जी जम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डीको ¥याङटीङ र प्याराग्लाइडिङ लगायतका आकर्षणहरुले महोत्सव मात्र होइन समग्र जिल्लाकै पर्यटनमा ठोस टेवा पुग्ने बताइएको छ ।

त्यसैगरी जिल्लामा रहेका लघु तथा घरेलु उद्यमीहरुका उत्पादनलाई प्रचारप्रसार गर्नुका साथै लप्सी, कफी, सुन्तला, अल्लो, मह लगायतका स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने अपेक्षा राखिएको छ  ।

महोत्सवमा ५ सय रुपैंयामा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैंयामा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि ४० रुपैंयाको टिकट कायम गरिएको छ । महोत्सवलाई प्रचारप्रसार गर्ने उद्देश्यले माघको पहिलो साता कालीगण्डकी सरसफाई तथा प्रचारात्मक ¥याफिटङको आयोजना गरिने मूल समितिले जनाएको छ ।

पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता

महोत्सवमा खेलकुद अन्तरगत पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगिताको विजेताले १ लाख १ सय ११, द्धितियले ५० हजार १ सय ११ पाउनेछन् ।

साथै प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने २ समुहले २० हजार १ सय ११ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क ५ हजार तय गरिएको छ । भने फाइभ ए साइट फुटबल समेत हुनेछ । फुटबलमा विजेता हुनेले २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछन् भने दर्ताको लागि २ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै महोत्सवमा खुल्ला रत्यौली प्रतियोगिता समेत हुनेछ । समाजमा रहेका रितिरिवाज तथा स्थानीय सस्कृतिको संरक्षण र जर्गेना गर्ने उदेश्यले रत्यौली प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा हुने रत्यौली प्रतियोगितामा विजेता हुने समुहले १२ हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ८ हजार, तृतीयले ५ हजार प्राप्त गर्नेछ भने दर्ता शुल्क १ हजार तोकिएको छ । रत्यौली प्रतियोगितामा भाग लिने समुहमा प्रति समुह १० जनाभन्दा माथि हुन नपाउने आयोजकले जनाएको छ ।

त्यस्तै महोत्सवमा बालप्रतिभाको प्रस्फुटन गराउनको लागि खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ । जसमा विजेता हुनेले १० हजार, द्धितियले ७ र तृतीयले ४ हजार नगद प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा भाग लिने सहभागी समुह वा विद्यालयले दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

महोत्सवमा छेलो प्रतियोगिता, स्थानीय भेषभुषा तथा झाँकी, शैक्षिक, कृषि प्रदर्शनी हुनेछन् ।  साथमा ऊट, चौरीगाइ र अस्ट्रिचको समेत प्रर्दशनी गर्ने तयारी भैराखेको छ । त्यस्तै महोत्सवमा स्थानीय ढिकी जाँतो तथा माटोको भाँडा, काठका ठेकी मदानी बनाउने कलाको समेत प्रर्दशनी, फोटो प्रर्दशनी हुनेछ । महोत्सव २ लाख दर्शकले प्रत्यक्ष अबलोक गर्ने र ४ करोडको कारोबार हुने आयोजक पक्षको दाबी छ । महोत्सवमा संकलन भएको रकमले जिल्लामा सिटी हल र खेलकुद मैदान निर्माण गरिनेछ ।