नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी"/>
2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

रोकाया दम्पति पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै

नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

रोजगारीका लागि युवाहरू गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भएपनि आफ्नै जन्मथलोमा कुटो कोदोलो र घट्ट चलाएर बस्दा पनि राम्रो आम्दानि गर्न सकिएकोमा रोकायाले खुसि ब्यक्त गर्नुभयो । पानी घट्ट ब्यवसायको शुरुवात करीव १ लाख रुपैयाबाट गरेको भन्दै अहिले राम्रै आम्दानी हुने गरेको उहाँकी श्रीमती मैना रोकायाको भनाइ छ ।             

घट्ट पिस्नका लागि एक दीनमा १० देखी १६ जना ग्राहक आउने गरेको मैनाले बताउनुभयो । उहाले भन्नुभयो, विगतका दिनहरुमा अरुले पिसानी घट्टबाट सेवा गरेको देख्दा आफुलाई आश्र्यजनक लाग्थ्यो । 

अहिले आफुले सेवा दिन पाउदा नीकै खुसी लागेको छ । बर्षा र हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले पनि आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपरेको रोकायाका दम्पतिको भनाइ छ । ५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनु भएका रोकायाका दम्पतिले हाल मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहनु भएको छ ।    

 घट्टकै आम्दानीबाट रोकायाका दम्पतिले सात जनाको परिवार पाल्दै आएका छन् । सुरु सुरुमा घट्ट पिस्न दीनु भन्दा आफै पिस्न पाइदा मान्नेहरुले घट्टमा पिस्न जादँ भोक्नु पर्ने दुख कष्ट र शारीरीक सुरक्षा लगायतका समस्या तथा हुन सक्ने संभावित घटनाहरुलाई मध्यनजर गर्दैैै गाँउमा आफैले घट्ट संचालन गरेको रोकाया दम्पतीको भनाइ छ ।      

 गाँउमै छिटो छरीतो सेवा दिनुका साथै सेवाग्राहीले घट्टले पिसेको पिठो राम्रो ठानेपछि अहिले सबै घट्ट पिस्नेहरु आफ्नै घट्टमा आउने गरेका छन्, अमरसिंह रोकायाले भन्नुभयो । उहाँका अनुसार सामान्य लगानी बाट चल्ने पानी घट्ट पेशा गत गर्न सके जिवन निवार्ह गर्ने र गरीबको भविष्य परीवर्तनका लागि आयआर्जको माध्ययम घट्टलाइ अपनाउन सकिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने