महोदय 

पाँचौ पर्वत महोत्सव समृद्ध पर्वत हाम्रो चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महोदय 

पाँचौ पर्वत महोत्सव समृद्ध पर्वत हाम्रो चा"/>

2026-06-27 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सव आयोजकलाई खुला पत्र

2017-01-31

महोदय 

पाँचौ पर्वत महोत्सव समृद्ध पर्वत हाम्रो चाहाना भन्ने मुल नाराका साथ शुरु भयो  यहाँ त पाँचौ पर्वत महोत्सव श्रीमतीलाई निशुल्क पास बनाउने र भित्र छिराउने, जनतालाई मात्रै लुट्ने महोत्सव भयो भन्ने सुनेको छु । के यो सत्य हो । त्यतिमात्रै हैन महोत्सवमा हुदै नभएको कुरालाई पनि कलम घुमाएर लेख्न लगाइएको छ रे हैन भने छक्का पञ्जाजस्तो कुरा समाचारमा किन आयो ? यसको जिम्मेवारी कस्ले लिने आयोजकले वा लेख्नेले ?

यो पनि सुनेको छु । महोत्सवमा एमाले निकट युवा संघ नेपालका कार्यकर्तालाई निशुल्क भित्र छिराउनको लागि पास समेत निशुल्क बनाइयो रे, आयोजक समिति भित्र तीन जनाको मात्रै हालीमुहाली चल्यो रे विचरा आयोजक हुँ भन्दै थोपा पहेलो रङका कोट लगाएकाहरु पनि आयोजकको नाइके देखि रुष्ट भएर कोटनै फालेर महोत्सवमा जान छोडे रे । यो पनि सुनेको छु महोत्सवमा पश्चपात निकै बढ्यो रे हैन भने समावेशिता खै ?

किन आयोजप्रति उपसमितिका पदाधिकारी रुष्ट बनेका किन व्यवसायीले स्टल छोड्दै हिडेका अनि किन महोत्सवमा घरवालाका श्रीमतीलाई पनि हुदै नभएको काम नै नगरेको संस्थाको नामबाट प्रवेश पास दिइएको ? 

तिमीले बोलाएका कलाकारहरुको नाम लिष्ट कापीमा उतारौ भने ठूलै नोट बुक बन्छ, पत्रिकामा छापौ भने पनि चार पानाको मेरो पत्रिका दुइ पाना तिमीले बोलाएका कलाकारहरुको नामले भरिन्छ । गितका आधारमा कलाकारको नाम कपीमा उतारौ भने पनि त्यो सम्भव छैन । फेरी दुइटाको मात्र नाम लेखेछ अरु छोडिदिएछ भनौला,  भन म कसो गरी तिम्रो पक्षमा समाचार लेखौं । 

चाकडी गर्न मलाई आउँदै, जे देख्छु त्यो म लेख्छु तर तिमीलाई त्यो मन पर्दैन, दुइचार पत्रकारको खल्ती भरेर होला सायद हुदै नभएको कुरा पनि पत्रिकामा उतार्न भ्याएछौं । धन्य छौ आयोजक तिमी, जनताको मन जित्न र महोत्सवको व्यवस्थान गर्न नसकेता पनि पाँचौ पर्वत महोत्सवको लोगो अंकित घाँटीमा पास बनाएर आयोजकको फुली लगाएका छौं ।

हुनेका श्रीमती नहुनेका छोरानाती, आफन्त नातेदारलाई पनि भिराएकै छौ ।

म महोत्सव परिसरमा हिड्दै दिए एक अपाङ्गता भएका व्यक्तिले भन्नु भयो लौन अपाङ्ग मैत्री महोत्सव भएन भनेर लेखौं । खै हाम्रो व्यवस्थापनको लागि हाम्रो लागि व्यस्था गरिदिएको? के सांङगहरुको मात्रै महोत्सव हो? समृद्ध पर्वत भनेको छ के समृद्ध पर्वत बनाउनको लागि अपाङ्गता भएका व्यक्तिहरु, महिला, आदिबासी, जनजाती, दलित, अल्पसंख्यक, मुश्लिम आदी समुदायलाई सम्बोधन गर्न पर्देन ।

समृद्ध पर्वत तिम्रो चाहाना कि समृद्ध परिवार, परिवार मैत्री महोत्सव बनाउने तिम्रो चाहाना मैले बुझ्न सकिन । यदी सवैलाई आफ्नै परिवारको सदस्य ठानेको भए वा सवैलाई परिवारशरह व्यवहार गरिएको हो भने किन ? यी तमाब सवालहरु तिम्रा सामु आँखा घोच्ने र मुखमा पट्टी लगाउनेगरी बसेका छन् । किन, तिमीप्रति सारा जनताको प्रश्नको ओइरो लागेको छ ?

देखेको कुरा भन्नु र तिम्रो कानमा पु¥याउनु मेरो कर्तव्य हो तर तथ्यपरक हुदाँहुदै पनि तिमी मसँग रुष्ट छौ र तिमी मलाई महोत्सव विरोधीको उपाधी र लोगो झुण्डाउँछौ भने झुण्डाउ  यसमा मेरो कुनै खेद छैन । महोत्सवभित्रका मिनी महोत्सव तिम्रा लागि भैदिए, समृद्ध पर्वत एकादेशको कथा, कलाकारको पेट भर्ने, तिम्रो खल्ती र साँझपरेपछि चुस्कीमा रम्न गन्त्व्यस्थल बने , मलाई खेद यसैमा छ । तिम्रो साउण्ड सिस्टम, तिम्रो मञ्चमा देखाएको नाताबाद र क्रिपाबाद अनि तिमीले झुण्डाएको नक्कली हात्तीको जस्ता नदेखिएका दाँत, बालमैत्री, अपांगमैत्री नभेटिएको तिम्रो महोत्सव म कसरी यो महोत्सवबाट समृद्ध पर्वतको सपना बुनु र खोजु ? आयोजकभित्रकै किचलो अनि देखिएको प्रष्ट तिम्रो धोकेबाज नक्कली दाँतहरु म सुनका  हुन भनिरहे तर ति पितलु रहेछन् ।

जे होस् महोत्सवको मध्यन्तर सकिएको छ २ लाख दर्शक नभित्रिएपनि १६ सय दर्शकले तिमीलाई पत्याएछन् । अबको केहि दिनलाई पनि यसनी पत्याउन र तिमीलाई बाँकी दिनमा रमाउन र हसाउन सकुन तिमी अरुलाई नसकेपनि यहि शुभकाना ।। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी