माघ २१, काठमाडौँ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौडा–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २१, काठमाडौँ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौडा–"/>

2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खिम्ती–ढल्केबर प्रसारण लाइन आएपछि भोल्टेजको समस्या समाधान


माघ २१, काठमाडौँ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ । 

ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भने ढल्केबरबाटै हेटौँडा पनि जोडिएको छ । यस्तै पूर्व जाने प्रसारण लाइनको हबसमेत ढल्केबरमा नै रहेको छ । 

एकैस्थानबाट बढी विद्युत् प्रवाह गराउँदा समस्या आएपछि प्राधिकरणले विभिन्न उपाय अवलम्बन गर्दै आएको थियो । वैकल्पिक प्रसारण लाइन निर्माण एवम् सञ्चालनमा आएपछि विद्युत् आप्रवाहमा समस्या समाधान भएको र मुलुकभर नै स्वच्छ ऊर्जा प्राप्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

अघिल्लो सातादेखि नै भोल्टेजमा देखिएको समस्या समाधान भएको र वीरगन्ज औद्योगिक करिडोरमा परेको समस्यासमेत समाधान भएको उहाँको भनाइ छ । विगत १७ वर्षदेखि अवरुद्ध हुँदै आएको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रसारण लाइन र अन्य प्रसारण लाइनबीच समेत एकरुपता कायम भएको छ । 

भारतबाट थप २५ मेगावाट विद्युत्समेत थप भएको छ । आन्तरिक रुपमा समेत प्रसारण लाइनको क्षमता विस्तार भएको र विद्युत् प्रवाह नियन्त्रण यन्त्रसमेत विभिन्न सवस्टेसनमा जडान भएका कारण भोल्टेजमा देखिएको समस्या समाधान भएको प्राधिकरणको भनाइ छ । 

औद्योगिक क्षेत्रमा नै सबैभन्दा बढी भोल्टेजमा समस्या हुँदै आएको थियो । विद्युत् प्रवाह नियन्त्रण यन्त्र (स्टेपलाइजर) नहुँदा सबैभन्दा बढी वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायी सबैभन्दा बढी मारमा परेका थिए । 

वीरगन्ज उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले ऊर्जा मन्त्री, ऊर्जा सचिव र प्राधिकरणका कार्यकारी प्रमुखलाई भोल्टेजको समस्या समाधान गरिदिन पटक पटक आग्रह गर्दै आउनुभएको थियो । 

आफूहरुको मागअनुसार पछिल्लो दिनमा भोल्टेजमा देखिएको समस्या सुधार हुँदै गएको भए पनि अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाइ छ । भोल्टेजमा हुने उतारचढावका कारण वीरगन्ज औद्योगिक करिडोरका धेरैजसो उद्योगले स्वच्छ ऊर्जा पाउन सकेका थिएनन् जसबाट औद्योगिक उत्पादनसमेत प्रभावकारी हुन नसकेको तथा सामान खेर फाल्नुपर्ने अवस्था आएको थियो । 

पूर्वाञ्चलमा कुनै समस्या आए पनि तत्काल निरुपण गर्न सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । ढल्केबर–खिम्ती प्रसारण लाइन काठमाडौँमा जोडिएपछि त्यसले काठमाडौँ उपत्यकाको मात्रै नभई छुट्टाछुट्टै रहेको प्रसारण लाइनसमेत एकीकृत रुपमा सञ्चालन हुन थालेको छ । 

खिम्तीको विद्युत् वर्षायाममा लामोसाँघु–काठमाडौँ हुँदै तराई लैजानुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । त्यसले प्रसारण लाइनमा नै हुने १० मेगावाट विद्युत् चुहावटसमेत नियन्त्रण हुने खिम्ती–ढल्केबर आयोजनाका प्रमुख श्यामकुमार यादव बताउनुहुन्छ । 

प्रमुख यादवले सो प्रसारण लाइनको डबल सर्किट पूर्णरुपमा सञ्चालनमा आएपछि करिब सात सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न थप सहज हुनेछ । हाल ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँमा ८० मेगावाट विद्युत् प्रवाह भएको छ । त्यसमा हिमाल हाइड्रोको ३३ मेगावाट विद्युत् पनि जोडिएको छ । जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्राधिकरणको नयाँ खिम्ती सवस्टेसन निर्माणमा ढिलाइ भई भारतबाट आयातित विद्युत् हिमाल हाइड्रोको सवस्टेसनमै समायोजना गरेर काठमाडौँ जोडिएको हो । 

मुलुकमा सञ्चालनमा रहेका अधिकांश प्रसारण लाइन १३२ केभिएको रहिरहेको सन्दर्भमा खिम्ती–ढल्केबर प्रसारण लाइनको क्षमता २२० केभी रहेको छ । त्यसले नै भोल्टेजमा देखिएको उतारचढावलाई हल गरेको र स्वच्छ एवम् सन्तुलित ऊर्जा आपूर्ति भइरहेको प्राधिकरण प्रवक्ता अधिकारीको भनाइ छ । 

उक्त प्रसारण लाइन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो । यही माघ २ गतेदेखि सञ्चालनमा आएको प्रसारण लाइन निर्माणमा प्राधिकरणले सबैभन्दा बढी जटिलता व्यहोरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई