Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सिनामंगलमा बन्यो हवाइ सङ्ग्रहालय, छिट्टै सर्वसाधारणका लागि खुला हुने

By kit 11 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौं । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो ।

सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तरको मेहनतले सफलताको शिखरमा उनलाई पुर्याएको हो ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमान चालक उप्रेतीले नेपालको गौरव र गरिमा विदेशमा पनि बढाइरहेका छन् । हवाई उड्डयनका क्षेत्रमा मात्र नभई देश र समाजका लागि फरक काम गरेर विश्वमा आफ्नो पहिचान बनाएका उप्रेतीले उड्डयन सङ्ग्रहालय (एभिएसन म्युजियम) स्थापना गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनले विश्वकै फरक एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा बनाएका छन् । यसअघि उनले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरी चर्चा कमाएका थिए ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिनेछ । त्यसैगरी एभिएसनको इतिहास र आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको एरियल फोटोग्राफी(आकाशबाट तस्बिर खिँच्नु) प्रदर्शनी गरिनेछ । फिस्टेल एयरको हेलिकोप्टर पनि सङ्ग्रहालयमा अट्नेछ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन सङ्ग्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताए ।

ठूलो र आधुनिक सङ्ग्रहालय

“यो ‘लेटेस्ट’ र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन सङ्ग्रहालयमा राखिएको छैन । कसैले राख्ने हिम्मत पनि गरेको छैन, यो खरिद गर्नै सक्दैन”– उप्रेतीले भने ।

संयोगले नै नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गर्ने अवसर मिलेको उप्रेतीको भनाइ छ । “अहिले एयरबस जोड्ने ‘एसेम्बल’ गरिराछौं, मार्चको १० सम्म जोड्ने काम सकिन्छ, अनि बाँकी काम सकेपछि जुलाइदेखि सर्वसाधारणका लागि खुल्छ ।”

सफलताको श्रेय आफैँलाई दिने उप्रेतीको विचारमा गन्तव्यमा पुग्न सपना र कडा मेहनत चाहिन्छ नै । तर पारिवारिक स्वतन्त्रता पनि उत्तिकै आवश्यक हुन्छ ।

हवाई करियरमा ११ हजार घन्टा विमान उडाउनुभएका उप्रेतीले लामो समयदेखि इन्डोनेसियामा ग्राउन्ड ‘सिमिनेटर इन्सट्रक्टर’ भएर काम गरिरहेका छन् ।

जीवन सङ्घर्ष मानिसको दैनिकीसँग जोडिएका कुरा हुन् सफलताका पछाडि कैयन अविस्मरणीय भोगाइ पक्कै हुन्छन् । उप्रेती सम्झन्छन्, “विराटनगर उडानमा रहेको नेकोन एयरको विमान कोसी नदीमाथि पुगेपछि एउटा इन्जिन फेल भयो, विमानका दुइटा इन्जिन भएकाले जसोतसो अवतरण गरियो । अर्को सगरमाथा क्षेत्रमा २७ हजार फिटबाट करिब तीन हजार फिट विमान खसेको छ जुन जीवनकै अविष्मरणीय क्षण हुन् ।”

टर्किस एयरलाइन्सले उप्रेती ट्रस्टलाई बिक्री गरेको डिजेवल एयरक्राफ्टमा बन्न लागेको सङ्ग्रहालयमा मुलुकभरका सबै माध्यमिक तहका विद्यार्थीले निःशुल्क प्रवेश पाउनेछन् ।

उप्रेतीका अनुसार अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो सङ्ग्रहालय सञ्चालन गरिनेछ । चार सय ४४ यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि हुनेछन् ।

विमानस्थलको रिमोट पार्किङ क्षेत्रमा राखिएको टर्किस विमानलाई प्राविधिकले डिस्मेन्टल (खोलखाल) गरी सिनामङ्गलकै जग्गामा सङ्ग्रहालय स्थापना गरिरहेका छन् ।

सङ्ग्रहालय निर्माणको सोच कसरी आयो भन्ने जिज्ञासामा उप्रेतीले भने– “म एक महिना उडेपछि अर्को एक महिना नयाँ देश र गन्तव्य घुम्छु, हालसम्म ८० बढी देश घुमिसकेँ, त्यहाँ गएपछि यस्ता नयाँ आइडिया आउँछ, यो त्यसको उपज हो ।”

उप्रेतीले दुई वर्षअघि कैलालीको धनगढीमा डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरेका छन् । कस्मिक एयरको ग्राउन्डेड विमानको उक्त म्युजियममा करिब तीन सय साना विमान राखिएका छन् ।

यो एयरबसको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । म्युजियम सञ्चालनका लागि करिब रु छ करोड लाग्ने बताइएको छ, विमान खोल्न र जोड्न मात्रै हजाराँै डलर खर्चनुपरेको उप्रेतीको भनाइ छ ।

एक्लो व्यक्तिले सञ्चालन गर्न समस्या भएकाले क्यानसँगको साझेदारीमा सुरु गरिएको हो तर सबै लगानी उप्रेतीकै छ । टर्किस विमान विसं२०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो ।

उप्रेतीको उड्डयन करियर

विसं २०२० मा कैलालीमा जन्मिएका उप्रेतीको बाल्यकालमा इन्जिनियर बन्ने चाहना थियो । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गर्नुभएका उप्रेती २०५२ मा नेकोन एयरमा जागिरे भए ।

नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो । उनीसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगे । त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरे ।

सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गरे । -रासस