Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रेस चौतारी दिवसका अबसरमा रामेछापमा पुननिर्माण प्रक्रियाकाे बिषयमा अन्तरक्रिया सम्पन्न

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले शनिबार पुन:निर्माण प्रक्रियामा पत्रकारहरुको भुमिका बिषायक अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

चाैतारीकाे १९ अाै स्थापना दिवसकाे अवसरमा भएकाे साे कार्यक्रममा पुननिर्माण प्राधिकरण रामेछापका कार्यालय प्रमुख ऋषिराज आचार्यले रामेछाप जिल्लामा अहिलेसम्म भएका पुननिर्माणको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले जिल्लाका सबै गाविस र नगरपालिकामा पुननिर्माणको काम द्रुत गतिमा संचालन भईरहेको दाबी गर्दै जिल्लामा अहिले सम्म ६ सय घरहरु बनेको र ३ हजार घरहरु निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो ।

जिल्लाका बिभिन्न गाविसमा गरि झण्डै १ हजार भूकम्प प्रतिरोधात्मक घर बनाउन सक्ने तालिम प्राप्त डकर्मिहरु खटाईएको उहाँको भनाई छ । जिल्लामा ४ हजार तालिम प्राप्त डकर्मि आवश्यक भएपनि आवश्यकता अनुसार जनशक्ति नहुदा पुननिर्माणमा ढिलाई भएको स्वीकार गर्दै जिल्लाका १६ गाविसमा अझै तालिम प्राप्त डकर्मिहरु पठाउन नसकिएको बताउनुभयो ।

बिभिन्न दात्री संस्थाहरुको सहयोगमा २ सय जना डकर्मिहरुलाई भूकम्प प्रतिरोधात्मक घर बनाउने तालिम दिईरहेको उहाँले जानकारी दिनुभयो । रामेछापका २ नगरपालिका र ४५ गाविस मध्ये १७ गाविसमा पानीको अभावका कारण घर बनाउन समस्या भैरहेको आचार्यको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्की, नेकपा एमालेका सचिव आनन्द श्रेष्ठ, राप्रपाका बरिष्ठ उपाध्यक्ष केशब प्रसाद दाहाल, एमाले नेता तुल प्रसाद कडेलले महत्वपुर्ण समयमा जनताको आवश्यकताका बिषयमा छलफल गर्ने कार्यक्रम राखेकोमा आयोजकलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, जिल्ला विकास समितिका योजना अधिकृत लक्ष्मीप्रसाद अधिकारीले रामेछापमा भैरहेको पुननिर्माणलाई छिटो र भरपर्दाे बनाउन आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको छ । अन्तरक्रियामा पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , रामेछाप उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल र गैर–सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ, श्रीजनशिल युवा समाज चिसापानीका कार्यक्रम संयोजक लब श्रेष्ठले पुननिर्माण प्राधिकरण धेरै योजना र त्यसको प्रक्रियाका बारेमा नागरिकहरुले अझै बुझ्न नसकेको गुनासो गर्नुभयो ।

प्रेस चौतारी रामेछापका अध्यक्ष बिफा घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा पुन: निर्माणसँग जोडिएका सरकारी तथा गैर–सरकारी संस्था र अन्य सरोकारवालाबिच छलफल भएको हाे । -रेडियाे रामेछापको सहयाेगमा