Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

समाचार टिप्पणी -महोत्सव भित्रको मिनिमहोत्सव

By kit 18 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा देखिन थालेका छन् । यहि माघ १३ देखि  शूरु भएको पाँचौ पर्वत महोत्सव भित्रका मिनिमहोत्सवका दृश्य र समाचारले यसपालीको महोत्सव समृद्ध नबनेको भने पक्कै हैन । महोत्सव शुरु भएदेखि देखिएका महोत्सवभित्रका मिनिमहोत्सव बालिका माथि दुव्र्यवहार सम्म पुगेको छ ।

रातपरेपछि महोत्सव जाग्छ भन्ने आयोजकहरु यतिबेला एकाएक मौन अबस्थामा देखिएका छन् । महोत्सव परिसरबाटै सुरक्षामा खटिएका प्रहरीबाट बालिकामाथि भएको अनुचित हर्कत र आयोजकतले देखाएको नाताबाद र क्रिपादको फर्दाफाँसले गर्दा आयोजक यतिबेला जिल्ल परेको छ ।

चार बर्षदेखि निरन्तर समृद्ध पर्वत हाम्रो चाहाना भन्दै हात्तीको दाँत देखाउँदै आएको महोत्सव आयोजक समितिले यतिबेला महोत्सव नसकिदै आफ्नो असली रुप देखायो जसले महोत्सवलाई थप चर्चामा ल्याउने काम गरेको  छ ।

बालिका माथि दुव्र्यवहार

महोत्सव समृद्ध बनाउने सोचका साथ शुरु भएको पाँचौ पर्वत महोत्सव परिसरमा बालिकामाथि भएको दुव्र्यवहारले महोत्सवको गरिमा र समृद्धको भजन गाउँहरुको नाक काटेको छ ।  बालिकाको इज्जतमाथि खेलवाड गर्ने र अनुचित हर्कत गर्ने र मादक पदार्थ सेवन गरी ट्यूटिमा बस्ने सुरक्षाकर्मीको हर्कतले महोत्सव मात्रै नभई  प्रहरी प्रशासनमा समेत दाग लागेको छ । ट्यूटिमा भएका सुरक्षाकर्मीले देखाएको हर्कत र क्रियाकलापले जिल्लाको सुरक्षाको अबस्था कस्तो छ भन्ने समेत प्रष्ट पारेका छ ।

आम जनताको सुरक्षाको रेखदेख गर्नको लागि र महोत्सव परिसरको सुरक्षाको लागि बसेको प्रहरीको कर्मकाण्डले जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाउनको लागि बसेका नाइकेहरुको मुहारमा कालो पोतेको छ महोत्सवभित्रका मिनिमहोत्सवको थप काण्ड क्रियाकलाप प्रष्टाउन मदत पु¥याएको छ । रातपछि जाग्छ पर्वत भन्ने आयोजक र तिनका आसेपासेको हर्कतलाई समेत यस कुराले इकित गरेको छ ।

स्टलव्यापारी आन्दोलित

महोत्सवमा व्यापार गर्नको लागि विभिन्न ठाउँबाट आएका स्टलव्यापारीहरु महोत्सवमा सोचअनुसारको आम्दानी र व्यापार नभएपछि आन्दोलनमा उत्रिए । बुधबार पौने ३ बजेसम्म स्टलनै बन्द गरी आन्दोलनमा उत्रिएका उनीहरुले आफ्नो आवातजावात र बसेको खर्च समेत नउठ्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिए ।  जसले पनि पाँचौ पर्वत महोत्सवलाई थप चर्चामा ल्याउने काम ग¥यो । व्यापार नभएको चिन्ता त्यसमाथि स्टलमा भएको तोडफोडका कारण पनि व्यापारी महोत्सव आयोजक प्रति रुष्ट भए र उनीहरु स्टेजसम्म डेलिकेशन समेत पुगेका थिए ।

लघुउद्यमी समेत महोत्सवबाट सन्तुष्ट भने देखिएनन् । स्थानीय उत्पादित बस्तुको प्रर्वद्धन हुन नसक्नु र महोत्सवको खोक्रो भाषणका कारण पनि लघुउद्यमीले महोत्सवबाट खासै स्वाद चाख्न भने पाएनन् । महोत्सवमा  व्यापार नभएपछि स्टल छोड्नेहरुको संख्या बढ्दो र आयोजक प्रति व्यापारी असन्तुष्ट हुनुले पनि महोत्सवलाई थप चर्चामा ल्याउन मदत गर्यो ।

कलाकारमा राजनीति

पाँचौ पर्वत महोत्सव सवैको साझा महोत्सव हो भनियो तर सो अनुसारको भने हुन नसकेको कलकार छनोटमा गरिएको राजनीतिकरणले प्रष्ट पा¥यो । कलाकारको संख्या जम्बो भेटियो तर जनताको मनमा आएका र चर्चा कमाए कम भेटिए । त्यसमाथि पनि धौलागिरीका सवै कलाकाहरुको जमघट भने हुन सकेन् । कलकार राष्ट्रिय गहना हुन भन्ने सवैको मनमा भएता पनि पाँचौ महोत्सवले गरेको विभेदले कलाकारिता क्षेत्रमा भएको राजनीतिक तन्त्रलाई उजागर गरेको छ । कलाकार पाटीबादमा अडिग भएको तथ्य देखाएको छ । महोत्सवमा कलाकारलाई बोलाउँदा राजनीतिकरण गरी एमाले समर्थनका मात्रै कलाकार भित्राइयो जसले आगामी अध्यक्षका दाबेदार तथा सांस्कृतिक एवं कलाकार संयोजकमाथि समेत प्रश्न चिन्ह उठेको छ । नाताबाद र क्रिपाबादले आगामी दिनमा महोत्सव कसरी चल्छ ? यसको जवाफ महोत्सव सकिएपछि आयोजकलाई दिनको लागि हम्मे पर्नेछ ।

कमजोर साउण्ड सिस्टम

दश दिन सम्म चल्ने महोत्सवमा साउण्ड सिस्टम कस्तो हुनुपर्छ भन्ने कुराको व्यवस्थापन आयोजकले गर्नुपर्ने हो तर यहाँ देखाउन खसी खाने फसी जस्तो फितलो र कमजोर साउण्ड सिस्टमका कारण पनि महोत्सवमा खासै महत्व लिन भने सकेन । एक साइट बज्ने अर्को साइट नबज्ने, ब्रेक भइरहने साउण्ड सिस्टमको कमजोर व्यवस्थापनका कारण पनि महोत्सवलाई थप चुनौति र टिकट काटेर महोत्सव हेर्न पुगेका दर्शकहरुलाई पनि घरफर्किन बाध्य तुल्यायो ।

साँघुरो महोत्सव परिसर

महोत्सव भनेपछि दर्शकको चाप बढ्छ सोही अनुसारको व्यवस्थापन गर्नको लागि महोत्सव परिसरको लम्बाइ र चौथा बढी हुनुपर्छ भन्ने आयोजकलाई थाहा नभएको भने  पक्कै हैन । तर पनि यतिमै चल्छ महोत्सव भन्ने सोचका साथ संचालन भएको महोत्सव र स्टेजको नजिकै राखिएका रमाइला मेलाका होहल्लाले पनि महोत्सवलाई निकै प्रभावित बनायो । साउण्डसिस्टमको कमजोरी यता रमाइलो मेलाको होहल्ला र कोलाहलले पनि दर्शकहरुलाई खासै महोत्सवमय बाताबरणमा रमाउने अबसर प्रदान गर्न सकेन । महोत्सव बजारको केन्द्रिविन्दुमा भयो भने व्यापारीकोलागि फाइदा हुन्छ चहलपहल बढ्छ तर आयोजकले महोत्सव परिसर बजारको कुनामा लगेर राखिदियोे जसका कारण पनि दर्शकको लागि खासै महोत्सव राखेन ।

टिकट पासमा राजनीति

महोत्सव सवैको साझा हो भन्नेहरुले महोत्सव पासमा राजनीति गर्नुले पनि महोत्सवलाई थप बदनामको चर्चा बनाउने अबसर प्रदान ग¥यो । महोत्सव परिसरको लागि पास बनाउँने क्रममा नातबाद, क्रिपाबाद र राजनीतिक घुसपेठका कारण पनि महोत्सवलाई थप बदनाम तुल्यायो । हामीसवैको महोत्सव भन्नेहरु यदि पासमा घुसपेठ गर्दा त्यसको प्रभाव नराम्रो पर्छ भन्ने सोचेनन ् । उनीहरु आफन्तबाद र सम्बन्ध र राजनीतिक विचारबाद बाहेक अरु केहि सोच्न सकेनन र सोही अनुसारको व्यवहार गरे जसले पनि महोत्सव भित्रको मिनिमहोत्सवको थप काहनी जुटायो ।

प्रचारबाजी बढी

महोत्सवको उद्घाटनमा प्याराग्लाइडिङबाट पुष्पबृष्टि हुन्छ । महोत्सव अबधिभर प्याराग्लाइडिङ हुन्छ, चौरी, ऊट, माटाका भाँडा बनाउने, ठेकी मदानी बनाउने स्थानीय स्तरका ढिकी जाँतोसमेत प्रदर्शनमा राखिने छ भनियो तर त्यो प्रचारबाजीमामात्रै सिमित रह्यो । त्यमाथि पनि झुटलाई लुकाउनको लागि थप झुट प्रचारको लागि केहि मिडियालाई प्रयोग समेत गरियो । मिडिया र मिडियाकर्मी पनि सोही अनुसार लागे तर मामाको धनमा फुपुको श्रद्धा गर्न खोज्नेहरुलाई यो कुरा ज्ञात भएन कि दर्शकले मुल्याङकन गरिहेका छन् ।

अपङ्गता मैत्रीको अभाव

राज्यले सरकारी तथा सार्वजानिक समारोहलाई अपाङ्गता मैत्री बनाउनेपर्ने अबधारणा ल्याएको छ । तर पनि अझै अपाङ्ग मैत्री सार्वजनिक स्थलहरु हुन भने सकेका छैनन् । जिल्लामा संचालन भएको पाँचौ पर्वत महोत्सव पनि अपाङ्ग मैत्री बन्न भने सकेन । महोत्सव अबलोकन गर्नको लागि आएका अपाङ्गता भएका व्यक्तिहरु अपाङ्गता मैत्री नभएको गुनासो गरेका थिए । महोत्सवको स्टेजसम्म पुग्नको लागि अपाङ्गता भएकाहरुलाई निकै असहज देखियो । त्यस्तै बालबालिका र महिला मैत्री पनि महोत्सव हुन नसकेको सहआयोजक भएका सरकारी कार्यालयहरुले समेत गुनासो गरेका छन् ।

अन्त्यमा,

पाँचौ पर्वत महोत्सवमा देखिएका यी महोत्सवभित्रका मिनिमहोत्सवले गर्दा महोत्सवको बदनाम गरेको छ । उसो त लुगा लगाउनेलाई लाज लाग्छ नलगाउनले के लाज र बदनाम भनेजस्तो आयोजकले गरेको कमजोर व्यवस्थापन, नाताबाद र क्रिपाबाद, गैरराजनीतिक, कमजोर सुरक्षा व्यवस्थापन, साँघुरो महोत्सव परिसर, उराठ लाग्दो साउण्ड सिस्टम, अमानविय व्यवहार लगायतका यी महोत्सव भित्रका मिनिमहोत्सवको समिक्षा गरी आगामी दिनमा गरिने महोत्सवमा विशेष ध्यान दिन जरुरी छ । महोत्सव परिसरमा  जिल्लामा भएका १६ राजनीतिक दलहरुको महत्सव शुरु हुने दिनबाहेक अरु दिनमा सहभागी नहुनुले पनि राजनीतिक दृष्टिकोणबाट पनि महोत्सवमा थप राजनीतिक अस्थीरता ल्याउनको लागि टेवा पु¥यााइएको देखिन्छ । महोत्सव परिसमार देखिएको घटनाक्रम र त्यसले आयोजकको नाक त भाँचेको नै छ त्यसमाथि कालो पोतेको छ । मै हुँ भन्नेहरुलाई जवाफ दिनको लागि हिम्मत नहुने गरी सुताएको छ ।

सवै तह, पक्ष, क्षेत्र र बैचारिक हिसाबले महोत्सवमा सामेल हुनको लागि महोत्सव आयोजना हुनु पूर्व आयोजकले विभिन्न मिटिङ सेटिङ गरेता पनि महोत्सव शुरु भएपछि देखाएको  कालो छायाले आगामी दिनमा कसैले साथ दिदैनन् कि भन्ने पनि प्रश्न उठेको छ । हरेक तीन बर्षमा हुने पर्वत महोत्सवका विगतमा आयोजकले गरेको कर्मकाण्डका कारण पनि आलोचित हुदै आएको थियो जूनलाई पाँचौ पर्वत महोत्सवले उठ्ने नसक्ने गरी घुडा टेकाएको छ । जसो तसो महोत्सव सम्पन्न भएता पनि अब महोत्सवमा भएको हर हिसाबको डेविड र क्रेडिट एकएक गरी पानापाना आयोजकले सार्वजानिकरण गर्नको लागि सक्छ या विगतका झै घाटामा डुबेको छाम पार्दै झ्वाम पार्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ । महोत्सवको आयोजना गर्नु आफैमा नराम्रो भने पक्कै हैन तर महोत्सवका चाइके बनेर चापी लिएका हरुको गलत मनोप्रवृतिका कारण महोत्सव खल्लो भएको छ । हात्तीको दाँत देखाएको आयोजकले समृद्ध पर्वत बनाउने सोच भित्रबाट नराखि बाघको छालामा स्यालको रजाइ गर्नको लागि लोगो झुड्डाएको हो कि भन्ने प्रष्ट देखिएको छ । गलत प्रचार गर्दैमा जिल्ला समृद्ध हुन सक्दैन आगामी दिनमा महोत्सवको आयोजना गर्ने हो भने यस विषयममा सय बार सोचर मात्रै निर्णय लिनको लागि आयोजकले गम्भीरताका साथ समिक्षा गर्न जरुरी छ ।