कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रममा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रममा ब"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्याल


कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रममा बौल्दै सहकारीका सल्लाहकार संयोजक तुल्सिराम आर्यालले सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । 

उहाँले सहकारीबाट कर्जा लिएर उद्यामी बनि आम्दानी हुने रकम बचत गरेर सहकारीसँग नियमित आर्थिक कारोकार गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । 

सहकारीका ज्यष्ठ सेयर सदस्य बलबहादुर पुनले बचत बृद्धि र ऋण असुलिलाई प्राथमिकतमा राखेर काम गर्न सहकारी सञ्चालक समितिलाई सुझाव दिनुभयो । कार्यक्रममा सञ्चालक समिति सदस्य उमलाल सुवेदी, पत्रकार कृष्ण कँडेल र छविलाल पाण्डे, सेयर सदस्य जीतबहादुर कुँवर लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा सहकारीका अध्यक्ष ददिराम शर्माले अध्यक्षको मन्तव्य, सचिव चुडामणी भुषालले बार्षिक प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना, कोषाध्यक्ष बालसम कुँवरले आर्थिक प्रतिवेदन, लेखासमिति संयोजक टेकबहादुर कुँवरले लेखापरिक्षण प्रतिवेदन र ऋण उपसमिति सदस्य जीतबहादुर कुँवरले ऋण उपसमितिको प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । 

सहकारीले गत आर्थिक बर्षमा कुल ७४ लाख ६८ हजार १० रुपैयाँ कारोवारबाट प्राप्त नाफाबाट शेयर सदस्यलाई ११ प्रतिशत बोनस वितरण गरेको छ । 

सहकारीको सेयर पुजी ५० लाख ४४ हजार  र बचत १० लाख ७३ हजार ३ सय ५५ रुपैयाँ गरेको छ । साधरणसभाले सेयर सदस्य तथा सेयर पुजि र बचत समेत बढाउने निर्णय गरेको छ । 

कार्यक्रम सहकारीका अध्यक्ष ददिराम शर्माको अध्यक्षता, सेयर सदस्य पुर्णप्रसाद सापकोटाको स्वागत र सचिव चुडामणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई