ललित बोहरा फागुन ४, डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ । भने ५ जना घाइते भएका छन । भागेश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा फागुन ४, डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ । भने ५ जना घाइते भएका छन । भागेश्व"/>
2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेट: डडेल्धुरामा जीप दुर्घटना, एकै गाबिसका ७ जनाको मृत्यु, ५ घाइते


ललित बोहरा/फागुन ४, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन ।

भागेश्वर गाबिसबाट सदरमुकामतर्फ आउदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमा  र २ जनाको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षयक प्रेम शाहीले जानकारी दिनु भएको छ ।

अनपा ३ को ऐडुङरा र आइतको बीचमा पर्ने ठूलोखोलामा बिहान साढे ११ः३० बजेतिर गाडी दुर्घटना हुदाँ भागेश्वर–४ का गणेश सार्की, भागेश्वर–८ का जयानन्द भट्ट र उहाँका छोरा लक्ष्मण भट्ट, भागेश्वर–५ का कामदेव चटौत र नरपति पाण्डेयको घटनास्थलमै ज्यान गएको हो ।

यस्तै उपचारका क्रममा ज्यान गुमाउनेहरुमा भागेश्वर–५ का दिवाकर पाण्डेय र भागेश्वर–७ का पदमबहादुर मल्ल रहेका डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनुभएको छ । घाइते हुनेमा बगरकोट–४ का गाडी धनी भीम सिंह ठगुन्ना, भागेश्वर–४ का रामेश्वर भट्ट, बैतडीको श्रीकेदार–७ का किशोर भट्ट, भागेश्वर–४ की जानकी भट्ट, भागेश्वर स्वास्थ्य चौकीमा अहेब कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–७ का मदन साँउद रहेका छन । मदन साँउदलाई अन्यत्र रेफर गरिएको छ । गाडी सडक देखि करिब डेढ सय मिटर तल खसेको हो ।

तीब्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ९ वटा सिट पास भएको बोलेरोमा गाडीचालक सहित १३ जना सवार थिए । तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीका साथै स्थानियहरुले उद्धार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई