2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतिलाई अर्कैको गर्भ बोकेको शंका गरेपछि…

दिनेश ठकुल्ला/फागुन ४, धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडामा युवती हत्या गरेर खाल्डोमा गाडेको घटनामा श्रीमतीले अर्काको गर्भ बोकेको शंका लागेपछि हत्या गरेको खुलेको छ ।  

अभियुक्तले श्रीमतीले अर्काको गर्भ बोकेका शंका लागेकाले हत्या गरेको प्रहरीसंग बयान दिएका छन् । माघ २८ गतेदेखि बेपत्ता जुगेडाकी १६ वर्षीया अञ्जली सिंहको शब मंगलबार खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।  

अञ्जलीका श्रीमान २२ वर्षीय हिम्मत सिंहले माघ २७ गते राति हत्या गरेर घर नजिकै खाल्डोमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्द ठकुरीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयले घटनाबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त सिंहले विहेअघि नै श्रीमतीको पेटमा अर्काको बच्चा रहेको शंकाको आधारमा हत्या गरेको स्वीकार गरे । 

यस्तै, अञ्जलीको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै उनका आफन्त र जुगेडाका स्थानीय महिलाहरुले धनगढीमा प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि आफन्तले बुधबार प्रदर्शन गरेका हुन् । उनीहरुले हिम्मत सिंहको परिवार मिलेर हत्या भएको भन्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइनु पर्ने माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई