पर्वत । भनिन्छ रोगको शत्रु र मित्रु कोहि पनि हुदैन । धन हुनेलाई प्रविधिको युगमा जति रोग लागे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । भनिन्छ रोगको शत्रु र मित्रु कोहि पनि हुदैन । धन हुनेलाई प्रविधिको युगमा जति रोग लागे"/>
2026-09-19 05:04 AM
पर्बत - PBT

मृगौला पीडित लामिछानेको उपचारमा आर्थिक अभाव

पर्वत । भनिन्छ रोगको शत्रु र मित्रु कोहि पनि हुदैन । धन हुनेलाई प्रविधिको युगमा जति रोग लागेपनि निको हुन्छ तर त्यहि रोग गरिबलाई लाग्यो भने उसको घरबासको उठिबास लाग्छ ।

कलिलो उमेर भर्खर फक्रर्दै गरेको कोपिलामा अचानक दाग देखा पर्नु उसको परिवारको लागि कति पीडादायी हुन्छ त्यो भोगेकोलाई मात्रै थाहा हुन्छ । मध्यम परिवारका रुपमा तिलाहार ७ मा जन्मेका कृष्ण बहादुर लामिछाने एसएलसी दिने तयारीमा जुट्दै थिए । नव जागृत उमावि तिलाहारमा अध्ययनरत उनी दिनहुँ विद्यालयमा टियुसन  पढ्नको लागि आउथे । विहान टियूसन पढेपछि दिनभरी कक्षामा बस्थे र पढ्थे र साँझमात्रै घर फर्किन्थे । माघ महिनाको अन्त्यतिर उकालो ओरालो गर्दा उनको दुवै कोखामा दुख्न थाल्यो, हिड्न पनि उनलाई कठिन हुने समस्या देखा प¥यो । विस्तारै टाउको दुख्ने, घुमाउने लगायतका लक्ष्य देखा परे र उनको कोखामा दर्द थपिदै गयो । 

छोराले कोखा दुख्न थालेको र हिडडुल गर्न नसक्ने सुनाएपछि उनका पिताले उनलाई जिल्ला अस्पताल ल्याए । अस्पतालमा रगत परिक्षण गर्दा मृगौलामा खराबी भएको रिपोर्ट निस्कियो ।

कलिलो उमेर त्यसमा पनि भविश्यको योजना बनाउदै र अध्ययनलाई अगाडि बढाउँदै गरेको छोराका दुवै मृगौला खराब भएको खबर सुनेपछि उनका पिता छाँगाबाट खसेजस्ता भए । माघ महिनादेखि विस्तारामा छोरा मृत्युको मुखमा पुगेपछि र उपचारको लागि आर्थिक अबस्था कमजोर भएपछि यतिबेला कृष्ण बहादुर लामिछाने आफ्ना छोरा बचाइ दिनको लागि आग्रह गर्दे उनका पिता आर्थिक सहयोग जुटाउनको लागि परेका छन् ।आजको सहारान्यूज दैनिकमा खबर छ ।

परिवारले आफ्नो छोराको जिवन रक्षाको लागि देश तथा विदेशमा रहेका मनकारी मनहरुलाई आग्रंह गरेको छ । उनका पिता  मनबहादुर लामिछानेले आफ्नोे छोराको जिवन रक्षाको लागि सहयोग गर्नको लागि आग्रह गरेका छन् । बुढेसकालको सहाराका रुपमा रहेको सन्ताननै विरामी परेर थला परेपछि परिवार चिन्तत बनेको छ । गण्डकी मेडिकल हलमा माघ देखि उपचारत लामिछानेको मृगौला डाइलोसिस गर्दा मात्रै ३ लाख भन्दा बढी खर्च भएको छ । आमा बाबुले आफ्नो मृगौला दिएर छोराको मृगौला फेर्न चाहेता पनि सो कार्य गर्नको लागि १२ लाख कम्तीमा पनि खर्च लाग्ने देखिएपछि परिवार आर्थिक अभियानमा जुटेको हो ।

नवजागृत उमाविले कृण्णबहादुर लामिछाने बचाउ अभियान अन्तरगत शिक्षक, विद्यार्थीहरुबाट गरि १ लाख ३० हजार आर्थिक संकलन गरेको छ । त्यस्तै गाउँबासी तथा देश तथा विदेशमा रहेका शुभचिन्तक तथा आफन्तहरुबाट १ लाख २० हजार गरी २ लाख ५० हजार बराबरको आर्थिक संकलन भएको छ तर त्यो रकम हालसम्मको औषधी खर्चभन्दा पनि कम रकम रहेको उनका बाबु मनबहादुर बताउँछन् । 

एक हलको बारी र खेत बाहेक सम्पत्तिको नाउमा अरु नभएको बताउँदै उनले भने छोरालाई मृगौला मै दिएर बचाउला त्यसमा तपाइहरुले पनि सहयोग गर्नुहोस, मृगौला टान्सर्पmर गर्नको लागि कम्तीमा पनि १२ लाख रकम लाग्ने डाक्टर बताउँछन म त्यत्रो रकम कहाँबाट जुटाऊ ।

कसैको आर्थिक सहयोग प्राप्त गरे आफ्नो छोराको जिवन रक्षा हुने भन्दै उनले सहयोगको लागि आग्रह गरेका छन् । भिवर सोसाइटी बैंक पातिचौरको पीडित कृष्ण बहादुर लामिछानेको नाममा रहेको खाता न. ००४१११२००५१७५१०००००१ मा सहयोग गर्नको लागि इच्छुक मनाकारी मनहरुले सहयोग रकम जम्मा गर्न सक्नेछन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई