जिल्लाको कुश्मा नगरपालिका ७ स्थित दुर्लुङ्गकोटमा आर्थिक रुपमा विपन्न, दलित तथा एकल महिलालाई बाख्रा वितरण गरिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लाको कुश्मा नगरपालिका ७ स्थित दुर्लुङ्गकोटमा आर्थिक रुपमा विपन्न, दलित तथा एकल महिलालाई बाख्रा वितरण गरिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशी"/>

2026-09-19 04:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चार लाख ७० हजार बराबरको सहयोग-फोटो फिचर

जिल्लाको कुश्मा नगरपालिका ७ स्थित दुर्लुङ्गकोटमा आर्थिक रुपमा विपन्न, दलित तथा एकल महिलालाई बाख्रा वितरण गरिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील रोट्रयाक्ट क्लव अफ पर्वत, एकता युवा क्लव र सोच समुहको संयुक्त आयोजनामा २४ वटा परिवारलाई एक÷एकओटा बाख्रा वितरण गरिएको हो । 

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अािर्थक स्तरोन्नतीका लागि उन्नत जातका बाख्रा वितरण गरिएको हो । आशा प्रोजेक्ट, सोच समुह, रोटरी डिष्टिूक ७५१० न्युजर्सी र रोटरी क्लव अफ पर्वतको सहयोगमा त्यहाँका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको हो ।

कृषकहरुलाई हस्तान्तरण गरिएका बाख्राबाट प्रत्येक कृषकले एक पाठी क्लवलाई फिर्ता गर्ने तथा क्लवमा फिर्ता गरिएका पाठी अन्य कृषकहरुलाई वितरण गरिने रोटूयाक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलले बताए ।

कार्यक्रममा नै दुर्लुङ्गकोटको पर्यावरण संरक्षणका लागि २० वटा धुपी र अशोकाका बिरुवा समेत रोपिएको छ । यसले कोटको परिवेशमा रहेका वातावरणको संरक्षण र आकर्षण वृद्धि गर्ने पौडेलले जानकारी दिए ।

Image may contain: 9 people, people smiling, people standing and outdoor

त्यस्तै वृक्ष संरक्षणका लागि ट्रिगार्ड समेत वितरण गरिएको छ । वृक्ष संरक्षणको लागि वार्षिक रुपमा १२ हजार आफूले सहयोग गर्ने बताउँदै उनले दुर्लुङ्गकोटको मन्दिरको लागि ५० थान कुर्सी र दुईओटा टेबल उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरे । त्यस्तै सोही कार्यक्रममा नगरपालिका ७ का तीनओटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत  वितरण गरिएको छ । काफलचौर मावि, सूर्यप्रकाश मावि र  दालपोखरी प्राविका ६० जना विद्यार्थीलाई झोला तथा पोसाक   वितरण गरिएको हो । त्यस्तै संस्कृति संरक्षणका लागि एक थान भजन सामाग्री पनि सहयोग गरिएको छ ।


कार्यक्रममा प्रमुख अतिथी       सकरात्मक सोचका अभियन्ता कर्ण शाक्यले मानिस परजीवि नभई श्रमजीवि प्राणी भएको हुँदा युवाहरुले सिर्जनात्मक काम      गरेर मात्रै सहयोगका कार्य गर्नुपर्ने बताए । त्यस्तै स्थानीयको सहयोग पाएको खण्डमा दुर्लुङ्गकोटमा विकासका योजनाहरु ल्याउन पहल गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे  । त्यस्तै आशा प्रोजेक्टका सिईओ तथा रोटरियन डा. तुलसी महर्जनले उद्धेश्य अनुसारको कार्य गर्नका लागि सदा तत्पर रहन आग्रह गरेका थिए । कार्यक्रममा  रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा रोटूयाक्ट क्लव अफ पर्वत, रोटरी क्लव अफ पर्वत, एकता युवा क्लव, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहे   थियो । 


एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्लुङ्गकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर गुरुङ्गले धन्यवाद मन्तव्य राखेका थिए । रोट्रयाक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य अन्तिम गुरुङ्गले गरेका थिए 

Image may contain: 1 person, standing and outdoor



Image may contain: 13 people, people standing


Image may contain: 10 people, people standing, beard and shoes

Image may contain: 6 people, people standing

Image may contain: 11 people, people standing

No automatic alt text available.

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, plant and outdoor

Image may contain: one or more people and people standing

Image may contain: 3 people, people standing

Image may contain: 1 person

Image may contain: 9 people, people smiling, people standing and outdoor

Image may contain: 11 people, people standing

Image may contain: one or more people and people standing

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई