कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री"/>

2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा मगर दिवस: माओवादी नेता बादलद्वारा उद्घाटन (फोटोफिचर)


कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री रामबहादुर थापा बादलले आज बुर्तिबाङमा उद्घाटन गर्नुभएको छ । एकीकृत मगरात प्रदेश निर्माणमा जुटौँ भन्ने मुख्य उद्घोष सहित कार्यक्रमको आयोजना गरिएको हो । 

उपराष्ट्रपति नन्दबहादुर पुन सारीरिक अस्वस्थताका कारण कार्यक्रममा आउन नसकेपछि नेता बादलले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । 

उद्घाटनपछि बोल्दै उहाँले मगर दिवश विगतदेखि नै एकता, अन्दोलनको निरन्तरता, जातिय पहिचान, जतिय मुक्तिका लागि संगठित भएको अवसरको रुपमा मनाउने गरिएको बताउनुभो । उहाँले नयाँ संविधान मार्फत केहि अधिकार स्थापित भएको भन्दै थप अधिकारका लागि निरन्तर अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । विगतमा बर्गिय तथा जातिय मुक्ति आन्दोलन माओवादी केन्द्रले स्थापित गरेको बताउँदै त्यसका टुङ्गोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

अधिकार खोजीको आन्दोलन चालिरहेको भन्दै त्यसका लागि संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपतिका स्वकिय सचिव सुकबहादुर रोकाले आउने मन हुँदा हुँदै पनि स्वास्थ्य विग्रिएका कारण उपराष्ट्रपति पुन कार्यक्रममा आउन नसकेको सन्देश सुनाउनुभयो । 

कार्यक्रममा बरिष्ठ पत्रकार तथा विश्लेषक डाक्टर भवानी बरालले अहिलेको राष्ट्रियताको परिभाषा अपुरो भएको बताउनुभयो । उहाँले राष्ट्रियता भनेको भुगोलमात्र नभएर साझा पहिचान, संस्कृति, भावना भएको बताउनुभयो । उहाँले मगर, तमु, लिम्बु आदी जातियता नभई राष्ट्रियता भएको बताउनुभयो । उहाँले पहिचान सहितको राज्य विभाजन र नामाकरया आवश्यक रहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल मगर संघका पुर्बअध्यक्ष तथा बर्तमान सल्लाहकार संयोजक नरेन्द्र थापा मगर, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बागलुङका पुर्व जिल्ला विकास समिति सभापती लिलबहादुर थापा मगर, मगर समाज सेवा केन्द्र बुर्तिबाङका सल्लाहकार निलबहादुर पुन लगायतले मगर दिवशको महत्व, मगर पहिचान लगायतका बारेमा सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि माओवादी नेता रामबहादुर थापा बादल, बरिष्ठ पत्रकार भावनी बराल, प्राध्यापक कुलबहादुर राना मगर, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, मालपोत कार्यालय बुर्तिबाङका प्रमुख नारायण घर्ती, ईप्रका बुर्तिबाङका प्रमुख कृष्ण राना मगर राष्ट्रिय खेलकुदमा स्वण विजेता खेलाडीहरु बसन्ती बुढा मगर र दिनेश वुढा मगर तथा झकेन्द्र घर्ती मगरलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा मगर संस्कृतिमा आधारित विभिन्न झाँकी, भुषभुषा तथा खेल कौसल पनि प्रश्तुत गरिएको थियो । कार्यक्रम सुरु हुनुअघि देवचोक देखि सुर भएको ¥याली प्रसासन टोल हुँदै बुर्तिबाङ बसपार्कमा गएर कार्यक्रममा परिणत भएको थियो । 

सो अवसरमा एकीकृत मगरात प्रदेश घोषणा गर लगायतका नारा लगाार्ईको थियो । 

आज चर्चित कलाकारहरु कुमार पुन, तिर्सना घर्ती लगायतका कलाकारहरुले आफ्नो प्रश्तुति दिएका छन् । भोली पनि चल्ने कार्यक्रममा कलाकारहरु राजु परियार, जुना श्रीस र हाँस्यकलाकार निर आले सहित मगरको संस्कृतिमा आधारित झाँकी प्रश्तुत गरिने आयोजकले जनाएको छ । 

उद्घाटन कार्यक्रम मगर सेवा समाज बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता, कोषाध्यक्ष तेजकुमारी घर्तीको स्वागत र सञ्चारकर्मी प्रशान्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रमको रेडियो बुर्तिबाङले प्रत्यक्ष प्रसारण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई