फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनु"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

राससकर्मी उपाध्याय लिबाङमा सम्मानित

२०७३, २६ फाल्गुन बिहीबार ०६:५५


फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 


उपाध्याय राससको रोल्पा समाचारदाता हुनुहुन्छ । उहाँले करिब छ वर्ष पहिलेदेखि जिल्लामा जुनकिरी सञ्चार साप्ताहिक पत्रिका दर्ता गरी प्रकाशक तथा सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । विगत १० वर्षदेखि उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

यसरी जिल्लामा तथा राष्ट्रिय स्तरसम्म पनि पत्रकारिताको क्षेत्रमा काम गर्ने सिलसिलामा लेख, रचना तथा विभिन्न किसिमका सूचना प्रकाशन गरी महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिला तथा बालबालिका कार्यालय रोल्पाले उहाँलाई सम्मान गरेको हो । 


जिल्लामै एकजना पत्रकारलाई मात्र गरिएको सम्मानमा उपाध्याय छनोट हुनुभएको थियो । 

उपाध्यायलाई यसै वर्षमात्र जिल्ला शिक्षा कार्यालय रोल्पा तथा लिवाङ नगरपालिकाको कार्यालय रोल्पाले पनि पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो भने उहाँ राष्ट्रिय समाचार समितिको ५६ औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष प्रकाशित आलेख समाचारमध्ये काठमाडौँ उपत्यका बाहिरबाट सर्वोत्कृष्ट आलेख विधामा पुरस्कृत हुनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड