फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनु"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

राससकर्मी उपाध्याय लिबाङमा सम्मानित

२६ फाल्गुन २०७३, बिहीबार ०६:५५


फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 


उपाध्याय राससको रोल्पा समाचारदाता हुनुहुन्छ । उहाँले करिब छ वर्ष पहिलेदेखि जिल्लामा जुनकिरी सञ्चार साप्ताहिक पत्रिका दर्ता गरी प्रकाशक तथा सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । विगत १० वर्षदेखि उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

यसरी जिल्लामा तथा राष्ट्रिय स्तरसम्म पनि पत्रकारिताको क्षेत्रमा काम गर्ने सिलसिलामा लेख, रचना तथा विभिन्न किसिमका सूचना प्रकाशन गरी महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिला तथा बालबालिका कार्यालय रोल्पाले उहाँलाई सम्मान गरेको हो । 


जिल्लामै एकजना पत्रकारलाई मात्र गरिएको सम्मानमा उपाध्याय छनोट हुनुभएको थियो । 

उपाध्यायलाई यसै वर्षमात्र जिल्ला शिक्षा कार्यालय रोल्पा तथा लिवाङ नगरपालिकाको कार्यालय रोल्पाले पनि पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो भने उहाँ राष्ट्रिय समाचार समितिको ५६ औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष प्रकाशित आलेख समाचारमध्ये काठमाडौँ उपत्यका बाहिरबाट सर्वोत्कृष्ट आलेख विधामा पुरस्कृत हुनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला