महेन्द्र केसी पर्वत । सरकारले स्थानीय निकायको घोषणा गरी राजपत्रका प्रकाशन गरेसँगै सोहि अनुसार काम कारवाही गर्नको लागि स्थानीय समन्वय समिति पर्वतले मातहतका गाउँ तथा नगरपालिकालाई निर्देशन दिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्र केसी पर्वत । सरकारले स्थानीय निकायको घोषणा गरी राजपत्रका प्रकाशन गरेसँगै सोहि अनुसार काम कारवाही गर्नको लागि स्थानीय समन्वय समिति पर्वतले मातहतका गाउँ तथा नगरपालिकालाई निर्देशन दिएको छ ।

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय पुर्नसंरचना अनुसार काम गर्न निर्देशन

२०७३, १ चैत्र मंगलवार ०८:२९


महेन्द्र केसी पर्वत । सरकारले स्थानीय निकायको घोषणा गरी राजपत्रका प्रकाशन गरेसँगै सोहि अनुसार काम कारवाही गर्नको लागि स्थानीय समन्वय समिति पर्वतले मातहतका गाउँ तथा नगरपालिकालाई निर्देशन दिएको छ ।


गत फागुन २७ गते सरकारले तत्कालीन गाउ विकास समितिलाई भंग गर्दै ७४४ वटा स्थानीय तहको घोषणा गरेसँगै स्थानीय विकास मन्त्रालय अन्तरगतका सम्पूर्ण काम कारवाही सोही अनुसार गर्नुपर्ने भन्दै सो निर्देशन दिएको हो ।


सोमबार जिल्ला समन्वय समितिले जिल्ला भेलाको आयोजना गरी हरेक गाउँ विकास समितिले काम कारवाही नयाँ संरचना अनुसार परिर्वतन गरी गर्नुपर्ने भन्दै उक्त निर्देशन दिएको हो ।


समन्वय समितिले आफ्नो काम कारवाही सोमबारदेखिनै स्थानीय पुर्नसंरचना अनुसार शुरु भैसकेको र सोही अनुसार मातहतमा रहेका गाउँ तथा नगरपालिकालाई काम गर्नको लागि जिम्मेवारी तोकेको छ ।


जिल्ला समन्वय समितिले जिल्लाको पुर्नसंरचना अनुसार तोकिएका २ नगरपालिका र पाँच गाउँ पालिकालाई आधार मानि साविक गाउँ विकास समितिका सचिवहरु नयाँ दाँचा अनुसार वडा सचिवका रुपमा काम गर्नको लागि निर्देशन दिएको हो ।


अब गाविस सचिवले वडा सचिवका रुपमा काम गर्नुपर्ने र हाल प्रयोगमा आएका छाप तथा लेटर प्यार्ड समेत परिमार्जन गरी सम्बन्धीत क्षेत्रको गाउँ तथा नगरपालिकाको बनाई काम कारवाही अगाडि बढाउनुपर्ने निर्देशन दिएको छ ।


स्थानीय विकास अधिकारी विष्णु भुषालले भने देश संघीय संरचनामा प्रवेश गरेको छ, अब हामीले सोही अनुसार काम गर्नुपर्नेछ । साविक गाउँ विकास समितिका सचिव वडा सचिव हुने र सम्बन्धी गाउँ तथा नगरपालिकाको पहिचान हुने र संविधानमा उल्लेख भएको विधान र कानून अनुसार काम कारवाही अगाडि बढाउनुपर्छ । हालका गाविस अनुसारका काम कारवाही भए मान्य नहुदै भन्दै उनले स्थानीय तहको पुर्नसंरचना अनुसार काम  गर्नको लागि आग्रह गरे ।


स्थानीय समन्वय समिति पर्वतले ६ गाउँ तथा नगरपालिकामा काम गरेको बरिष्ठताका आधारमा उक्त क्षेत्रको कार्याकारी अधिकृतका रुपमा सोहि क्षेत्रका सचिवहरुलाई परिचालन गर्ने भएको छ ।  निजामति क्षेत्रमा प्रवेश गरी कामको अनुभव भएको बरिष्ठताका आधारमा तत्कालका लागि सोही क्षेत्रको गाउँ तथा नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा परिचालन गरिएको हो ।


फलेवास नगरपलिकाको निमित्त कार्यकारी अधिकृतका रुपमा चिन्तामणी शर्मा जलजला गाउँपालिकाका रुपमा  भिम प्रसाद अर्याल, मोदीगाउँपालिकाका निमित्त कार्यकारी प्रमुख भूमिराज शर्मा, महाशिलामा कृष्ण प्रसाद रिजाल, पैयूमा कुल प्रसाद लामिछाने र  विहादी गायँपालिदकामा कृष्ण शर्मा पौडेललाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको छ । गाउँ तथा नगरपालिकामा ९ जना पदाधिकारी हुने व्यवस्था कानूनले गरेको छ  । सोही अनुसार पदपूत्ति हुदै जानेछ ।


सरकारले पर्वत जिल्लामा सात वटा स्थानीय तहको निर्धारण गरेको छ । जसमा २ नगरपालिका र ५ वटा गाउँपालिका रहेका छन् । देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । पर्वतमा नयाँ संरचना अनुसार कुश्मा नगरपालिका र फलेवास नगरपालिका कायम भएका छन् भने जलजला मोदी महाशिला, पैयुँ र विहादी गरी ५ गाउँ पालिका समावेश भएका छन् ।आजको सहारान्यूजमा खबर छ

 

कुश्मा नगरपालिकमा साबिक नगरपालिका सहित ठुलीपोखरी,    खौलालाकुरी,आर्थर डाडाखर्क गाबिस लाई समावेश गरिएको छ । जसको जनसख्या ३९ हजार ६ सय रहेको छ । फलेवास    नगरपालिकामा कार्किनेटा, थापाठाना, सङकरपोखरी, मुडिकुवा, देबिस्थान, खानिगाउँ, लिमिठाना ठानामौला, भगंरा र कुर्घा गाबिस का १ देखि ६ र ९ वडा र पाङग्राङ गाबिस समेटिएको छ ।  जसको जनसङख्या २४ हजार ६८७ रहेको छ ।

     यस्तै नगरपालिका र गाउँ पालिकाको केन्द्र पनि निर्धारण गरिएको छ । जस अन्तर्गत कुश्मा नगरपालिकाको केन्द्र साबिकको नगरपालिका को कार्यालयमा रहेको छ भने फलेवास नगरपालिकाको केन्द्र साबिकको खानिगाउँ गा.बि.स.को कार्यालयमा परेको छ । यस्तै गाउँपालिकाको केन्द्र जलजलाको केन्द साबिक माझफाट गाबिसको कार्यालयमा परेको छ ।

     उक्त गाउँपालिकामा वासखर्क, माझफाट, लेखफाट धाईरिङ, नाग्लिवाङ, बनौ र शालिजा गाबिसहरु रहेको छन् । जसको जनसङख्या २१ हजार ४५४ रहेको छ । मोदी गाउँपालिकाको केन्द्र साविकको देउपुर गाबिसको कार्यालय तोकिएको छ । उक्त गाउँपालिकामा भुकताङले, देवपुर, देउराली, क्याङ, बाजुङ तिलाहार, राम्जादेउराली र चित्रे गाबिस रहेका छन् । जसको जनसङख्या २१ ह्जार २८४ रहेको छ ।

 

त्यस्तै महाशिला गाउपालिकाको केन्द्र साबिक बालाकोट गाविसको कार्यालयमा हुने भएको छ । होश्राङदी, भोक्सिङ, बालाकोट, पाखापानी, लुखुदेउराली र कुर्घा वडा नं.७ र ८  उक्त गाउँपालिकामा समावेश भएका छन् । जसको जनसङख्या ९ हजार ८५७ रहेको छ ।

 

पैयुँ गाउँपालिकाको केन्द्र साविकको हुवास गाबिसको कार्यालयमा राखिएको छ । उक्त गाउँपालिकामा टकलाक,त्रिवेणी, वेउलीवास, हुवास,रौखोला र भोर्ले गाबिसहरु रहेका छन् । जसको जनसङख्या १५ हजार ३८१ रहेको छ ।

विहादी गाउँपालिकको केन्द्र साबिक वहाकीठाटीँ गाबिसको कार्यालयमा परेको छ । उक्त गाउँपालिकामा बाच्छा, बराचौर, रानीपानी, वहाकीँ, उरामपोखरा र शालिग्राम गाबिसहरु रहेका छन् । जसको जनसङख्या १३ हजार ४०३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल