महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा "/>
2026-09-19 06:11 AM
पर्बत - PBT

मोदी गाउँपालिकामा यी उम्मेदवारविच हुन सक्छन् मेयरको लडाई

महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा विवाद चर्किको हो । 

यसैविच जलजला गाउँपािलकाको केन्द्र मल्लाजमा कायम गरिएको भन्दै त्यसको नागरिकले चर्को विरोध गरिरहेका बेलामा  गाउँपालिकाको कार्यालय स्थापनका लागि मल्लाजबासी भने आतुर देखिएका छन् । विहादी, मोदी गाउँपालिकामा पनि अपायक ठाउँमा केन्द्र स्थापना भएको प्रति विरोध भैराखेको छ ।

केन्द्रको विषयमा कतै विवाद भएको छ भने कतै स्थानीयबासी खुसि भएको अबस्था पनि छ । कतिपय गाउँ तथा नगरपालिकामा बैशाख ३१ को स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । 

http://sajhasabal.com/uploads/contents/thumbs/

मोदी गाउँपालिकामा पनि राजनीतिक दलहरुले आआफ्नो पकेट क्षेत्र बनाउनको लागि प्रचारप्रसार शुरु गरेका छन् । जिल्लाका नेता तथा राजदूत समेत बनिसकेकाहरुको क्षेत्रका रुपमा रहेको मोदी गाउँपालिकामा आगामी गाउँपालिकाको सभापति (मेयर)को लागि कडा प्रतिशपर्दा हुने देखिएको छ ।

नेपाली काँग्रेसको तर्फबाट पार्टी सचिव विश्वप्रकाश प्रसाइ मेयरका लागि सम्भावित उम्मेदवार हुन सक्छन् । तर उनी गाउँपालिकाको मेयरमा चित्ता बुझाएर बस्ने सोचमा भने देखिदैन । उनी प्रदेशमानै होमिने शुरुमा देखिन्छन् । उनको महोत्वकांक्षा गाउँपालिकाको मेयरमा सिमित हुने छैन । तर पनि उनी सम्भावित मोदी गाउँपालिकाको आगामी चुनावको लागि उम्मेदवारीको नामवलीमा पर्ने देखिन्छन् । त्यस्तै महिला सभापतिमा तिलाहारकी मिना केसी सम्भावित उम्मेदवारको दाबेदार बन्ने देखिएको छ । नेपाल महिला संघमा समेत रहेकी उनी मोदी गाउँपालिकाबाट आगामी बैशाख ३१ को चुनावमा होमिने देखिन्छ । त्यस्तै नेपाल महिला संघकी अध्यक्ष जौमाया प्रसाई, बाटुली पौडेल को सम्भावना देखिएको छ ।

केपी ओलीको सरकारमा जापानको लागि राजदूतमा सिफारिस भएका डा. खड्क केसी सम्भावित एमालेबाट मोदी गाउँपालिका आगामी मेयरका उम्मेदवार हुने देखिएको छ । राजदूतको हैसियतमा पुगेका उनी मोदी गाउँपालिकाको मेयरमा बस्ने भने देखिदैन तर नामवलीमा भने उनी पनि पर्ने देखिन्छ । त्यस्तै नेकपा एमालेका पार्टी उपाध्यक्ष भक्त कुवँर, नेकपा एमाले धौलागिरी कमिटिका प्रेम कुमार लामिछाने, प्रेम पौडेल, लोकेन्द्र लामिछाने मेयरमा उठ्न सक्ने सम्भावित नामवली हो । महिलाबाट भने सेती महत र हिरादेवि शर्मामध्ये एक हुने सम्भावना देखिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका सोकिए सचिव समेत बनेका मनोहर तिमिल्सिना सम्भावित उम्मेदवार हुने नामवलीमा परेको छ । उनीसँगै बाजुङका मनबहादुर पौडेलको समेत दाबी रहने देखिन्छ । भने महिला सभापतिमा गंगा तिमिल्सिना उठ्ने देखिएको छ । 

नयाँ शक्ति नेपालबाट महेन्द्रजंग लामिछाने सभापतिको उम्मेदवार हुन सक्ने सम्भावना छ ।  यता राप्रपा नेपालबाटसांसद समेत बनेका देवेन्द्र महत उम्मेदवारको सम्भावनामा परेका छन् ।

उक्त क्षेत्रबाट सांसद, राजदूत समेत बनिसकेकाहरुको अनुहार उम्मेदवारीमा पर्ने देखिन्छ भने जिल्लाका नेताहरु समेत बनिसकेकाहरुको पनि अनुहार मोदी गाउँपालिकाको नेतृत्वमा हुनसक्ने सम्भावना बढी छ ।

हामीले प्राप्त गरेको जानकारी अुनसार माथि  उल्लेखित उम्मेदवार गाउँपालिकाको प्रमुखका रुपमा देखिने अनुहार हुन् । यी भन्दा फरक अनुहारहरु पनि मैदानमा उत्रिन सक्छन् । तर यी उम्मेदवारहरु भने त्यसक्षेत्रका उदायका अनुहारहरु हुन् । अन्यपनि होलान तर ती बहिर आएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई