२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा २ सय ३२ मतदान स्थल, कहाँ कति ?

७ चैत्र २०७३, सोमबार १०:१०

दिनेश ठकुल्ला/चैत ७, धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ सय ३२ वटा मतदान स्थल निर्धारण गरिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मतदान स्थल सिफारिस समितिले २ सय ३२ मतदान स्थल राख्ने तय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा रहेको सिफारिस समितिको धनगढीमा दुई दिनसम्म बसेको बैठकले १७ वटा निर्वाचन स्थल थप्ने तय गरेको छ ।

सोमबार बस्ने समितिको बैठकले निर्णयलाई औपचारिक रुप दिने सहमति भएको समितिका सदस्य सचिव क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । उहाले जनसंख्या र पायक पर्ने आधारमा १७ वटा मतदान स्थल थप गर्न लागिएको बताउनुभयो ।

२०७० सालमा भएको संविधान सभाको चुनावमा २ सय १५ मतदान स्थल रहेको कैलालीमा आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल बढाइएका हुन् । राजनीतिक दलका प्रतिनिधिसमेत सहभागि भएको बैठकले मतदान केन्द्र तय गरेको हो ।

स्थानीय तहको पुनसंरचनामा कैलालीमा १३ वटा स्थानीय तह कायम गरिएका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी ३३ वटा मतदान केन्द्र धनगढी उपमहानगरपालिमा राखिने छन् । सबैभन्दा कम बर्दगोरिया गाउँपालिकामा १० मतदान स्थल तोकिएका छन् । 

गोदावरी नगरपालिकामा २२, जानकी गाउँपालिकामा २१, कैलारी गाउँपालिकामा २०, लम्की–चुहा नगरपालिका र भजनी नगरपालिकामा १८/१८ मतदान स्थल राख्ने सहमति भएको क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो । 

त्यस्तै, गौरीगंगा र घोडाघोड नगरपालिकामा १७/१७, टीकापुर नगरपालिकामा १६, मोहन्याल गाउपालिकामा १४, जोशीपुर र चुरे गाउपालिकामा १३/१३ मतदान स्थल राखिने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । 

स्थानीय तहको नयाँ सरचनाअनुसार केही वडा परिवर्तन भएका कारण मतदान स्थल थप्नु परेको क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । धनगढीमा नयाँ केन्द्र थपिएका छैनन् । केही ठाउँमा केन्द्र परिवर्तन गरिएका उहाले बताउनुभयो ।

जिल्लामा ४ लाख ४ हजार ८ सय ९९ मतदाता संख्या रहेको क्षेत्रीय निर्वाचन कार्यायले जनाएको छ । सो कार्यालयका अनुसार बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि कैलालीमा २६ दल दर्ता भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…