2026-06-26 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका महिलाहरु पुर्ण संस्थागत सुत्केरी गाबिस घोषणाको तयारीमा सक्रिय

2017-03-23

लोकेन्द्र प्रशाद जोशी/चैत १०, दार्चुला । नौगाड गाउँपालीकाको  सिप्टी स्वास्थ्य चौकिमा संस्थ्यागत सुत्केरी प्रबद्र्धन तथा परिवार नियोजनको आपुर्ति न्युनिकरण सम्बन्धी १ दिने अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरीएको छ । 

अन्तरक्रिर्या कार्यक्रमलाइ सम्बोधन गर्दै  जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख डा. रबिरञ्जन शाहले आर्थीक बर्ष २०७२/०७३ को जिल्ला स्वस्थ्य कार्यालयको मुल्याङकनमा सिप्टी स्वास्थ्य चौकि दोस्रो स्थानमा रहेको स्मरण गर्दै पुर्ण संस्थागत सुत्केरी क्षेत्र घोषणाको तयारीमा लाग्न आग्रह गर्नुभएको थियो ।  

कार्यक्रममा सेवा क्षेत्र भित्रका सम्पुर्ण महिलाहरु सुरक्षित रुपमा स्वास्थ्य चौकिमा आएर सुत्केरी हुन थालेपछि गाबिसलाइ पुर्ण संस्थागत सुत्केरी गाबिस घोषणाको तयारी भइरहेको स्वास्थ्य चौकि प्रमुख जयराज भट्टले बताउँनुभयो । 

अहिले सेवा क्षेत्रभरी स्वास्थ्य स्वयमसेबिकाहरुले समेत महिलाहरुमा सुरक्षित सुत्केरीको महत्वबारे जनचेतना बृद्धि अभियानमा लागीरहेका छन । पहिलेको तुलनामा ग्रामिण महिलाहरुमा समेत स्वास्थ्य संस्थामै सुत्केरी गराउदा सुरक्षित भइन्छ भन्ने भावनाको बिकास हुन थालेको साबिकको सिप्टी गाबिसको वडा नम्बर ६ का स्वास्थ्य स्वयमसेबिका माया धामीको भनाइ छ । 

पहिलेपहिले सुत्केरी ब्यथाको समयमा महिलाहरु स्वास्थ्य संस्थामा जान हिचकिचाउँने र परम्परागत रुढिबादीको कारण स्वास्थ्य संस्थामा जान अटेर गर्ने गरेकोमा अहिले आएर सोचमा परिबर्तन भएको स्थानीय महिला हसुली धामीले बताउँनुभयो । 

यसअघि साबिकको हिकिला गाबिसलाइ जिल्लाकै पहिलो पुर्ण संस्थ्यागत सुत्केरी गाबिस घोषणा गरीएको थियो ।  स्वास्थ्य चौकि सिप्टीका ब्यबस्थापन सदस्य द्रोपति ठगुन्नाको अध्यक्षतामा सञ्चालीत अन्तरक्रिर्या कार्यक्रममा  जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. रबिरञ्जन साहको प्रमुख आतिथ्यता तथा डा. नबराज बास्ताकोटिको बिशिष्ट आतिथ्य रहेको थियो । 

यसैबिच जिल्ला अस्पताल दार्चुलाको आयोजनामा नौगाड गाउँपालिकाको सिप्टीमा आयोजना गरीएको परिवार नियोजनको स्थाइ बन्ध्याकरण शिबिरबाट ४ जना पुरुषले सेवा लिएका छन । सिप्टी स्वास्थ्य चौकिमा मंगलबार र बुधबार सञ्चालन भएको शिबिरमा शेरी गाबिसका ३ र सिप्टी गाबिसका १ जना पुरुषले सेवा लिएका हुन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ