पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी था"/>
2026-06-26 12:27 AM
पर्बत - PBT

पर्वतमा अर्को कृतिमानी अग्लो पुल बन्ने

2017-03-24

पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो । मोदी नदिमाथि निर्माण हुन लागेको पुलको लम्बाई ३ सय ५९ मिटर अनुमान गरिएको छ ।

२ करोड २० लाखको अनुमानित लागतमा उक्त पुलको निर्माण कार्य अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिव बरालले बताए ।  झोलुंग पुल निर्माणका लागि पहिलो चरणको लागत इन्टिमेट सहितको डिटेल सर्भे सकिएको छ उनले साझा सवालसँग भने ।


स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले उक्त सर्भेको रिपोट जिल्ला प्राविधिक कार्यालयमा उपलब्ध गराएको छ । उक्त रिर्पोटलाई ट्रेल व्रिज सर्पोट युनिटको अन्तर्गतको आरटिएपिले प्रमाणित गरेपछि पुल निर्माणको प्रक्रिया थप अगाडि बढ्ने छ । पुलको निर्माणसँगै पिपलटारी, कटुवाचौपारी, ठुलिपोखरी, कार्किनेटा र थापाठानाका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।

 

यो झोलुंग पुलको निर्माणसंगै कुश्मामा चार वटा नेपालका अग्ला झोलुंग पुल निर्माण हुनेछन् । यस अघि कुश्मा ज्ञादी झोलुंगे पुल, बडागाँउ–कैया झोलुंगे पुल र कुश्मा–मुडिकुवा झोलुंगे पुल सञ्चालनमा आइसकेका छन्  । पर्यटकीय क्षेत्रका रुपमा विकसीत हुदै गएको कुश्मा बजारमा बन्जिजपको लागि कालीगण्डकी नदीमाथि पुल निर्माण कार्य भैराखेको छ । जेठ महिनाभित्र उक्त पुल सम्पन्न भए जिल्लामा पर्यटकले खचाखच भरिने विश्वास लिइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ