कविता उपाध्याय/चैत ११, रोल्पा । “धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छ ।” नुवागाउँ–६ रोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/चैत ११, रोल्पा । “धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छ ।” नुवागाउँ–६ रोल"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन कक्षा पढेका रोल्पाली युवक श्रीमतीलाई पढाउँदै

२०७३, ११ चैत्र शुक्रबार १२:२८


कविता उपाध्याय/चैत ११, रोल्पा । “धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छ ।” नुवागाउँ–६ रोल्पाका २४ वर्षीय घनश्याम बुढाको भनाइ हो यो । 

बुढाले कक्षा ३ उत्तीर्ण गर्नुभएको छ । उहाँकी श्रीमती जिल्ला बाहिरबाट सिएमएको परीक्षा दिएर हाल लिबाङको एक विद्यालयमा प्लस टु मा अध्ययनरत हुनुहुन्छ । श्रीमतीले पढ्ने आँट गर्दासम्म पढाउने उहाँको धोको छ । यो जोडीको विवाह भएको दुई वर्ष बितिसकेको छ । तर उहाँहरुले सन्तानको बारेमा सोंच्नु भएको छैन । 

आफू एकछाक खाएर एकसरो लगाएर भए पनि श्रीमतीलाई उच्च शिक्षा दिलाउने बुढाको धोको छ । “सन्तानका बारेमा केही सोचेका छैनौँं, उनले पढेर कुनै जागिरमा जोडिएपछि सन्तानको रहर पूरा गर्ने निधो गरेका छौंँ,” उहाँले भन्नुभयो । 

आफू दुई वर्षको नाबालक हुँदा उहाँका बुबाको झाडापखालाका कारण मृत्यु भएको थियो । त्यसको ६ महिना पुग्न नपाउँदै दूधे बालकसहित चारजना नाबालक छोराछोरीलाई घरमै छोडेर उहाँकी आमाले अन्तरजातीय विवाह गरेर गएको भन्ने सुने पनि उहाँलाई बुबाआमाको मुहार त के झझल्को समेत छैन । 

बुढाका अनुसार घरमा भएकी ठूलीआमाले दुःखसुख गरेर हुर्काएपछि उहाँको संसार देख्ने सपना त पूरा भयो तर पढेर केही गर्ने रहर अझै पनि अधूरो नै रहेको छ । त्यसैले उहाँ श्रीमतीलाई पढाएर आफ्नो धोको पूरा गर्ने रहरमा लागिपर्नुभएको छ । 

जन्म तथा कर्म दिने अभिभावकले छोडेपछि उहाँको बाल्यकाल निकै कष्टकर बन्दै गएको थियो भन्ने सुनेको भए पनि आफ्नो बाल्यकालका बारेमा उहाँ अनभिज्ञ हुनुहुन्छ जसका कारण उहाँले विद्यालय जाने र उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपरेको हो । 

हाल उहाँ लिबाङको एक ग्रिल उद्योगमा मिस्त्री काम गर्नुहुन्छ । करिब दुई वर्ष पहिले विवाह बन्धनमा बाँधिएको यो जोडी समाजमै उदाहरणीय बन्दैछ । 

उहाँकी श्रीमतीको पनि उस्तै दर्दनाक कथा छ । अर्थाभावका कारण उहाँ नियमित विद्यालय जान सक्नुभएन । कक्षा–८ उत्तीर्ण गरेसँगै खुल्ला विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँको पढाइले विश्राम पाउँदै थियो तर बुढासँग विवाह बन्धनमा बाँधिएपछि आफू जोखिमयुक्त काम गरेर भए पनि श्रीमतीलाई पढ्ने वातावारण मिलाउँदै आएको उहाँले बताउनुभयो । 

“पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाजमा महिला घरकै काममा जोतिइरहँदा पनि पुरुष कुलतमा फसेका प्रशस्तै उदाहरण देख्न पाइन्छन् तर बुढाले आफू मिस्त्री काममा खटेर पनि श्रीमतीलाई पढ्ने अवसर जुटाइरहनुभएको छ यो एकदमै सराहनीय काम हो,” उहाँका एक सहकर्मीले भन्नुभयो । 

दश वर्षको उमेरमा श्री जनता प्राथमिक विद्यालय नुवागाउँ रोल्पामा १ कक्षामा भर्ना भएका बुढाले कहिले पनि विद्यालय पोसाक लगाउनु भएन । तीन कक्षा पढ्दासम्म उहाँले आधा दर्जन कापी र करिब आधा दर्जन डटपेनका भरमा ३ कक्षा उत्तीर्ण गर्नुभयो । तर साँझ बिहानको समस्या हल गर्न गाह्रो भएपछि चार कक्षाको पढाइलाई बीचमै रोकेर उहाँ कामको खोजीमा काठमाडाँैको इँट्टाभट्टा जानुभयो । त्यहाँबाट फर्केर पटक÷पटक वैदेशिक रोजगारिका लागि कहिले मलेसिया त कहिले कतार पुगेका बुढा अब स्वेदशमै केही गर्ने सोचमा हुनुहुन्छ । 

हातमा सीप र मनमा आँट भए स्वदेशमै प्रशस्तै काम पाइने उहाँको भनाइ छ । एकबारको जीवनमा श्रीमान् श्रीमती एकले अर्कालाई बुझ्नसके, दुःखसुख साटेरसँगै बाँच्न पाए जीवनमा त्यो भन्दा ठूलो सुख अरु केही नहुने बुढाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा