उमा केसी/चैत १२, रोल्पा । अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उमा केसी/चैत १२, रोल्पा । अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन् ।"/>

2026-11-04 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला


उमा केसी/चैत १२, रोल्पा । अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन् । 

अहिले उनको उमेर २७ वर्ष भयो । ससुरासँगै काठमाडौँ गाडी चलाउन हिँडेका उनका श्रीमान्ले उतै अर्की श्रीमती ल्याएपछि जीवनका बाँकी दिन सँगसँगै बिताउने उनको चाहना सपनामा परिणत हुन पुग्यो । 

श्रीमान् नै अर्काको भइसकेपछि त्यही श्रीमान्को घर बस्नुको के अर्थ भयो र ? उनले नाबालक छोरो च्यापेर जङ्कोट माइत आइन् । छोरासँगै माइत बसेकी डाँगीले श्रीमान्बाट कुनै सम्पत्ति नलिएर तीन वर्ष अगाडि अदालतमा मुद्दा दायर गरेर छोडपत्र गरिन् । कक्षा २ मा अध्ययन गरिरहेको छोरो नै उनको भविष्यको सहारा भएकाले छोराकै मुख हेरेर बाँकी जीवन बिताइरहेको उनी बताउँछिन् । 

दस जोड दुई कक्षासम्म अध्ययन गरेकी रोल्पा खुंग्रीकी सुस्कता सिंहले १८ वर्षकै उमरेमा प्रेम विवाह गरिन् । विवाह गरेको केही वर्ष त निकै माया गरे श्रीमान्ले । सुरुसुरुमा घरखर्चसमेत पठाउने गरेका उनले पछि त्यो खर्च पठाउन छाडे । दैनिकजसो फोन गर्ने श्रीमान्ले विस्तारै महिनौँ बित्दासमेत फोन गर्न छाडेपछि उनको मनमा चिसो पस्यो । मतलव गर्न छाडेको र बाहिरै अर्कीसँग लागेको थाहा पाएपछि उनले पनि सम्बन्ध विच्छेद गरिन् । 

सिंह अचेल गाउँकै एक सहकारी संस्थामा काम गर्छिन् । श्रीमान् विदेश गएर कमाइ गर्ने, आफूले घरव्यवहार चलाउने, कस्तो राम्रो योजना थियो उनको । ‘आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो’ भने झँै उनको यो योजना भने पूरा हुन पाएन । आठ वर्षसम्मसँगै बसेका सुस्कता दम्पत्तिको बाँकी सहयात्रासँगै हुन सकेन । श्रीमान्ले घरमा वास्ता गर्न छाडेर बाहिर अर्की श्रीमती ल्याएको सुनेपछि सुस्कता सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगिन् । 

दाजुको पसलमा काम गर्ने अर्घाखाँचीका एक युवाको मायाजालमा परिन् बडाचौर–८ की जुनकुमारी सुनार । सुनारको प्रेम, जीवनसाथीका रुपमा रुपान्तरण भयो । घरबाट भागेर विवाह गरे । दस जोड दुई कक्षासम्म अध्ययन गरेकी सुनारलाई सुरुसुरुमा श्रीमान्को मायाको कमी भएन । गाउँकै विद्यालयमा दुई वर्षसम्म पढाउने काम पनि पाइन् उनले । श्रीमान्सँग अर्घाखाँचीमा रहेको घर पनि गइन् जुनकुमारी । 

श्रीमान्सँगको सम्बन्धमा खटपट भएपछि उनले एक वर्ष पहिले अदालतबाट सम्बन्ध विच्छेद गरिन् । २७ वर्ष उमेर भए पनि उनीसँग अहिले न श्रीमान् छ, न सन्तान । माइतीको सहारामा बाँकी जीवन बिताउने सङ्कल्प लिएकी छन् उनले । 

रोल्पामा श्रीमान्बाट सम्बन्ध विच्छेद गरेकी यी महिला प्रतिनिधि पात्रमात्र हुन् । सम्बन्ध विच्छेदपछि महिलाको दैनिकी कति चुनौतीपूर्ण छ भन्ने उदाहरण पनि हुन् यी । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका श्रीमान् श्रीमतीमा आएको खटपटले सम्बन्ध विच्छेद गरेका अधिकांश रोल्पाली महिलाको अवस्था निकै पीडादायी भए पनि उनीहरु कसैको नजरमा पर्ने नगरेको नागरिक समाजका अगुवा बिना मल्लले बताउनुभयो । 

महिला हिंसा लुकाउनुहुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्ध विच्छेद बढ्दै गएको बताइएको छ । श्रीमान्ले सामान्य हिंसा गर्दा सहँदै आएका महिला श्रीमान्को अत्याचार बढेपछि अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेको मेलमिलापकर्ता तीर्था आचार्यले बताउनुभयो । 

मादक पदार्थ सेवन गर्ने, परस्त्रीसँग सम्बन्ध भएका तथा घरमा पालनपोषण नगरेका कारण सम्बन्ध बिग्रिएकाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको आचार्यले बताउनुभयो । कलिलै उमेरमा विवाह गर्ने र पछि अर्की केटीसँग लाग्ने अधिकांश श्रीमान्का कारण सम्बन्ध विच्छेद बढेको उहाँको भनाइ छ । 

यस्ता पीडित महिलालाई सामाजिक र आर्थिक सशक्तीकरण कार्यक्रम सञ्चालन गरी राज्यले सहयोग गर्नुपर्ने मानवअधिकारका लागि महिला, एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । 

घर बिग्रेकी छोरी भनेर समाजमा पनि स्वीकार्यता त्यति सहजता नहुने गरेको उनीहरुको बुझाइ छ । आफ्नै माइतमा कुनै समस्या हुँदैन । समाजले सहजताकासाथ स्वीकार्न नसकेको आफूहरुको अनुभूति रहेको पीडितको गुनासो छ । 

उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन । सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद गर्नेहरुको सङ्ख्यामा यहाँ कमी आउन सकेको छैन् । 

श्रीमान्बाट सम्बन्ध विच्छेद गरी एकल जीवन बिताउँदै आएका रोल्पाका यी महिलाको सहारा बनेको छ महिला तथा बालबालिका कार्यालय । सो कार्यालयले अधिकांश यस्तै समस्या भोगेका महिलालाई छनोट गरी तीन महिने बुटिक तालिम सञ्चालन गरिरहेको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताउनुभयो । 

यस्ता महिलालाई दिइँदै आएको तालिमबाट आफूहरु आत्मनिर्भर हुने उनीहरुले बताएका छन् । सल, साडी, स्विटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका उनीहरुले आधारभूत र डिप्लोमा तालिम गर्ने प्रशिक्षक सावित्रा ओलीले बताउनुभयो । 

तालिमपछि उनीहरुको मनोवल वढेका छन्, आत्मनिर्भर भएका छन्, त्यसैले पछि पनि एक्लै जीवन विताउन कुनै समस्या नहुनेमा उनीहरुको विश्वास छ । तालिमवाट सिप सिकेर गाउँपालिका र नगरपालिकाको केन्द्रमा गई व्यवसाय गर्ने योजना रहेको पनि उनीहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट