कविता उपाध्याय/चैत १५, रोल्पा । 'पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ, रोल्पा प्रहरी' कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो ।

दशवर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/चैत १५, रोल्पा । 'पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ, रोल्पा प्रहरी' कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो ।

दशवर्"/>

2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पहिले सातो लिने रोल्पा प्रहरी अहिले जनताको साथी’

कविता उपाध्याय/चैत १५, रोल्पा । ‘पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ, रोल्पा प्रहरी’ कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो ।

दशवर्षे सशस्त्र युद्धका बेला प्रहरीको नाम लिँदा रोकाको सातो जान्थ्यो, किनकी उनका २२ वर्षीय निर्दोष छोरालाई युद्धकै समयमा गस्तीमा हिँडेको प्रहरीले अनाहकमा जेल हालेको थियो।

भर्खरै विवाह गरेको छोरो जेल परेपछि नयाँ बुहारी तथा बुहारीका आफन्त र परिवारलाई निकै कष्ट सहनुपरेको थियो  यसरी जेल हालेको छोरालाई प्रहरीले लामो सयमसम्म थुनामा राखेर यातना समेत दिएको उनको भनाइ छ।

यतिमात्र होइन उनका देवरको छोरालाई माओवादीको आरोपमा प्रहरीले हत्या गरेको थियो जसका कारण प्रहरी भन्ने बित्तिकै रोकालाई घृणा उत्पन्न हुन्थ्यो।

तर रोकाका अनुसार अहिले दिन फेरिएका छन्, अहिलेको प्रहरीले जनतालाई दुःख, कष्ट होइन शान्ति सुरक्षा दिन्छ, न्याय दिन्छ, र त जनताको साथी बनेको छ प्रहरी। आफ्नै भाइ सन्तानको घरमा भाडामा प्रहरी चौकी बसेपछि थप सुरक्षाको अनुभूति हुँदैछ रोका परिवारलाई।

रोका जस्तै गैरीगाउँ–९ रोल्पाका होटल व्यवसायी मानबहादुर डाँगीलाई अहिलेको प्रहरी साथी जस्तो लाग्छ। उनको होटेलमा प्रहरी आउँदा, खाना खाँदा, बस्दा थप सुरक्षाको अनुभूति हुन्छ। तर उनलाई पनि एकताका प्रहरीभन्दा मन चिसो हुन्थ्यो, कताकता मुटुमा कम्पन हुन्थ्यो। प्रहरी भन्ने शब्दसँगै गोला, बारुद र बन्दुक पर्यायवाची शब्द बनेर सँगसँगै गाँसिन्थ्यो।

यस्तै, भाबाङ–८ रोल्पाकी विष्णु घर्तीमगरलाई पनि युद्धका बेला प्रहरीले आफूलाई दुःख दिन्छन् कि, मार्छन् कि भन्ने चिन्ताले सताउँथ्यो। यसकारण उनले प्रहरी पेसामा संलग्न रहेका श्रीमान्लाई जागिर छोड्न लगाइन्। समाजमा सबैले प्रहरीलाई नकारात्मक दृष्टिकोणले हेर्न थालेपछि उनलाई प्रहरीप्रति वितृष्णा उत्पन्न भएको थियो।

उनका आफन्तलाई प्रहरीले दुःख नदिएको भए पनि गाउँ समाजमा पछिल्ला दिनमा प्रहरी भन्दा मन खिन्न हुन्थ्यो, कहिलेकाहीँ त प्रहरीसँग विवाह गरेकोमा पछुतो पनि हुन्थ्यो। श्रीमान् प्रहरी जागिर छोडेर घर फर्किएपछि मात्र उनलाई केही सहजताको अनुभूति हुन थाल्यो। तर अहिले प्रहरीप्रति उनको धारणा फेरिएको छ।

अब त प्रहरीले अन्यायमा परेका जनतालाई न्याय दिन्छ भन्ने कुरा उनले राम्ररी बुझेकी छन्। जनतासँग प्रहरी हातेमालो गरेर हिँड्न सकेमात्र समाजमा शान्ति सुरक्षामा थप टेवा पुग्ने उनको धारणा छ। उनका अनुसार कुनै बेला चिनेका प्रहरीले पनि जनतालाई दुःख दिन्थे भने आज नचिनेका प्रहरी पनि जनताका सहयोगी वा साथी बनेका छन्।

यस्तै, भाबाङ स्थायी ठेगाना भई लिबाङ–६ रोल्पामा बस्दै आउनुभएकी ७३ वर्षीया नौमती रोकालाई पनि युद्धका बेला प्रहरीले जनतालाई मार्छन् होला, खान्छन् होला भन्ने लाग्थ्यो। घर, धारा, पँधेरा, घाँसदाउरा जाँदा पनि प्रहरीले सिध्याउने भए जस्तो लाग्थ्यो तर पछिल्ला दिनमा उनलाई प्रहरी आफ्नै नातेदार हो जस्तो लाग्न थालेको छ। ‘सङ्घीयताका नाउँमा अरु सबै हटे पनि प्रहरी हटाइनु हुँदैन,’ उनी भन्छिन्।

यस्तै, कोर्चाबाङ–५ रोल्पाकी पामु पुन युद्धका बेला प्रहरीले दुःख दिएको स्मरण गर्दै भन्छिन्, ‘प्रहरी भन्ने जातै नराम्रो लाग्थ्यो. खै त्यसबेला किन दुःख दिए प्रहरीले? अहिले त दाइभाइ जस्तै व्यवहार गर्छन्।’ जमाना नै त्यस्तै हो कि भन्ने उनको मानसिकता बनिसकेको छ।

यस्तै, जङ्कोट–२ रोल्पाकी प्रेमा पुनमगरलाई पनि युद्धका बेला प्रहरी गाउँको हिंसक प्राणी जस्तो लाग्थ्यो। तर अहिले उनले राम्ररी बुझेकी छन्। त्यसबेलाको प्रहरी बाध्यताले त्यस्तो कठोर बनेका रहेछन् भन्ने लाग्छ उनलाई। ‘हिजो सरकार र माओवादी लखेटालखेट गरे आज नङ र मासु जस्तै बनेका छन्, दुवै पक्षले जनतालाई अचानो बनाएको उहाँको आरोप छ। प्रहरी नरभक्षक होइन देश रक्षक हो, अब त प्रहरी बिना देश चल्दैन जस्तो देखिन्छ’ उनले भनिन्।

यस्तै, युद्धकै समयमा जन्मिएका प्यूठानका नारायणप्रसाद सुवेदी हाल लिबाङ–६ रोल्पामा फेन्सी पसल सञ्चालन गरेर बस्दै आएका छन्। उनलाई पनि अग्रजले प्रहरीका बारेमा नराम्रा कुरा नै सुनाएका छन्।

युद्धका बेला प्रहरीले धेरै जनताको अनाहकमा ज्यान लिए भन्ने सुवेदीको बुझाइ बनेको छ। तर उनको हालको भोगाइ अनुसार प्रहरी अहोरात्र आफ्नो सेवामा खटिरहेको छ। प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नुको साथै जनतालाई साथीको रुपमा सहयोग गर्दै आएको उनको भनाइ छ।

हिजो के भयो भन्ने कुराभन्दा आज के भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुने हुँदा अतित बिर्सनुपर्नेमा रोल्पाली जनताको जोड छ। जिल्लाका पछिल्ला गतिविधि हेर्दा अन्यायमा परेका रोल्पाली नागरिकले प्रहरीबाट न्याय पाएको अनुभूति गरिरहेका छन्।

प्रहरीले पीडितलाई न्याय दिन्छ भन्ने बुझाइ बनेपछि जिल्ला प्रहरी कार्यालय रोल्पामा विभिन्न क्षेत्रबाट अन्यायमा परेका पीडित न्यायका लागि आउन थालेका छन्। प्रहरीले कहिले ‘जनताको साथी प्रहरी’ त कहिले ‘मुस्कान सहितको सेवा’ अभियान थालेपछि जनता र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको अधिकारकर्मीको भनाइ छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई