पढ्न करिब 1 मिनेट लाग्छ

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरको छ ।

वडा समितिको उपाध्यक्षमा जसबहादुर विक, सचिबमा दिर्घलाल गैरे, सहसचिबमा बसन्ति सिरपाली र कोषाध्यक्ष मिलन विक रहनुभएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिकाका ईञ्चार्ज राजेन्द्र कुँवरले समानुपातिक समाबेशि निर्वाचन प्रणलीले गर्दा पछाडि परेको महिला र दलित सहित अल्पसंख्याक समुदायको प्रतिनिधित्व सुनिष्चित भएको बताउनुभयो ।

उहाँले निर्वाचन ऐन कानुनमै पछाडि परेको बर्गको उम्मेद्वरी सुनिष्चित गरेकाले सबै राजनितिक दलले अनिबार्य रुपमा उठाउनैपर्ने बध्याता रहेकाले नेतृत्व कसैले खोस्न नसक्ने बताउनुभयो ।

सो अबसरमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन गरपालिकाका सहईञ्चार्ज चन्द्र आर्याल, संयोजक भिम गौतम र अर्का राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुबिर विश्वकर्मा र दलित मुक्तिमोर्चा बागलुङका सदस्य लोकबहादुर विकले मन्तब्य राख्नुभएको थियो ।

सम्मेलन बलबहादुर सिरपालिको अध्यक्षता, मिलन विकको स्वागत र दिर्घलाल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।