चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । 

बौद्ध शिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । 

बौद्ध शिक"/>

2026-06-26 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुठिदानले चलेको नवलपरासीको बालगृहमा आर्थिक समस्या, सरकारसंग हारगुहार

2017-03-29


चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । 

बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठमा अलिहे आर्थिक अभावले विभिन्न समस्या उत्पन्न भएको बताइएको छ । विद्यापिठमा आर्थिक अभावकै कारण बालबालिकाहरुको गाँसबास, कपास र पठन पाठनमा समस्या देखिएको छ भने भौतिक अभावले कक्षा कोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीहरुले सन २०५५ सालमा जिल्लाको हाल बिनयी गाउँपालिका २ अर्थात साविक दुम्किीबास ९ स्थित दाउन्ने डाँडामा अहिंसावादी बाल गृहको निर्माण गरि नियमित रुपमा पठनपाठन गरिदै आइएको छ प्राईमरी तहको पठनपाठन पछिको माथिल्लो कक्षाको पठनपाठका लागि सोही ठाउँमा अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठ नामक विद्यालय पनि संचालन गरि संगसंगै नियमति रुपमा संचालन गर्दै आएका छन् ।

मुठिदान र कर्मकाण्डबाट संकलन भएको आम्दानीले चल्ने उक्त गृह र विद्यापिठ विद्यालयमा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । गृहमा मात्र नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब गरि बालबालिकाहरु अध्ययनरत छन् । जसमध्ये १ सय २ जना बालबालिका बाल गृहमा होस्टल बस्दै आएका गृहकि संचालिका सानीमाया तामाङ्गले जानकारी दिनु भयो ।

बौद्ध शिक्षा अनिवार्य गरि कक्षा १० सम्म पठन पाठन गराउदै आएका यस विद्यापिठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीहरुलाई बाहिरको विद्यालयहरुमा अध्यापन गराउदै आएको छ । विद्यापिठलाई चाहिने १२ वटा कक्षाकोठामा ९ वटामात्र कक्षा कोठा छ । होस्टलाम बस्ने सम्पुर्ण बालबालिका विद्यार्थीहरुको खाना, कपडा लत्ता, बास, किताब, कलम कपी लगायतका सम्पुर्ण खर्च गृहले नै व्यहोर्दै आएको छ । पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारीहरु पनि छन् जसका तलब मात्र १ लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापिठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी श्रोतमा तलब खाने गरेका छन्  ।

ईसापुर्व तिर उक्त दाउन्ने डाँडामा भगवान गौतम बुद्धको आमा विवाह गर्नु भन्दा पहिला महामाया देवीको तपोभुमी अर्थात तपस्या गरको दाउन्ने अमर बनको मुल्य मान्यतामा रही आएको छ । सन २०३२ सालमा बौद्ध गुरुले उक्त ठाँउँलाई मर्यादित बनाउन विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगमा बौद्ध गुम्बा निर्माण गरि भक्तजनहरुको आगमन बढाउने काम गरे । गुम्बामा आउने भक्तजनहरुको मुठिदानले नै बौद्ध शिक्षा प्रदान गर्ने राखी सो बाल गृह र विद्यापिठको निर्माण गरिएको थियो ।

जिल्लामा ९ वटा बाल गृहछन् जसमध्ये ४ वटा मात्र बालगृह महिला तथा बालबालिका कार्यालयमा आवद्ध छन् । व्यक्ति तथा संस्थागत रुपमा संचालित ति बालगृहको अवस्था र पठनपाठनमा रहेको बालबालिकाहरुको अवस्थाको बारेमा महिला तथा बालकालिका कार्यालयले अनुगमन थालेको छ । 

गृहमा रहेका बालबालिकाहरुको पठन पाठन र बाँसगासको अवस्था कस्तो छ ? तिनीहरुलाई बालश्रमा लाइएछ कि ? बालअधिकार प्राप्ता गरेका छन् कि छैनन् भन्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, महिला तथा बालबालिका कार्यालयकि कार्यलय प्रमुख उर्वरा लुईटेल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर काफले, लगायतको अनुगमन टोलीले ति गृहहरुको अनुगमन गरेको महिला तथा बालबालिका कार्यालयकि प्रमुख उर्वरा लुईटेलले जानकारी दिनु भयो ।  

अनुगमन गर्दा केहि बालगृहहरुमा बालबालिकाहरुको सरसफाई र सन्तुलित खानाहरु नभएको कारणले बालिबालिकाहरुमा कुपोषण र विरामी समेत देखिएका थिए । जिल्लाको कावासोती, हसौरा गैडाकोट र दाउन्नेमा गरि ४ वटा बालगृहमा करिब २ सय ५० जना बालबालिकाहरु आवद्ध छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ