चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । "/>

2026-06-26 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

2017-03-29


चैत १६, रामेछाप ।
स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ ।

ढुङेलकाे जन्मस्थान पकरबासमा नेपाली काङ्ग्रेस रामेछापले मंगलबार शाेक सभाकाे अायाेजना गरेकाे हाे । साे सभामा उपस्थित नेता कार्यकर्ताले ढुङ्गेलकाे जीवन शैली र नेपाली राजनीतिक अान्दाेलमा उहाँले पुर्याएकाे याेगदानलाई सम्झदै भक्कानिए थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस नेता एवम् पूर्व जलश्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरले प्रजातन्त्रको संस्थागत विकास र नेपाली समाजको आमूल परिवर्तनका लागि स्वर्गीय ढुङ्गेलले महत्त्वपूर्ण भुमिका खेलेकाे स्मरण गराउनुभयाे ।


उहाँले भन्नुभयाे – "रामेछापमा काँग्रेस नेता तथा कार्यकर्ता एक ढिक्का भएर स्थानीय निर्वाचनमा विजय प्राप्त गर्नुपर्छ तबमात्र स्वर्गीय ढुङ्गेलप्रति सच्चा श्रदाञ्जली हुन्छ । उहाँले देखाएको बाटाेमा हामी हिड्न सक्नुपर्छ ।"
त्यसैगरि नेपाली काँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ढुङ्गेलको मृत्युले उहाँको परिवारलाई मात्र नभई सिंगो नेपाली काँग्रेलाई समेत अपूरणीय क्षति पुगेको धारणा राख्नुभयाे ।

कार्यक्रमका अन्य बक्ताहरूले शाेकलाई शक्तिमा बदल्दै स्थानिय तहकाे निर्वाचनमा रामेछापका २ नगरपालिका र ६ वटै गाउँपालिकामा नेपाली काङ्ग्रेसलाई जिताउने अा-अाफ्नाे क्षेत्रबाट लाग्नुपर्ने धारणा राखेका छन् ।
२०१२ सालमा रामेछापको पकरवासमा जन्मिनुभएका ढुङ्गेल २०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसद र २०५८ सालमा गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कृषि सहायक मन्त्री समेत बन्नुभएकाे थियाे ।

ढुंगेललाई डिल्लीबजारस्थित आफ्नै कोठामा चैत ३ गते बिहान मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ