कविता उपाध्याय/चैत २४, रोल्पा । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । 

समाजम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/चैत २४, रोल्पा । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । 

समाजम"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित योगले आत्महत्या न्यूनीकरण हुनसक्ने

२४ चैत्र २०७३, बिहीबार ०८:१६


कविता उपाध्याय/चैत २४, रोल्पा । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । 

समाजमा विकासको क्रमसँगै मानिसमा मानसिक समस्या बढ्दै जाने वा मान्छे डिप्रेसनमा गएर आत्महत्या गर्ने क्रम बढ्दो छ । त्यसैले यसको न्यूनीकरणका लागि नियमित योग तथा प्राणायाम गर्नाले मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सकिने विज्ञानले समेत प्रमाणित गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार नियमित योग, ब्यायाम र प्राणायाम गर्ने ब्यक्तिलाई आत्महत्याको सोच आउँदैन । 

पतञ्जली योग समिति, रोल्पाको आयोजनामा बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको रामनवमी पर्व–२०७३ का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै बैद्यले यस्तो बताउनुभएको हो । 

उहाँका अनुसार यीनै कुराहरुलाई मध्यनजर गर्दै पछिल्ला दिनमा चिकित्सकहरुले पनि बिरामीलाई औषधी सेवनका साथै नियमित ब्यायाम तथा प्राणायामको सिफारिस गर्ने गरेका छन् । 

बैद्यका अनुसार आफूखुशी प्रशिक्षक विना नै गरेको योग साधनाले नकारात्मक असर पर्नसक्ने भएको हुँदा प्रशिक्षक तथा गुरुसँगै समूहमा योग गर्दा सहज हुने उहाँको भनाइ छ । हामीभित्रका शारीरिक तथा मानसिक विकृतिहरुलाई योगको माध्यमबाट निर्मूल गर्दै विजय हासिल गर्न सकिने उहाँले बताउनुभयो । 

यस्तै, कार्यक्रमका सभाध्यक्ष दामु मर्सिफुलले रामनवमीका दिनमा भगवान रामको जन्म भएको र असत्यमाथि सत्यले विजय प्राप्त गरेको दिन भएकाले रामनवमीको महत्व रहीआएको बताउनुभयो । 

मर्सिफुलले स्वामी रामदेवले रामनवमीकै दिनदेखि आफूलाई पूर्णरुपमा योगमा समाहित गरेकोले पतञ्जली योग समिति, रोल्पाले यो दिनलाई विशेष पर्वका रुपमा मनाएको जानकारी दिनुभयो । रोल्पामा पहिलोपटक रामनवमीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । 

पतञ्जली योग समिति, रोल्पाका महिला प्रभारी रचना श्रेष्ठको १८/१९ वर्षको उमेरदेखि पाठेघरमा समस्या थियो जसका कारण उहाँको मैनावारी नियमित थिएन भने नियमितरुपमा तल्लो पेट दुःख्ने समस्याले उहाँ प्रताडित हुनुहुन्थ्यो । 

त्यसैले आजभन्दा १५ वर्ष पहिलेदेखि उहाँँले नियमित औषधी सेवन गर्दै आउनु भएको थियो । तर करिब २ वर्ष पहिलेदेखि नियमित योग अभ्यास गर्न थालेसँगै उहाँको समस्या समाधान हुँदै गएको छ । गतः फागुन महिनामा काठमाडौँ पुगी जाँच गर्ने क्रममा उहाँको रोग निर्मुल भएको भन्दै डाक्टरले औषधि नदिएपछि उहाँमा थप हौसला बढेको छ । हाल उहाँ निकै उत्साहित बन्नु भएको छ । हाल उहाँमा पहिलेदेखि बढ्दै आएको रक्तचाप पनि सामान्य अवस्थामा रहेको श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै, रोल्पा नगरपालिका–२ की मीना आचार्यका अनुसार उहाँमा नियमित ढाड दुःख्ने, जतिबेला पनि तनाव हुने, आलस्यता बढ्दै जाने, मन ग¥हुङ्गो हुने समस्या थियो । तर केही महिनादेखि उहाँले पनि योगाभ्यास गर्न थालेसँगै उहाँमा देखिएको समस्या न्यूनीकरण हुँदै गएको छ । उहाँका अनुसार हाल उहाँ फूर्तिलो बन्नुभएको छ । ढाड दुख्ने समस्या पनि घट्दै गएको छ भने मानसिकरुपमा उहाँमा ऊर्जा बढिरहेको छ । 

त्यसैगरी, लिबाङ, रोल्पाकी रम्भा आचार्यको करिब दुई वर्ष पहिलेदेखि टाउको दुख्ने, र नियमित रुघा लाग्ने समस्या देखिएको थियो । उहाँले पनि योगाभ्यास गर्न थालेपछि केही सहजताको अनुभूति हुन थालेको बताउनुभयो । 

पछिल्लो दिनमा रोल्पामा योगाभ्यासतर्फ महिला तथा पुरुष दुवै आकर्षित बन्दै गएका छन् । तर यसका लागि सीमित स्रोत र साधनका कारण सहजरुपमा योग कक्षाहरु सञ्चालन गर्न नसकिएको पतञ्जली योग समितिका अध्यक्ष मर्सिफुलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य