कविता उपाध्याय/चैत २४, रोल्पा । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । 

समाजम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/चैत २४, रोल्पा । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । 

समाजम"/>

2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित योगले आत्महत्या न्यूनीकरण हुनसक्ने


कविता उपाध्याय/चैत २४, रोल्पा । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनुभएको छ । 

समाजमा विकासको क्रमसँगै मानिसमा मानसिक समस्या बढ्दै जाने वा मान्छे डिप्रेसनमा गएर आत्महत्या गर्ने क्रम बढ्दो छ । त्यसैले यसको न्यूनीकरणका लागि नियमित योग तथा प्राणायाम गर्नाले मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सकिने विज्ञानले समेत प्रमाणित गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार नियमित योग, ब्यायाम र प्राणायाम गर्ने ब्यक्तिलाई आत्महत्याको सोच आउँदैन । 

पतञ्जली योग समिति, रोल्पाको आयोजनामा बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको रामनवमी पर्व–२०७३ का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै बैद्यले यस्तो बताउनुभएको हो । 

उहाँका अनुसार यीनै कुराहरुलाई मध्यनजर गर्दै पछिल्ला दिनमा चिकित्सकहरुले पनि बिरामीलाई औषधी सेवनका साथै नियमित ब्यायाम तथा प्राणायामको सिफारिस गर्ने गरेका छन् । 

बैद्यका अनुसार आफूखुशी प्रशिक्षक विना नै गरेको योग साधनाले नकारात्मक असर पर्नसक्ने भएको हुँदा प्रशिक्षक तथा गुरुसँगै समूहमा योग गर्दा सहज हुने उहाँको भनाइ छ । हामीभित्रका शारीरिक तथा मानसिक विकृतिहरुलाई योगको माध्यमबाट निर्मूल गर्दै विजय हासिल गर्न सकिने उहाँले बताउनुभयो । 

यस्तै, कार्यक्रमका सभाध्यक्ष दामु मर्सिफुलले रामनवमीका दिनमा भगवान रामको जन्म भएको र असत्यमाथि सत्यले विजय प्राप्त गरेको दिन भएकाले रामनवमीको महत्व रहीआएको बताउनुभयो । 

मर्सिफुलले स्वामी रामदेवले रामनवमीकै दिनदेखि आफूलाई पूर्णरुपमा योगमा समाहित गरेकोले पतञ्जली योग समिति, रोल्पाले यो दिनलाई विशेष पर्वका रुपमा मनाएको जानकारी दिनुभयो । रोल्पामा पहिलोपटक रामनवमीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । 

पतञ्जली योग समिति, रोल्पाका महिला प्रभारी रचना श्रेष्ठको १८/१९ वर्षको उमेरदेखि पाठेघरमा समस्या थियो जसका कारण उहाँको मैनावारी नियमित थिएन भने नियमितरुपमा तल्लो पेट दुःख्ने समस्याले उहाँ प्रताडित हुनुहुन्थ्यो । 

त्यसैले आजभन्दा १५ वर्ष पहिलेदेखि उहाँँले नियमित औषधी सेवन गर्दै आउनु भएको थियो । तर करिब २ वर्ष पहिलेदेखि नियमित योग अभ्यास गर्न थालेसँगै उहाँको समस्या समाधान हुँदै गएको छ । गतः फागुन महिनामा काठमाडौँ पुगी जाँच गर्ने क्रममा उहाँको रोग निर्मुल भएको भन्दै डाक्टरले औषधि नदिएपछि उहाँमा थप हौसला बढेको छ । हाल उहाँ निकै उत्साहित बन्नु भएको छ । हाल उहाँमा पहिलेदेखि बढ्दै आएको रक्तचाप पनि सामान्य अवस्थामा रहेको श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै, रोल्पा नगरपालिका–२ की मीना आचार्यका अनुसार उहाँमा नियमित ढाड दुःख्ने, जतिबेला पनि तनाव हुने, आलस्यता बढ्दै जाने, मन ग¥हुङ्गो हुने समस्या थियो । तर केही महिनादेखि उहाँले पनि योगाभ्यास गर्न थालेसँगै उहाँमा देखिएको समस्या न्यूनीकरण हुँदै गएको छ । उहाँका अनुसार हाल उहाँ फूर्तिलो बन्नुभएको छ । ढाड दुख्ने समस्या पनि घट्दै गएको छ भने मानसिकरुपमा उहाँमा ऊर्जा बढिरहेको छ । 

त्यसैगरी, लिबाङ, रोल्पाकी रम्भा आचार्यको करिब दुई वर्ष पहिलेदेखि टाउको दुख्ने, र नियमित रुघा लाग्ने समस्या देखिएको थियो । उहाँले पनि योगाभ्यास गर्न थालेपछि केही सहजताको अनुभूति हुन थालेको बताउनुभयो । 

पछिल्लो दिनमा रोल्पामा योगाभ्यासतर्फ महिला तथा पुरुष दुवै आकर्षित बन्दै गएका छन् । तर यसका लागि सीमित स्रोत र साधनका कारण सहजरुपमा योग कक्षाहरु सञ्चालन गर्न नसकिएको पतञ्जली योग समितिका अध्यक्ष मर्सिफुलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई