दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रहरी र बाल क्लवको सक्रियतामा रोकियो हुनै लागेको बालविवाह

२४ चैत्र २०७३, बिहीबार ०८:५६

दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको छ । 

जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने तिलागुफा नगरपालीका वडा नं २ (साविकको राचुली ७) बस्ने वर्ष १६की बालिका अनिता विक (नाम परिवर्तन) र जुम्ला जिम्ला चन्दनाथ नगरपालिका कोटीलाघर भएका बर्ष १८ का हरिचन्द्र सुनार बिच हुन लागेको विवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको हो ।

श्री दुर्गा मावि राचुली कक्षा १० मा अध्ययनरत बालिका अनिता र जुम्लाका हरिचन्द्र यहि गएको चैत्र ११ गते राचुलीबाट भागेर जुम्लामा विवाह गर्न लागेको जानकारी पाएपछि राचुली बालसंजालका पदाधिकारीहरुले तत्काल जिल्ला प्रहरी कार्यालय कालिकोटलाई खबर गरी जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काको निर्देशनमा प्रहरी चौकी नाग्म र प्रहरी चौकी लाम्रा जुम्लाको सक्रियतामा बालबाविवाह हुन रोकिएको छ ।

केटापक्षको घरमा हुन लागेको विवाह रोक्न प्रहरी टोली कोटीलामै पुगी दुबै केटाकेटी सहित केटाका आफन्त र यताबाट केटीका आफन्तहरुलाई नाग्म प्रहरीचौकीमा ल्याई गाउ बाल संजालका पदाधिकारी नागरिक समाजको रोहबरमा दुबै केटाकेटीको २० वर्ष उमेर नपुगी बिवाह नगर्ने नगराउने लिखित प्रतिवद्धता गराई केटाकेटीलाई आफन्तको जिम्मा लगाईएको किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजनाका फिल्ड सुपरभाईजर प्रकाश शाहीले बताउनु भएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सेभ द चिल्ड्रेन, किर्डाक नेपाल द्धारा संचालित सहयात्रा परियोजनाको सहयोग र जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजना जिल्लाभरका सवै प्रहरी चौकीका इन्चार्ज तथा जवानहरुलाई बालअधिकार संरक्षण तथा बालविवाह न्यूनिकरण सम्बन्धि जागरण तालिम दिई जिल्ला स्तरमै निर्माण गरेको बार्षिक कार्यायोजना अनुसार प्रहरी टोली बालविवाह न्युनीकरणमा सक्रिय देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ