2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्रीज्यू, तपाई स्वस्थ्य क्षेत्रमा मौलाएको नीतिगत भ्रषटाचारको पक्षमा हो ?’

बैशाख ९, काठमाडौं । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज वस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भष्टाचार मौलाउँदा पनि वर्तमान स्वस्थ्य मन्त्रि गगन थापा चुप बस्नुले मन्त्रि स्वयमको त्यसमा समर्थन छ कि भन्ने प्रश्न गरेका छन् । 

शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलन मार्फत सो प्रश्न गरेको छ । अध्यक्ष बस्नेतले नेपाली स्वास्थ्य क्षेत्रमा अनियमितता र भ्रष्टाचारले जरो गडेको र त्यसमा उपल्ला नियकायले नै वैधानिक रुपबाटै त्यसलाई समर्थन गर्दै आएको आरोप लगाएका छन् । 

विगतमा फरक तरिकाले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने गरे पनि आजभोलि विभिन्न बाहानामा ठूलो रकम सजिलै विचलन गर्ने गरेको आरोप लगएको छन् । आवाश्यकता भन्दा अनावस्यक सामाग्रिको खरिद बिक्रि गर्ने व्यवस्था मिलाउनुले त्यो पुष्टिभएको पनि बताएको छ । 

सामाग्रि खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानि भई रहेको छ ।’ 

भरखरै मात्र विर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको बाताएको छन् । विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले छासो दिएका छैनन् ।’

विविध समस्याहरुबारे राज्यमन्त्रि लगायत सारोकारवाला पक्षहरुसंग छलफल गर्दा पनि कोहि कसैले पनि त्यसमा चासो नदिनु र मन्त्रि गगन थापाले पनि वेवास्ता गर्नुले आफूहरु निकै निराश भएर पत्रकार सम्मेलन गर्नु परेको बताए । बस्नेतले भने,‘मन्त्रि गगन थापा एक लोकप्रिय मन्त्रि हुनुहुनछ तर उहाँले जनस्वास्थ्य जस्तो निकै संवेदनशील बिषयका कुरा लिएर जाँदा भेट पनि दिनु हुन्न, अनी हामीले कसलाई गुनासो गर्ने ।’

अहिले सरकारले जनतालाई भन्दा माफियालाई फाईदा हुने किसिमको खरिद ऐन ल्याएको प्रति आपत्ति जनाउँदै भनेका छन्,‘यो नीनि व्युरोक्रेसी र माफियाहरुलाई फइदा गर्ने र जनस्वास्थलाई पूर्णरुपले अस्थव्यस्त पर्ने किसिमको छ, जसलाई तत्काल सच्यान सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई