पढ्न करिब 2 मिनेट लाग्छ

कृष्ण कँडेल/बैशाख १२, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश बिभिन्न कार्यक्रम गरि मनाएको छ ।

विद्यालयमा सोमबार बिशेष समारोहको आयोजना गरि चन्दादाता तथा उत्कृष्ट अभिभाकलाई सम्मान गरेर विद्यालयले बार्षिकोत्सब मनाएको छ । कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्ज तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष एबं युवा व्यवासायी देबकुमार नेपालीले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभाबकको सामुहिक प्रयासले विद्यालयमा भौतिक तथा शैक्षिक सुधार सम्भब भएको बताउनुभयो ।

उहाँले विद्यालयको घेराबार निर्माणको लागि ३ लाख नगद सहयोग गर्ने र एक बर्षका लागि १ जना शिक्षकको तलब बराबरको थप रकम पनि उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले सांस्कृतिक प्रश्तुति दिने आमा समुह, बाजा समुह, मारुनी नाच प्रश्तुत गर्ने समुहलगायत लाई ३, ३ हजार नगद प्रदान गर्नुभएको थियो । कार्यक्रममा रेडियो बुर्तिबाङका संरक्षक छेला नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अर्का चन्दादाता ददिराम शर्माले प्रत्यक बर्ष विद्यालय प्रथमलाई पुरस्कृत गर्ने गरि आफ्नो बुवाको स्मृतिमा विद्यालयलाई २५ हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जनजातृति आधारभुत विद्यालयका प्रधानाध्यापक शिबलाल सुवेदी, अर्नाकोट आधारभुत विद्यालयका प्रधाानाध्यापक झमबहादुर कुँवर, विद्यार्थी जमुना पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो अबसरमा आत्मनिर्भर आमा समुह अर्नाकोट, डिसिआरडिसी जनचेतना आमा समुह खल्बाङ, अर्नाकोट देउराली आमा समुह र कक्षा ८ पास भएर विदाई भएका विद्यार्थीको समुहले शिक्षासँग सम्बन्धित गित र नृत्य प्रश्तुत गरेका थिए ।

अर्नाकोट देरालीका कालकारको समुहले मारुनी गित र नृत्य प्रश्तुत गरेका थिए । सो अबरमा नौमती बाजागाजा सहित नचगान समेत गरिएको थियो ।

प्रधानाध्यापक धनबहादुर महतले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन तथा भाबि योजना प्रश्तुत गर्नुभएको थियो । विद्यालयले मावि तह सञ्चालनको तयारी गर्ने, विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष राखेको छ ।

कार्यक्रममा झण्डै ३ सय चन्दादातालाई सम्मान गरिएको थियो । चन्दादाताबाट विद्यालयको सुधारको लागि आजैमात्र ३ लाख सहयोग गर्ने प्रतिबद्धता आएको विद्यालयले जनाएको छ । बार्षिकोत्सवको अबसरमा आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रममा बिजेतालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता, प्रधानाध्यापक धनबहादुर महत र शिक्षक हरिप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।