दक्षिणका जनता सधै भरि सास्तीमा, नेताहरु भाषण छाड्दै मस्तीमा

विमल धामी/बैशाख १६, कञ्चनपुर । कञ्चनपुर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दक्षिणका जनता सधै भरि सास्तीमा, नेताहरु भाषण छाड्दै मस्तीमा

विमल धामी/बैशाख १६, कञ्चनपुर । कञ्चनपुर "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दैजी-बेल्डाँडी सडक खण्डको डिजाइन निकुञ्जलाई नदिँदा निर्माण कार्य ठप्प

२०७४, १६ बैशाख शनिबार ०९:२१


दक्षिणका जनता सधै भरि सास्तीमा, नेताहरु भाषण छाड्दै मस्तीमा

विमल धामी/बैशाख १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीकोमा रहेको दैजी—बेल्डाँडी सडक निर्माण कार्यको डिजाइन सडक कार्यालयले  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई नबुझाउदा सडक निर्माण कार्य ठप्प भएको छ । 

निकुञ्जको बाटो निर्माणगर्दा वन र बन्य जन्तुलाई कुनै पनि असर नपुग्ने गरि निर्माण गर्नु पर्ने हुन्छ । दैजी—बेल्डाँडी सडक खण्डमा निर्माण हुने कालोपत्रेको डिजाइन सडक बिभागले वाडेन कार्यालयलाई दिनु पर्ने हुन्छ । तर यो काम सडक बिभागले नर्गनुमा काम रोकिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वाडेन कार्यालयले सडक निर्माण कार्यमा आफुहरु बाधक नभएको भन्दै आफुहरुलाई सडक निर्माण सम्वन्धी कस्तो खाले सडक बन्ने भन्ने बारे डिजाइन नपुगेको हुदा हामीले सडकको डिजाइन मागेकाहौँ भन्नु हुन्छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वाडेन बेदकुमार ढकाल । उनले भने “ विकास होस् विनास नहोस्, समाजिक वातावरणीय असर नपर्ने तरिकाले काम हुनु पर्नेमा आफुहरुको समर्थन रहेको जनाए ।”

क्षेत्र नं.१ का बाट निर्वाचित सांसद दिवान सिंह बिष्टले भने “माथी सबै प्रकृया आफुहरुले  मिलाई सक्दा समेत वाडेन कार्यालयले अवरोध गर्न खोजेको उनको आरोप रहेको छ  ।

उनले भने “कलकक्ता बजारमा एमाले का साथीहरुले क्षतिपुर्ती पाउनु पर्छ भनेर सडक निर्माण कार्यमा अवरोध गर्दै गरेको बताए ।” बिष्टले स्पष्ट पार्दै भन्नुभयो हुलाकी सडकले देशैभरी कहिपनि क्षतिपुर्ती दिने ब्यवस्था नभएको हुदा कलकत्तामा मात्र कहाँ बाट ब्यवस्था मिलाउने जनाए । देश भरीकै कुनै पनि ठाउँमा क्षतिपुर्ती दिएको भए आफुले पनि यहाँ दिलाई दिने बताए । आफुले दक्षिणी जनताको पिरमार्का लाई ध्यान दिदै अहोरात्री जनताको निम्ति काम गर्ने गरेको बताए । 

दैजी—बेल्डाँडी सडक खण्ड १९ किलोमिटर मात्र भएको तर यस सडकमा दिनको हजारौँ धुवानीका साधनहरु चल्ले गरेकोले सडकको बेहाल भएको स्थानिय दक्षिणी वासीहरु बताउछन् । बेल्डाँडी गाउँपालिका स्तरिय युवा संञ्जाल की संयोजक लक्ष्मी जैशीले भने  “सडक निर्माणको शिलान्यास भै सक्दा समेत कार्य शुरु नभएको प्रति यहाँका स्थानियलाई  आवात जावत गर्न निकै समस्या पर्ने गरेको छ ।”

यो सडकमा बर्षातमा हिलोले गर्दा निकै कठिनाई हुने र गर्मीमा धुलोले रोग बिरोग लाग्नुका साथै खुकुरीको धारमा हिडे सरह हुने बताए । निर्माण कार्य कसैले नि अवरोध नर्गन अनुरोध गरे अवरोध गर्न खाजे यसको परिणम ठिक नहुने बताए । यो बर्षातमा ओहोर दोहोर गर्न निकै समस्या हुने भएको हुदा आजै देखि स्थानिय वासीन्दा हरु चिन्तित बनेका छन् । यो बर्षातमा कम्तीमा ग्रेड हुनु पर्ने स्थानियको माग रहेको छ ।

कञ्चनपुरको डोकेवजार देखि पुर्नवास, बेलौरी, बेल्डाँडी हुदै दैजी जोड्ने ६२ किलोमिटर सडक खण्डको गत बर्षको माघ पहिलो साता शिलान्यास गरिए पनि काम भने कछुवा गतिमा हुन लागेको स्थानियको आरोप रहेको छ । यावाहस र शर्माजेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा निर्माणको जिम्मा पाएका छन् । कुल १ अर्व १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने स्टमेट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा