बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमा"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुनर्वास काण्डको डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन्

१८ बैशाख २०७४, सोमबार ०६:४४


बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । 

नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गोबिन्द गौतमले शहादत प्राप्त गरेपछिका तनावपूर्ण बनेको स्थिति अझै पूर्णरुपमा सामान्य बनिसकेको छैन । घटना भएकै दिन स्थानीय प्रशासनले तत्कालका लागि सो क्षेत्रका सीमानाका बन्द गरेपछि अहिले स्थानीय सङ्घर्ष समितिले सीमाको अवरोध जारी राखेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो । 

“घटना भएकै दिन केही समयका लागि नेपाल–भारत सीमानाकामा आवागमन रोकिएको हो”– प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “हाल आएर स्थिति सामान्य बने पनि सीमानाकाबाट नेपाल–भारत आवागमन त्यति सहज बन्न सकेको छैन ।” घटनापछि स्थानीय सङ्घर्ष समिति बनाएर सीमा व्यवस्थापनका साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन गठित समितिले नेपाल–भारत सीमानाका आवागमनमा सहजता ल्याउनतर्फ जोड दिनुपर्ने स्थानीय प्रशासनको भनाइ छ । 

“नेपाल–भारत संयुक्त सर्भे टिमले हराएका सीमास्तम्भलगायत सीमा व्यवस्थापनका लागि सो क्षेत्रमा अहिले पनि स्थलगत काम गरिरहेको छ”– खनालले भन्नुभयो, “सीमानाका सहज बनाउन स्थानीयले पनि अब सहयोग गर्नुपर्छ ।” 

सो क्षेत्रको नाका सहज नहुँदा भारतीय सीमावर्ती बजार बढी प्रभावित बनेको पुनर्वासका स्थानीयको भनाइ छ । नेपालका ग्राहकमा आश्रित सीमावर्ती भारतीय बसही, सम्पूर्णानगर, खखुरिया लगायतका बजार प्रभावित बनेका छन् । उता भारतीय नागरिक पनि दक्षिण क्षेत्रका सीमानाकाबाट नेपाल आउन सकिरहेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता