। पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्"/>
२०८३, १० बैशाख बिहीबार
पर्बत - PBT

पर्वतका दुई नगरपालिकामा यी हुन मेयरका उम्मेदवार

२०७४, १९ बैशाख मंगलवार ०५:१३

 । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन दर्ताका लागी सोमबार अबेरसम्म पनि कतिपय स्थानमा ठुला दलहरुले उम्मेदवारहरुको टुगों लगाउन नसकेपनि मंगलबार विहानसम्म टुंग्याउने बताएका छन् ।

दर्ता भएका उम्मेदवारहरुको बारेमा बैशाख २० मा उजुरी गर्न पाइनेछ भने सोही दिन निर्बाचन आयोगले योग्य रहे नरहेको जाँच समेत गर्नेछ । बैशाख २१ गते उम्मेदवारहरुले नाम फिर्ता लिने र २२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

प्रधानन्यायधिशमाथि सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले लगाएको महाअभियोग पश्चात चुनावका बारेमा बढेको अन्योलतालाई आजको मनोनयनले हटाउने छ भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले चुनाव कुनै पनि हालतमा सम्पन्न गर्ने बताएका छन् ।

स्थानीय तहको चुनावमा पर्वतका दुइ नगरपालिकाबाट नेपाली, काँग्रेस, नेकपा  एमाले र नेकपा माओवादी विच कडा प्रतिपर्दा हुने भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा शीर्ष दलको कडा प्रतिशपर्दा हुने देखिएको हो । 

 कुश्मा नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट रामचन्द्र जोशी, नेकपा एमालेबाट मेघनाथ सुवेदी र माओवादी केन्द्रबाट शंकर गिरीले आज निर्वाचन कार्यालयको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्दै छन् । जोशी, सेवेदी भन्दा गिरी युवा र जुझारु नेता हुन् । काँग्रेसबाट उठेका रामचन्द्र जोशी सामाजिक क्षेत्रमा क्रियाशिल नेता हुन् भने मघेनाथ सुवेदी जेष्ठ कम्युनिष्ट नेता हुन् ।

 शंकर गिरी युवावर्ग र समय परिवेश अनुसार चल्न सक्ने युवा पुस्ता हुन् । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका उनी अन्य उम्मेदवार भन्दा कम छैनन् । छोटो समयमा राजनीतिक करियर बनाएका गिरी राजनीतिक शास्त्रका विद्यार्थी समेत हुन् ।


 यस्तै फलेवास नगरपालिकामा नोपाली काँग्रेसको तर्फबाट गंगाधर तिवारी, नेकपा एमालेको तर्फबाट पदमपाणी शर्मा र माओवादी केन्द्रबाट मोती रेग्मीले उम्मेदवारी दर्ता गर्ने भएका छन् । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा पार्टीका तर्फबाट चयन भैसकेका उम्मेदवारहरु चुनावी मैदानमा निकै प्रतिष्पर्धी देखिएका छन् । यसअघि पर्वतका दुई निर्वाचन क्षेत्र मध्ये दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेस र निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेले विजय हासिल गरेको थियो । 

संविधान सभाको निर्वाचन भन्दा स्थानीय निकायको निर्वाचन कडा प्रतिष्पर्धामा हुने पक्कापक्कि भैसकेको छ । राजनीतिक दलहरुलाई उम्मेदवार चयन गर्न सकस भैरहेका बेला चयन भएका उम्मेदवारहरुले आफ्नो आफ्नो पोल्टामा विजय सुनिश्चित भएको दाबी गर्दै आएका छन् । लामो समयदेखी राजनीतिक क्षेत्रमा सर्म्पित हुँदै आएका उम्मेदवारहरु मतदाता समक्ष मत माग्दै पुगिसकेका छन् । पर्वतमा साना दलहरुको मत निर्णायक बनेको छ । साना दलहरु जोसँग चुनावी एकता गर्दछन् उसैको पोल्टामा विजय सुनिश्चित भएको साना दलका शिर्ष नेताहरुको भनाई छ ।

साना दल मध्ये पर्वतका तीन दल नेकपा माले, (नेकपा (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरिसकेका छन् । एकताको दल नेकपा (क्रान्तिकारी माओवादी) ले भने देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवार दिनुपर्ने भएको जनाइएको छ । साना दलहरुले जुन दलसँग एकता गर्दछन् सोही दलको उम्मेदवारले विजय हासिल गर्नसक्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा