टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो डोल्पाका तीन गाउँपालिकाका धेरै वडामा निर्विरोध निर्वाचित हुँदै

२०७४, २१ बैशाख बिहीबार १३:१२


टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको छ । 

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउंपालिका, छार्काताङसोङ गाउंपालिका र डोल्पोबुद्ध गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष र ५७ वडा सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाका अनुसार प्रहरी सञ्चारबाट प्राप्त जानकारी बमोजिम शे–फोक्सुण्डो गाउंपालिकामा अध्यक्ष र ९ वटै वडामा वडा अध्यक्ष लगायत सदस्यहरुमा नेकपा एमालेका मात्र उम्मेदवार परेका छन् । यस गाविसका २ वडामा मात्र दलित भएकाले २ जना दलित महिला सदस्य एमालेबाट निर्विरोध भएका छन् । दलित नभएकाले बांकी ७ वटा वडामा दलित सदस्य खाली रहेका छन् । यो गाविसको उपाध्यक्षमा भने १ एमाले र २ स्वतन्त्र गरी ३ जनाको उम्मेदवारी परेको छ । 

माथिल्लो डोल्पाकै डोल्पोबुद्ध गाउंपालिकाको अध्यक्ष र १ नं. वडा बाहेक उपाध्यक्ष लगायत ५ वटा वडाका सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु मात्र रहेका छन् । अध्यक्षमा एमाले र एमाले निकट स्वतन्त्र गरी २ जनाको उम्मेदवारी परेको छ । एउटा वडाको वडा अध्यक्षमा पनि एमाले र एमाले निकट स्वतन्त्र गरी २ जनाकै उम्मेदवारी परेको छ । 

छार्काताङसोङ गाउंपालिकाको अध्यक्ष, उपाध्यक्ष र एउटा वडामा बाहेक ५ वटा वडाका वडा अध्यक्ष लगायत सबै पदमा एमालेका मात्र उम्मेदवारी परेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा पनि एमाले र एमाले निकट स्वतन्त्रहरुको मात्र उम्मेदवारी परेको सूचना प्रहरी सञ्चारबाट प्राप्त भएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । 

मुख्य निर्वाचन कार्यालय डोल्पाले दिएको जानकारी अनुसार डोल्पोबुद्ध र छार्काताङसोङ गाउंपालिकामा एकजना पनि दलित नभएको कारण ती २ गाउंपालिकाको ६, ६ गरी १२ वटै वडामा दलित महिला सदस्य खाली भएको बताएको छ । 

मध्य डोल्पाको काइके गाउंपालिकाको ५ नं वडा र १ नं. वडाका वडा अध्यक्षमा दुबै जना एमालेकै उम्मेदवार निर्विरोध भएको काइके गाउंपालिकाका रामेश्वर ढुङ्गानाले फोनमा बताए । उनले धेरै वडा सदस्यहरु पनि निर्विरोध भएका छन् । 

डोल्पा सदरमुकाम दुनैको ठुलीभेरी नगरपालिका वडा नं. १० को वडा अध्यक्ष, १ खुला सदस्य र दलित महिला सदस्यमा एमाले निकट स्वतन्त्र उम्मेदवारको मात्र र १ खुला सदस्यमा एमालेका उम्मेदवारको मात्र मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

डोल्पा जिल्लामा २ नगरपालिका र ६ गाउंपालिका गरी ८ स्थानीय तहमा ६५ वटा वडा रहेका छन् । ६५ वडा मध्ये २० वडामा निर्विरोध भैसकेको बताइन्छ । एक, एक जनाको मात्र उम्मेदवारी परेको छ । शे–फोक्सुण्डो गाउंपालिका अध्यक्षमा १ जना एमाले र डोल्पोबुद्ध गाउंपालिका उपाध्यक्षमा एक  जना एमाले निकट स्वतन्त्रको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

डोल्पामा २ मेयर, २ उपमेयर, ६ अध्यक्ष, ६ उपाध्यक्ष, ६५ वडा अध्यक्ष, ६५ महिला सदस्य, ६५ दलित महिला सदस्य र १ सय ३० खुला सदस्य गरी जम्मा ३ सय ४१ जना जनप्रतिनिधिहरुको निर्वाचनका लागि मंगलवार मनोनयन पत्र दर्ता भएको थियो । 

जस मध्ये १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, २२ जना वडा अध्यक्ष, २० महिला सदस्य, ३ जना दलित महिला सदस्य, ४२ जना दुला वडा सदस्य गरी जम्मा ८९ जनाको एक एक जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । 

बांकी २ सय ५२ पदमा चुनवी प्रतिस्पर्धा हुने भएको छ । यी पदका लागि मुख्य गरी नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

   



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !