२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यानमा एमालेले प्रचारका लागि प्रयोग गरेका वोलेरो र मोटरसाइकलमा आगजनी

२०७४, २९ बैशाख शुक्रबार ०९:५०


बैशाख २९, सुल्यान । सल्यानमा पार्किङ्घ गरेर राखेका सवारी साधनमाथी विहीवार राती आगजनी गरिएको छ । नेकपा एमाले वागचौर नगरकमीटीले प्रचार प्रसारका लागि प्रयोग गरेका वोलेरो जिप र मोटरसाइकलमा आगजनी गरिएको हो । 

वागचौर नगरपालिका २ वागचौरमा रहेको सनलाइट होटेल अगाडी होटेल अगाडी पार्किङ्घ गरेर राखेको भे १ च १५६२ नम्वरको वोलेरो जिप र रा ३ प ६९९८ नम्वरको मोटरसाइकलमा आगो लगाएर २ जना भागेका थिए । आगलागीबाट जिप तथा मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रहरीले घटनाको अनुसन्धान शुरु गरिएको र घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिएका छन । यसैवीच घटनामा संलग्न दोषीहरुलाई कारवाहीका लागि प्रहरीले खोजी नगरेको भन्दै एमालेले आपत्ती जनाएको छ । 

सवारी साधनमा आगो लाग्न वित्तिकै प्रहरीलाई खवर गरेको भएपनि घटनास्थलमा प्रहरी नपुगेकोले दोषीहरु उम्केको एमालेको आरोप छ । 

चुनाव खारेजीको कुरा गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सल्यानका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वलाई सोध्दा आफुहरुले सल्यानमा आगजनीका कार्यक्रम नगरेको बताएका छन । उनले भने – “हामी एकिकृत जनजागरण तथा रुपान्तरण अभियानमा छौं । यो बेला हामी ३ महिने अभियानको निरन्तरतामा जनताको घरदैलोमा पुगेका छौ । स्थानिय निर्वाचनले देशमा झनै अस्थीरता बढउने भएकाले आफुले खारेजी भने पनि यसैलाई जिवन मरणको सवाल बनाएका छैनौ । ”

उनले संसदवादीहरु आफैमा लडिरहेका बेला उनिहरुले एकआपसमा लडेर त्यो घटना भएकोले आफुहरुलाई आरोप नलगाउन पनि भनेका छन । -रमेश कुमार वलीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी