माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुका खरभुजा व्यापारीको गुनासो- ‘कृषि कार्यलयका हाकिमले नाम मात्र टिपेर लिन्छन’

३० बैशाख २०७४, शनिबार १३:०५


माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया वस्दै आएका केवट करिव २० किलोमिटर टाढा गई व्यापार गर्ने गर्दछन । 

गर्मि मौसम सुरुवात भएसगैं केवटको दैनिकि यसरि नै वितिरहेको हुन्छ । उनले ३५ सयमा एक विघा जग्गा भाडामा लिएका छन । प्रति विघा ६ क्वन्टल खरभुजा उत्पादन गर्ने गरेको केवट बताउछन ।

राजमार्गको छेउमा व्यापार गर्दा दैनिकि ४ सय देखि ५ सय सम्मको कमाइ हुने गरेको उनले वताए । खेतमा मल, औषधि लगाएतका सामाग्रि जाहो त्यहि पैसावाट गर्ने गरेको उनले वताए । 

गर्मी समयमा आवात जावत गर्ने मानिसहरुले त्यहावाट खरभुजा किन्ने गर्दछन । 

गर्मी समयमा वाहेक अन्य समयमा केवट मजदुरि गर्न जाने गर्दछन । मङसिर महिनामा खरभुजाको विया रोपि वैसाख महिनामा खरभुजा तयार हुने भएकोले गर्मिको तिन महिना खरभुजाको व्यापार गर्ने केवटको भनाई छ । आफुले कमाएको पैसाले आफ्नो परिवार पाल्न र व्यावसाय गर्न ग्राहो भएको दुखेसो पोखे ।

नेपाल कृषि प्रधान देश भनेर चिनिए पनि खरभुजा लगाएतका विउ भारत वाट लिने गरेको उनले वताए । केवटले भने “नेपालमा खरभुजाको बिया कहा पाईन्छ कहा भारत नजिकै पर्छ उतैवाट ल्याउछौ”।

नेपाल सरकारले किसानको लागि केहि काम नगरेको अर्का खरभुजा व्यापारि रामेश्व केवटले आरोप लगाए । सरकारले किसानको लागि धेरै काम गरेको छ भन्ने समाचार सुनिएपनि त्यो लागु नभएको उनको भनाई रहेको छ । 

रामेश्वर भन्छन “खै आज सम्म एउटा विया, मल, औषधि केहि पाइएको छैन, आफै कमाउने त्यहि लगानि लगाउने गरेका छौ । जिल्ला कृषि कार्यलयवाट आएका हाकिमले नाम मात्र टिपेर लाने गरेको उनिहरुको भनाई रहेको छ ।


   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता