Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ३१ गते, साँझ ७:५६ बजे नवलपुर - NWL, बिशेष खबर

नवलपरासीमा ७५ प्रतिशत मत खसेको अनुमान, मतपेटिका संकलनमा बाधक भयो बर्षा

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/बैशाख ३१, नवलपरासी । पहिलो चरणको निर्वाचन अन्तगत नवलपरासी प्रदेश नम्बर ४ मा मतदान  सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको छ ।

नवलपरासीमा ७५ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान गरिएको छ । सबै क्षेत्रमा तथ्यपुर्ण जानकारी निर्वाचन कार्यालयमा नआईसक्दा कार्यालयले प्रारम्भीक अनुमान गरि ७५ प्रतिशत मत खसेको अनुमान गरेको छ ।

जिल्लामा सौहार्दपुर्ण वातावरणमा आज मतदान सम्पन्न भएको छ तर यति बेला नवलपरासीमा भारी बर्षाका कारण सबै क्षेत्रको मतपेटिकाहरु सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन निकै कठिनाई भएको बताइएको छ । हाईवे क्षेत्रको कतिपय नजिकको मतदान केन्द्रका मतपेटिकाहरु संकलन गरि सकिएको छ भने पहाडी र टाँढा रहेको मतदान केन्द्रका मत पेटिाकाहरु भारी वर्षा र वर्षाले बाटो विग्रेपपछि संकलन गर्न कठिनाई भएको निर्वाचन अधिकृतहरुले जनकारी दिए ।

वर्षाकै कारण मतपेटिका कार्यालयमा आईपुगेका छैनन् त्यसकारण आजनै मतगणना हुन त्यति सम्भव नदेखिएको निर्वाचन अधिकृतहरुले बताए । यतिबेला मतपेटिकाहरु प्रहरीको सुरक्षामा छ । नवलपरासीको ८ स्थानिय तहको मतदान आज भएको छ, जसमा  एक सय १२ मतदान स्थल अन्तर्गत २ सय २८ मतदान केन्द्रहरु छन् ।

यसक्षेत्रमा कुल एक लाख ८१ हजार ९ सय ९९ सय मतदाताहरु रहेका छन् । नवलपरासीको देवचुली नगरपालिकामा ८० प्रतिशत भन्दान्दा बढि मत खसेको छ भने यँहा २६ हजार ७ सय ७५ मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै गैडाकोट र मध्यबिन्दुमा करीब ७८ प्रतिशत मत खसेको सम्बन्धित मतदान केन्ंद्रका मतदान अधिकृतले जनएका छन् । सो नगरपालिका क्रमसः ३४ हजार ८ सय ६६ र ३३ हजार ४ सय ९८ मतदाताहरु रहेका छन् । यस्तै बिनयी त्रिवेणि गाँउपालिकामा ७३.९५ प्रतिशत मत खसेको छ भने सो गाँउपालिकामा १५ हजार ५५ मतदाताहरु रहेका छन् । यस्तै समग्रमा नवलपरासीको नवलपुर क्षेत्रमा करीब ७५ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान  गरीएको निवाचनको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा बिहान सिमसिम पानी परेको थियो भने करीब साढे ५बजेको समयमा मुस्लेधार पानी परेको छ । बर्षाले नवलपरासीको भित्री मधेस क्षेत्रमा मतदान कार्य खासै प्रभावित नभएपनि पहाडि क्षेत्रमा भने अझै मतदान कार्य जारी रह्दानै पानी परेकाले मतदान कार्य प्रभावित भएको छ । यद्धपी १९ वर्ष पछि आफ्नो मताधिकार प्रयोग गर्न पाउदा पानीमा रुझेर समेत मतदाताहरुले आफ्नो अधिकारको सदोपयोग गरेका छन् ।

यती बेला भित्री मधेस अन्तर्गतका मतदान स्थलका मतपेटिकाहरु नेपाली सेना , ससत्र प्रहरी र नेपाल प्रहरीको बिशेष शुरक्षामा सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यद्धपी मत गढना कार्य अहिले सुरु गर्ने सम्भावना कम देखिएको छ ।