असार १०, रामेछाप । जिल्ला पशु सेवा कार्यालयले सरकारी अनुदानको रकम फेरि दुरुपयोग गरेको छ । 

सरकारी अनुदान रकमको दुरुपयोग गर्न पशु विकास कार्यालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०, रामेछाप । जिल्ला पशु सेवा कार्यालयले सरकारी अनुदानको रकम फेरि दुरुपयोग गरेको छ । 

सरकारी अनुदान रकमको दुरुपयोग गर्न पशु विकास कार्यालयका "/>

2026-06-26 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पशु कार्यालय रामेछापमा सरकारी अनुदान दुरुपयोग गरेको खुलासा

2017-06-24

असार १०, रामेछाप । जिल्ला पशु सेवा कार्यालयले सरकारी अनुदानको रकम फेरि दुरुपयोग गरेको छ । 

सरकारी अनुदान रकमको दुरुपयोग गर्न पशु विकास कार्यालयका कर्मचारीहरुले नै कमिसनको प्रस्तावसहित कृषकहरुलाई उकास्ने गरेको जानकारी कृषकहरुले नै दिएका छन्  ।

सरकारी नियमअनुसार व्यावसायिक बाख्रापालक कृषकहरुका लागि १६ देखि १८ किलोग्राम तौलका बोका अनिवार्य खरिद गरी कार्यालयमा पेस गर्नुपर्ने र सोही आधारमा प्रतिकृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो । तर, बिहीबार पकरवासका एक कृषकले कार्यालयमा ल्याएको करिव ९ केजीको बोकालाई कार्यालयले १८ केजीको प्रमाणित गर्दै बोकाको कानमा ट्याग लगाइदिएपछि सरकारी अनुदान दुरुपयोगको खुलासा भएको हो ।

रामेछापका पूर्वसभासद् एवं माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठका अनुसार गतवर्ष बोका खरिदका नाममा कार्यालयले लाखौं कमिसन खाएर सर्वत्र बदनामी कमाएपछि यस वर्ष कृषकको नाममा रकम बैंकमै जम्मा गर्ने निर्णय भएको थियो । तर, त्यसका लागि सबैले कार्यालयमा बोका अनिवार्य उपस्थित गराउनैपर्ने र तौलका आधारमा ट्याग लगाइदिने सहमति भएको थियो ।

यद्यपि निर्णयको मसी सुक्न नपाउँदै कार्यालयले विभेदपूर्ण तरिकारले बोका वितरण गरेको आरोप पूर्वसभासद श्रेष्ठले लगाए । तारानारायणले भने– ‘निर्णयको अवज्ञा गर्दैै कार्यालयका कर्मचारीहरुले मन परेको मान्छेलाई मापदण्डविपरीत गएर बोकाको कानमा ट्याग लगाउने काम गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’

‘युवालक्षित कार्यक्रम अन्र्तगत वितरण गरिएका बोकालगायत सवै पशु तथा अन्य शीर्षकमा आएको रकमलाई सही ठाउँमा खर्च गराउन कार्यालयको अभियान हुनुपर्ने हो’, पूर्वसभासद श्रेष्ठले भने– ‘तर, कार्यालयले फेरि गलत काम गरेको छ ।’

सामाजिक सञ्जालमार्फत समेत उक्त कुराप्रति सार्वजनिक विरोध जनाउँदै पूर्वसभासद श्रेष्ठले बिहीबार दिउँसो लेखेका छन्– ‘जिल्ला पशुविकास कार्यालयको लाचारीपन, १५ हजारको अनुदान करिव ९ किलोको पाठो ।’

युवालक्षित कार्यक्रमअन्तर्गत युवाहरुलाई व्यवसायमार्फत आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउने लक्ष्यका साथ सरकारले ल्याएको अन्य कार्यक्रममा समेत विगतमाजस्तै कमजोरी देखा परेका छन् । कर्मचारीसँगको मिलेमतोमा घरमा बाख्रा र बंगुरै नभईकन पनि कतिपय कृषकहरु अनुदान रकम बुझ्न सफल भएका छन् ।  १८ व्यावसायिक पशुपालनउन्मूख जिल्लाका ४२ पशुपालक कृषकलाई ३३ लाखभन्दा बढी रकम अनुदान वितरण गरिएको छ ।

कार्यालयले युवालक्षित विशेष पशु उत्पादन कार्यक्रम, केन्द्रीय कार्यक्रम र युवालक्षित बजार प्रबर्द्धन कार्यक्रमअन्तर्गत ३३ लाख ४० हजार रुपैयाँ अनुदान वितरण गर्ने निर्णय गरेको छ भने जिल्लाका गाई-भैंसीपालन गर्ने १० किसानलाई ११ लाख ६० हजार रुपैयाँ, ५० वटाभन्दा बढि बाख्रापालन गर्ने ८ किसानलाई १३ लाख रुपैयाँ र मासुका लागि १५ वटाभन्दा बढि बंगुर र ५ वटा माउ पालेका ६ किसानलाई ६ लाख रुपैयाँ अनुदान दिएको छ । -बद्रि नयाँघरेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ