Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
पर्बत - PBT

पर्वतका ग्रामिण सडक जोखिमपूर्ण

k By kit 11 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

असार १५ पर्वत । हिउँदको समयमा धूलाम्य हुने जिल्लाका अधिकांश ग्रामिण सडकखण्ड बर्षायाम शुरु भएसँगै हिलाम्य र जोखिमपूर्ण बन्दै गएका छन् ।

जिल्लाका सातैवटा स्थानीय तहमा सडक संजालको विस्तार भएता पनि सोही अनुसारको व्यवस्थापन र निर्माण कार्य नभएका कारण बर्षायाममा अबरोधका साथै जोखिमपूर्ण हुनेगर्छ । बर्षायाममा ग्रामिण सडकमा यात्रा गर्ने सर्वसाधरणको जीवन पनि उत्तिकै खतरा देखिन्छ ।
सडक संजाल विस्तार गरिदाँ इन्जिनिरिङको मापदण्ड बाहिर, पहुँच र राजनीतिक आडमा विस्तार गरिदाँ पनि सडक जोखिमपूर्ण बन्दै गइरहेका छन् । जसका कारण सडक दुर्घटना हुने खतरा बढी छ । त्यसमाथि बर्षायामको पानीले सडकखण्ड पुरै बगाउने र सडकमै ठूलो आकारमा कुलो बग्ने सम्मको दृश्य देखिन्छ ।  पर्वतको जलजला गाउँपालिका अन्तर्गत वाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक वर्षा लागे संगै जोखिमपुर्ण वनेका छन् भने दक्षिण जोड्ने सडक संजालहरुको अबस्था पनि उस्तै छ ।

वाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सडक, मिलनचोक हुँदै लोप्रे जाने मुख्य सडक हिलाम्य भएका छन् । तिनै सडकका शाखा सडक त प्राय ठप्पै वनेका छन् । पर्यटकिय क्षेत्र नागी पुग्ने पर्यटक, तरकारी ओसार्न र गाउँवाट वजार आउजाउ गर्न स्थानीयले प्रयोग गर्ने यि ग्रामिण सडक अहिले हिलाम्मे हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता वनेको छ । ठुलो वर्षा हुँदा धौलापहरोको पहिरोले सबैभन्दा वढि दुःख दिने गरेको छ ।

जिल्ला समन्वय समितिले मर्मतका लागि वर्षेनी रकम खर्चिने गरेपनि हिउँदमा मात्र सहज यात्रा हुने गरेको स्थानीयले वताएका छन् । हिँउदभरि वनाउने वर्खा लागेपछि भेलले वगाएर जस्ताको तेस्तै हुने समस्याले सास्ती पाएको लेकफाँटका टंकप्रसाद सुबेदीले गुनासो गरे ।
सडक विग्रिएकाले चालकहरुले कोदाली, वेल्चा, धानको भुस वोकेर हिँडनुपरेको वताएका छन् । गाडी फसिने डरले त्यस्ता सामाग्री साथमा वोकेर हिँड्नुपरेको चालक कृष्ण पुनले बताए । जिल्ला समन्वय समितिले अहिले यो आर्थिक बर्षभित्र मर्मत भएका सडक, जिल्ला समन्वय समितिले वजेट विनियोजन भएर वनेका अन्य योजनाहरुको प्रगतिको वारेमा स्थलगत अनुगमन गरिरहेको छ । आव सकिदै लाग्दा बर्षेनी हुने यस्ता अनुगमन देखावटी अनुगमन बाहेक अरु हुन सकेको छैन ।

गत बर्ष जुन सडक तथा योजनाको अनुगमन भयो अहिले पनि सोहीको भैराखेको छ तर ती कार्य तथा योजना र सडकको स्तरोन्नती भने हुन सकेको छैन । राज्यले लगानी गरेको लाखौ रकम बर्षायामको भेलसँगै बगिरहेको छ भने ठेकेदार मटाउने काम मात्रै भैराखेको छ । कलष्टर नम्बर १ को टोलीले बुधबार जलजला गाउँपालिकाका योजनाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा योजनाहरु वर्खा लागेसंगै विग्रिएको र सडकहरु सवारी चलाउनको लागि जोखिमपूर्ण रहेको पाइएको छ । कतिपय योजनाहरु सम्झौता भएको लामो समयसम्म अझै काम शुरु नभएको समेत अनुगमनका क्रममा देखिएको छ । कालिगण्डकी नदी नियन्त्रण कार्यक्रम अन्तर्गत लस्ती र मालढुङगाको वस्ती जोगाउने कालीगण्डकी नदि नियन्त्रण कार्यक्रम फागुनमा पेश्कि वुझेर समेत अहिलेसम्म काम शुरु हुन नसकेको पाइएको छ ।

कतिपय सडक मर्मत अन्तर्गतका कामहरु भने सम्पन्न भैसकेका छन् । निर्वाचन क्षेत्र पूर्वाधारको वजेटले केहि सडक अहिले सुधारोन्मुख देखिएका छन् । धाईरिङ, लेकफाँट, शालिजामा निर्वाचन पूर्वाधार कार्यक्रमको ४५ लाख वजेट विनियोजन भएकोमा उक्त वजेट अन्तर्गत विग्रिएको वाटोमा नाली वनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको पाइएको अनुगमन टोलीका संयोजक भक्त कुँवरले वताए ।लुङदीखोलामा वन्दै गरेको पक्कि पुल समेत काम सम्पन्न भएर सञ्चालन गर्ने तयारी भएको छ । अनुगमन टोलीले पुलको शुरु देखि अन्तिम सम्म भएका काम र प्रगतिको वारेमा आयोजना स्थलमा खटिएका ईन्जिनियरसंग अन्तरक्रिया गरेको छ । स्थानीय उपभोक्ता समिति र निर्माण समितिले गरेका कामको गुणस्तर समेत अनुगमन टोलीले मापन गर्ने काम गरेको छ । जिल्ला स्तरिय अनुगमन टोलीमा भक्त कुँवर, देवि शर्मा, लालवहादुर हरिजन, हरि गौतम, गणेशवहादुर क्षेत्री, मदन गुरुङ लगायत रहेका छन् । अनुगमन पश्चात टोलीले जिल्ला समन्वय समितिको समिक्षा वैठकमा प्रतिबेदन पेश गर्ने जनाइएको छ ।

यता दक्षिण क्षेत्रको सडक संजालको अबस्थापनि नाजुक बनेको छ । जिल्ला प्रशासन कार्यालय र अन्य विषयगत कार्यालयहरुले हिउँदमा गर्नुपर्ने घुम्ती शिविर मध्य बर्षायाममा दक्षिणको हुवासमा संचालन गरे । घुम्ती शिविरमा सरकारी कर्मचारी र उनका सवारीलाई सहज बनाउनको लागि अगाडि स्काभेटर र पछि सवारी लगियो तर ती सडकको अबस्था पनि नाजुक र खतरापुर्ण नै छन् । विकासे योजनामा खर्च भएको बजेट अनुसार ठेकेदारले काम नगर्ने र योजनाहरुमा राजनीतिक हस्तक्षेप बढी हुने भएकोले पनि जिल्लाका अधिकांश ग्रामिण सडक संजालहरु हिउँदको समयमा मात्रै उपयोगी बन्न पुगेका छन्् ।