2026-09-19 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

लिखु गाउँ कार्यपालिका बैठकमा कार्यविधि स्वीकृत र विकास समिति गठन (नामावली सहित)

प्रज्वल पाैडेल/असार २३, रामेछाप ।
रामेछापकाे लिखु गाउँ कार्यपालिकाकाे बैठक सम्पन्न भएको छ ।

बिहीबार बसेकाे कार्यपालिकाकाे बैठकले विभिन्न नियमावली स्वीकृत गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहराले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकले पदाधिकारीहरुको आचार संहिता २०७४,गाउँ कार्यपालिका (कार्य बिभाजन नियमावली)२०७४,गाउँ कार्यपालिका (कार्यसम्पादन नियमावली) २०७४,गाउँ कार्यपालिका बैठक सन्चालन सम्बन्धी कार्य विधि २०७४ स्वीकृत गरि कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।

यसैविच बैठकले विभिन्न उपसमितिहरू गठन गरेकाे छ । बाेहराका अनुसार लिखु गाउँपालिकाकाे बजेट निर्धारण समिति संयोजकमा गोबिन्द बहादुर खड्का, राजस्व परामर्श समिती र योजना तर्जुमा समितिकाे संयोजकमा दिपशिखा दाहाल रहनुभएकाे छ ।

त्यसैगरी बैठकले विभिन्न बिषयगत समितिकाे गठन गरि संयाेजकहरूलाई जिम्मेवारी ताेकेकाे छ ।

बैठकले सामाजिक विकास समितिका संयाेजकमा सुवास बोहरा, सार्बजनिक सेवा तथा क्षमता विकास समितिकाे संयोजकमा यम बहादुर महत, आर्थिक विकास समिति संयाेजकमा शिव प्रसाद न्यौपाने, पुर्बाधार विकास समिति संयोजकमा सोम बहादुर तामाङ, विधेयक समिति संयोजकमा लिला बहादुर बस्नेत र वातावरण तथा बिपत व्यवस्थापन समिति संयोजकमा निङ्ममार तामाङलाई जिम्मेवारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई