पढ्न करिब 2 मिनेट लाग्छ

असार २४, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजार स्थित शिव शंकर हेयर ड्रेसरमा शुक्रवार ६० जनाको कपाल र दारी निशुल्क काटिएको छ ।

स्थानीय तहको हालै सम्पन्न दोस्रो चारणको निर्वाचनमा डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा ऐमालेको तर्फबाट विशेश्वर प्रसाद ओझा (बिपिन) ले प्रमुखमा बिजय बिजय हासिल गरेपछि सोही खुसियालीमा कपाल र दाह्ी निशुल्क रुपमा काटिएको हो ।

बिपिन मेरो मन मिल्ने मान्छे हुन उनले नगरप्रमुखमा बिजय हासिल गरेका छन् शिव शंकर हेयर ड्रेसरका प्रोपराईटर विश्वनाथ ठाकुरले भने ‘त्यसैले खुसियालीमा मैले शुक्रवारको दिन सबै ग्राहकलाई निशुल्क अफर दिएर सेवा दिएको हु ।’ उनले यो निशुल्क अफर कुनै पार्टीको जित हार भन्दा पनि आफ्नो आत्मीय उम्मेदवारले जित हासिल गरेको उपलक्ष्यमा दिएको बताएका छन् ।

उनले मेयर बनेका ओझालाई टिका लगाई, दोसल्ला ओडाएर सम्मान व्यक्त गर्दे सेवाको सुरुवात गरेका थिए । नगरप्रमुख ओझाले पनि ठाकुरको यो सम्मानले आफुलाई निकै खुसि तुल्याएको र झन् हौसला र उत्प्रेरणा प्रदान भएको प्रतिक्रिया दिएका छन् ।

ठाकुरले बिहान सात बजे देखि साझको सात बजे सम्म ६० जना ग्राहकलाई सेवा दिएका हुन् । एउटै परिवारका चारजना व्यक्ति आएर समेत उत्साहीत हुदै सेवा लिएको ठाकुरले बताएका छन् । आफुले खु्सियालीका साथ प्रदान गरेको निशुल्क सेवा लिन अरु दिनको तुलनामा दोव्वर ग्राहक आएको भन्दै उनले खुसि व्यक्त गरेका छन् ।

निशुल्क रुपमा प्रदान गरिएको सेवा लिएका ग्राहकहरुले सराहनिए काम गरेको भन्दै राम्रो प्रतिक्रिया दिएको उनले सुनाए । उनले करिव ७ दिन सम्म फेसबुक र रेडियो युनिटी मार्फत अफरको वारेमा प्रचार प्रसार गरेका थिए । रौतहट जिल्लाको बसन्तपुरमा स्थायी घर भएका ठाकुर चारजनाको परिवार सहित २०६६ देखि निरन्तर रुपमा डडेल्धुरामा शैलुन व्यवसाय गर्दे आईरहेका छन् । -बिरेन्द्र जैरुको सहयोगमा