२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नागरिकको सहयोगमा साउदीमा बन्धक बनेकी कमलाको यसरी भयो उद्धार

२०७४, २७ असार मंगलवार ०२:१८


असार २७, काठमाडौँ । साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गाराउँदै भने, 'यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ बर्षदेखि बन्धक बनाएर रोखेको छ । उद्धार गर्नुपर्यो ।'

श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पाठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ ।

'हामी एउटा आमाछोरीको घरम काम गर्छौ', ती युवतीले आफ्नो भाषामा भनिन् – 'उन (नेपाली युवती) लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीको आमाको घर जाँदा मैले मात्र भेट्छु ।'

ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोवाइल दिइन् । ८ बर्षदेखि बन्धक रहेकी ती युवती थिइन्, पाल्पा दोभान २ की ३९ बर्षीया कमला दर्लामी मगर । दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए ।

साउदी गएदेखि सम्पर्क विहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमौ रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।

कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफु त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिक/परिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन पाएन ।

त्यसपछि भने घरबाट भगाएर दूतावास लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूतावास करिब ६० किमि टाढा थियो । 

श्रेष्ठ आफैले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सिधै जेल जानुपर्ने खतरा थियो । श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावासँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।

कमला बसेको घरको लोकसन भारतीय युवतीले दिइन् । कमलालाई घर अगाडिसम्म आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए । किबा निकै पुरानो गाउँ थियो । गाडीको आवतजावत कम हुन्थ्यो । कमलाको घर अगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढा नै गाडी रोके । 

कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरु केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेवित्तिकै भागिहाले ।  साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । पहरीले दूतावासको गाडी र कर्मचारीलाई नियनत्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।

प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे ।

कामदारलाई स्वदेश पठाइदिन मालिक पनि तयार भए । 'कसरी साउदीमा जिवन कटाएँ । त्यसको लेखाजोखा छैन', कमलाले भनिन्, – 'देश फकिृन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुशी लागेको छ ।' -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा