नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय खलंगा बजार नमुना विद्यालय घोषित भएको छ । 

निर्वाचन क्षेत्रगत नमुना विद्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय खलंगा बजार नमुना विद्यालय घोषित भएको छ । 

निर्वाचन क्षेत्रगत नमुना विद्या"/>

2026-10-15 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चन्दननाथ मावि नमुना बनेपछि प्रधानाध्यापक भन्छन् “प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने हो”


नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय खलंगा बजार नमुना विद्यालय घोषित भएको छ । 

निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जुम्लाको चन्दननाथ मावि खलंगा नमुना घोषित भएको हो । जुम्लाको चन्दननाथ मा.वि खलंगा सहित प्रदेश नम्बर ६ का ११ वटा विद्यालय जिल्लाको निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि घोषित भएका छन् । 

शिक्षा विभागले प्रदेश ६ का ११ विद्यालय सहित देशभरका १ सय ६७ विद्यालयलाई नमुना विद्यालय घोषित गरेको हो । जसअन्र्तगत जुम्लाको चन्दननाथ मा.वि प्रदेश नम्बर ६ को निर्वाचन क्षेत्रगत नमुना विद्यालय घोषित भएको छ । 

नमुना विद्यालय छनोट भएपछि चन्दननाथ मा.वि खलंगाका प्रधानाध्यापक टंक बहादुर महतले आफ्नो विद्यालय नमुना छनोट भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले भन्नुभयो, चन्दननाथ मा.वि लाई जुम्लाकै प्रतिष्ठित विद्यालय बनाउने मात्र हाम्रो उदेश्य होइन । प्रदेश हुदै देशकै नमुना विद्यालय बनाउने अभियान थाल्नेछौ । यसमा सबैको साथ र सहयोग आवाश्यक छ । 

प्रधानाध्यापक टंक बहादुर महत विद्यालयमा हाजिर भएको डेढ बर्षमै उहाको मेहनतले आज सार्थकता पाएको छ । खुसी व्यक्त गर्दै उहाले भन्नुभयो, आगामी दिनमा विद्यालयलाई प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न कुनै कञ्जुसाइ गर्ने छैनौं । मेरो मेहनत र प्रयास निरन्तर रहनेछ, अहिले आफुले विभिन्न क्षेत्रबाट पाएको सहयोग आगामि दिनमा पनि निरन्तर रहोस् । 

यस अघि विद्यालयमाथि लाग्ने गरेका आरोपहरु विद्यालय नमुना घोषितभएपछि सवै मिथ्या रहेछन् भन्ने पुष्टी भएको उहाले तर्क गर्नुभयो ।                    

 के के थिए नमुना विद्यालय छनोटका सातवटा सूचक ?

 शिक्षा विभागले नमुना विद्यालय छनोटका लागि सातवटा सूचकलाई आधार बनाएको थियो । 

मुख्यगरी, माध्यमिक तह ११ र १२ मा पढाइ हुने विषयहरु, विद्यालयसंग भएका जग्गाको प्रयाप्तता, विद्यार्थी अनुपात एसइइ नतिजा, स्थानीय समुदायमा विद्युत इन्टरनेट सुविधा, विद्यालयको अवस्थिति र विद्यालय गाभेर सञ्चालन गर्ने अवस्थाका आधारहरु पूरा गरेका विद्यालय नमुना छनौटमा परेको शिक्षा विभागले जनाएको छ । 

नमुना छनौटमा परेका विद्यालयहरुलाइ विभिन्न सेवा सुविधा यस अघिका भन्दा थप गर्नुका साथै विद्यालयको स्तरउन्नतीको लागि सबै क्षेत्रबाट सहयोग जुटाइने भएको छ ।

नमुना छनोट भएका प्रदेश नम्बर ६ का ११ विद्यालय को को हुन् त ?

निर्वाचन क्षेत्रगत नमुना घोषित प्रदेश नम्बर ६ का ११ वटा विद्यालयहरुमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनमावि, सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय मावि बडाखोली र सुर्खेत बराहतालको जनज्योति मावि बड्डीचौर छनोट भएका छन् । 

यस्तै, प्रदेश नं ६ को दैलेखको हिमालय मावि डाँडीमाडी, सल्यानको जनकल्याण मावि थरमारे र सल्यानकै त्रिभुवन जनता मावि लुहापिङ छनोटमा परेका छन् । 

त्यस्तै रुकुमको राप्ती ज्ञानोदय मावि सिल्ली र त्रिवेणि मावि सिम्रुतु, कालिकोटको महादेव मावि फोइकोट, जुम्लाको चन्दननाथ मावि खलंगा र डोल्पाको आर्दश मावि जुफला नमुना छनोट भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित