साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरे"/>

2026-06-17 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले बाढीमा परि मृत्यु भएका परिवारलाई डेढ लाख राहत दिने

2017-07-16


प्रज्वल पौडेल/साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरेका छन् । 

देउवाले सामाजिक संजाल फेसुकमार्फत बाढीमा परेर ज्यान गुमाएका बालकुमारी खत्री र बासुदेव कार्कीका परिवारलाई सरकारले तत्काल १ लाख रुपैया राहत, ४० हजार रुपैया किरिया खर्च र १५ हजार रुपैया तत्काल अस्थायी वासका लागि सोबार घटनास्थलमै पुगेर स्थानीय प्रशासनले हस्तान्तरण गर्ने बताएका छन् । 

उनले फेबुकमा लेखेका छन्  'रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिका कारण गएको पहिरोमा परेर ज्यान गुमाएका बालकुमारी खत्री र बासुदेव कार्कीका परिवारलाई सरकारले तत्काल १ लाख रुपैया राहत, ४० हजार रुपैया किरिया खर्च र १५ हजार रुपैया तत्काल अस्थायी वासका लागि भोली घटनास्थलमै पुगेर स्थानीय प्रशासनले हस्तान्त्रण गर्नेछ । 
बाढिमा परेर घाईते भएका नौ जनालाई सरकारले आजै हेलिकप्टरबाट उद्दार गरेर काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेको छ । राहत, उद्दार र खोजी कार्यमा तिव्रता दिन सम्वन्धित निकायलाई निर्देशन दिईसकेको छु । मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछु ।,

यसैबीच बाढी पिडितलाई उद्दार तथा सहयोगका लागि राजनीतिक दलका नेतृत्व, सरकारी तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय लगाएतहरू आफ्नो क्षेत्रबाट दिनभर लागि परेका थिए ।

घटनास्थलमा उद्दारपछि केही व्यक्ति तथा संस्था बाढीपीडितलाई राहतका लागि जुटिरहेका छन् ।

खिम्तीको छतिउने खोलामा आएको बाढीमा परेका मध्ये बाल कुमारी खत्रीको घटनास्थलमा र जयप्रकाश (बासु) कार्कीको हलेदेबेसीमा शव फेला परेको थियो । बाढीमा परि केहि घाइते भएका छन् ।

जसमध्ये ९ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याई वीर हस्पिटलको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । ९ जना घाइतेहरुमा ५० बर्षीय कुमार खत्री, ४० बर्षीय सुन्तली खत्री, ४५ बर्षिया राधा खत्री, १९ बर्षीय भगवती खत्री, २ बर्षीय प्रसिशा खत्री, १७ बर्षीय बिशाल थापा, २५ बर्षीय झक बहादुर घर्ति, १९ बर्षीय रुदु गुरुङ र १४ बर्षीय लक्ष्मी खत्री रहेका छन् । 

हेलिकप्टरको भाडाबापत लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द खड्काले १ लाख ५ हजार दिने सहमति भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ