२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका सबै तहको नीति तथा कार्यक्रम पारित, कसको प्राथमिकतामा के ?

२०७४, २ श्रावण सोमबार ०६:१४

साउन २, नुवाकोट । आइतबारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७४/७५ का लागि नुवाकोटका सबै स्थानीय तहले प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थानीय तहमा गठित नगर/गाँउ सभामार्फत पारित गर्दै कार्यान्वयनमा ल्याएका छन् ।

सरकारले असार २५ गते नै सबै स्थानीय तहलाई एकैसाथ बजेट सार्वजनिक गर्न निर्देशन दिए पनि तयारी नपुगेको भन्दै केही दिन ढिलाइ गरी ल्याएको बजेट, नीति तथा कार्यक्रम नयाँ आव सुरु भएसँगै सबै स्थानीय तहले कार्यान्वयमा ल्याएका हुन् । स्थानीय तहले बजेटको नीति तथा कार्यक्रममा समावेश गरी विनियोजित गरेको बजेटमा पर्यटन प्रवर्दन र कृषिमा आधुनिकीकरण मुख्य रुपमा जोड दिएका छन् ।

ककनी गाउँपालिकाले रु २७ करोड ८१ लाख बजेट गाँउसभाबाट पारित गरेको छ । अध्यक्ष मानबहादुर तामाङको अनुमानितमा उपाध्यक्ष सीता खतिवडाले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालनसहित कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षामा गुणस्तरीता, स्वास्थ्यमा सुधारमा ध्यान दिइएको छ ।

यस्तै, शिवपुरी गाउँपालिकाले रु ३२ करोड ३१ लाख बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘शिवपुरीको विकास समृद्धिको आधार, शिक्षा–कृषि–पर्यटन र पूर्वाधार’ नारासहित कृषि मोटरबाटो, कृषि पर्यटन पदमार्ग र शिवपुरी स्मारक निर्माणका लागि बजेट छुट्याइएको छ ।

यस्तै, किस्पाङ गाउँपालिकाले नयाँँ आर्थिक वर्षका लागि रु १८ करोड ९८ लाख बजेट गाउँसभाबाट पारित गर्दै कार्यान्वयनमा ल्याएको छ । गाउँसभामा गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको बजेट, नीति तथा कार्यक्रममा किस्पाङ पर्यटकीय गुरुयोजना निर्माण, किस्पाङदेखि फिकुरीडाँडासम्म केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन, पाँचसयखोला भेडा फार्मदेखि फुङफुङ झरना गोङ्गाभञ्याङ, सिङ्ला, गणेश हिमाल पथ मार्गको विकास गर्ने लक्ष्यसहित प्राथमिकता दिइएको छ ।

यस्तै, पञ्चकन्या गाउँपालिकाले रु. १९ करोड दुई लाख बजेट गाउँसभाबाट पारित गर्दै गाउँमा १५ श्ययाको अस्पताल निर्माण गर्न नीति अवलम्बन गरी बजेट तर्जुमा गरिएको अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । गाउँपालिकाको विकास कृषिको माध्यमबाट गर्न वडा नं १ चौघडामा आलु, २ कविलासमा मेवा र केरा, ३ पञ्चकन्यामा अदुवा, ४ थप्रेकमा अलैँची र ५ भदुटारमा सुन्तलाको पकेट क्षेत्र स्थापना गर्ने नीति अवलम्बन गरी बजेट छुट्याइएको छ ।

यस्तै, सूर्यगढी गाउँपालिकाले रु. १९ करोड ३६ लाख बजेट तर्जुमा गर्दै सडक विस्तारलाई प्राथमिकता दिएको गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङले पेश गरेको बजेट–नीति तथा कार्यक्रममा उल्लेख छ । सूर्यगढी गापाले प्रत्येक वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरी सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्दै बैंङ्किङ प्रणालीमार्फत प्रवाह गर्ने नीति अवलम्बन गरेको छ ।

यस्तै, तादी गाउँपालिकाले रु २१ करोड ५२ लाखको बजेट नीति तथा कार्यक्रम पहिलो गाउँसभामार्फत सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले पेश गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र रु. एक लाखभन्दा बढी लगानी हुने योजना गापाले नै नेतृत्व लिएर सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ ।

यस्तै, लिखु गाउँपालिकाको पहिलो गाउँसभाले रु. १९ करोड ४२ लाख बजेट पारित गर्दै कार्यान्वयनमा ल्याएको छ । अध्यक्ष धुव्र श्रेष्ठले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि प्राविधिक कलेज स्थापना गर्न रु. २० लाख बजेट छुट्याएको छ भने सबै बस्तीमा बाह्रै महिना चल्ने सडक निर्माण गर्ने नीति अवलम्बन गरेको छ ।

नुवाकोटका १२ वटा स्थानीय तहमध्ये विदुर नगरपालिका, बेलकोटगढी नपा, तार्केश्वर गापा र दुप्चेश्वर गापाको नगर तथा गाउँसभामार्फत बजेट, नीति तथा कार्यक्रम पारित गर्दै कार्यान्वयनतर्फ लागेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी